शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 11, 2023

‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक


नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाइएको छ ।

भिडियोमा निर्देशक समेत रहनुभएकी अनिता पण्डित र नायिका सुरविना कार्कीलाई प्रमुख पात्र बनाइएको छ भने अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई पनि राखिएको छ । निर्देशक पण्डितले सार्वजनिक गीतले यस चलचित्रको अर्को कथा देखाउने बताउनुभयो । उहाँले भन्नुभयो, “यो चलचित्र प्राकृतिक रूपमा नै फरक महसुस गर्ने महिलाहरूको कथा रहेको छ । यसमा बच्चाको अटिजम समस्यासँगै आफ्नो सम्बन्ध देखाउन चाहने आमाको कथा रहेको छ । यो चलचित्रमा अभिनय र निर्देशनसँगै लेखन पनि पण्डितको रहेको छ । चलचित्रमा अनिता, सुरविना, निशान, कैलाशको साथमा रोशनी कार्की र बाल कलाकार आश्विन घिमिरेको प्रमुख अभिनय रहेको छ । आश्विन फिल्म्सले चलचित्र निर्माण गरेको हो । चलचित्रको रिलिज मिति छिट्टै तोकिने निर्देशक पण्डितले बताउनुभयो ।  

गीत हेर्नका लागि फोटोमा क्लिक गर्नुहोस्

No comments:

Post a Comment