शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, June 8, 2023

लघुकथा संसार मासिक अङ्क २ (सम्पादकीय)

लघुकथा संसारसँग थुप्रै सर्जकहरु सहर्ष जोडिएका छन् । यो सहयोग र साथले हामी अझै उत्साहित हुन पुग्यौं । यिनै सद्भाव र प्रेरणाले हामीलाई अघि बढ्न तपाईंहरुले होस्टेमा हैंसे गरेको देखियो ।

हुन त एक महिनाभित्रै एक हजारभन्दा बढीले हामीसँग हातेमालो गरे । जुन सहकार्यले हामी बीच न्यानो स्पर्श पाएको महसुस हुन्छ । यसैबाट प्राप्त ऊर्जाले हमेशा नयाँ जोश र जाँगर थपिदिएको छ । यिनै लघुकथाप्रतिको प्रेम र रुचिले साहित्यको मिटरब्याज निकै बढेको पाइयो । यसको लोकप्रियताको नाप सगरमाथाजस्तै अग्लिएको छ । यसका लागि नामै काफी छ, जुन शिखरहरुको राजा हो । जसको कीर्तिमान आरोहणसँगै बढ्ने गरेको छ । हुन त यो उदाहरण हामीसँगै जोडिनुको दरिलो प्रमाण हो ।

यिनै प्रमाण र पहुँचको कारणले हामीलाई लघुकथा प्रशस्तै प्राप्त भइराखेको छ । एकत लघुकथाको शीर्षकसँग सम्बन्धित अर्थात् मिल्दोजुल्दो तस्बिर पनि राख्छौ । जसलाई खुबै मन पराएको देखियो । पहिलो श्रृङ्खलाको प्रस्तुतिलाई निकै रुचाएको पाएँ ।

विशेषतः दोस्रो श्रृङ्खलामा ’म किन लेख्छु’ भन्ने स्तम्भ थपेका छौं । यसमा चाहिँ साहित्यिक क्षेत्रमा लामो समय बिताएका सर्जकहरुको अवधारणा बुझ्ने प्रयास यहाँ गरिने छ । यसरी लघुकथासँग सम्बन्धित खोजमूलक जानकारीहरु पनि क्रमशः राख्दै जानेछु ।

पत्रिका पढ्न र डाउनलोड गर्नेका लागि




No comments:

Post a Comment