
कविता थेरापी मन–मस्तिष्कका लागि गरिने उपचार विधि हो । यसले शरीरलाई हलुका र चङ्गा बनाउन सिकाउँछ । आजको व्यस्त जीवनमा यस थेरापीले दिने सुविधा निकै लाभदायक छ । कविता लेख्नुको उद्देश्य बताउन सक्नुपर्छ । यसबाट कविता किन लेखे भन्नेबारे धेरै जानकारी थाहा हुन्छ ।
हुन त कवितामा कथा पनि हुन्छ । यस्तो क्षमता ऐतिहासिक र धार्मिक महाकाव्यहरुमा बढी पाइएका छन् । आदिकवि भानुभक्त आचार्यको ‘रामायण’ यसको गतिलो उदाहरण हुन् । यसले नेपाली वाङ्मयलाई देश र विदेशमा बाँधेर राखेको छ । समयसँगै कवितामा नयाँ नयाँ शैलीको प्रयोग हुँदै आइरहेको छ । कविताको वाचन र अभिनयले नयाँ आयाम थपिनुको साथै प्रस्तुतिले यसको मापन बढाइदिएको छ।यसले गर्दा ‘पोयम् आइडल’ समेत सम्पन्न भइसकेको छ । यसको लोकप्रियताले सबैलाई चुम्बकजस्तै तानेका छन् । कविता लेखेर यसरी नै वाचन र अभिनय गर्नुपर्छ भन्ने भ्रम केही कविले पालेको देखियो । के वाचन र अभिनय गर्न नजानेकाले त्यसोभए कविता नलेख्ने त !
लघुकथा संसारको अर्को प्रस्तुतिको रुपमा कविता संसारलाई तपाईहरु समक्ष ल्याएका छौ । हामीलाई औधी माया गरेर देश–विदेशबाट थुप्रै रचनाहरु पठाइ साथ र सहयोग गरेका छन् । त्यसलाई क्रमशः प्रकाशित गर्दै हामी लानेछौं । आशा छ, यसले नेपाली वाङ्मयमा केही बूँद थपिने छ । यसबाट तपाईं हामी बीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिएका छौं ।
अङ्क १, पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment