शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, June 8, 2023

लघुकथा संसार मासिक अङ्क १ (सम्पादकीय)

नेपाली साहित्यमा लघुकथा विधाको छुट्टै महत्व रहेको छ । यसले दिने सन्देशले हरेकको जीवनमा कहीँ न कहीँ छोएको हुन्छ । यिनै कारणले व्यस्तता बीचपनि लघुकथाको उत्थानमा कुनै कमी आएको देखिदैँन । अतःयसको प्रस्तुतिमा व्यङ्ग्यलगायत विकृति र विङ्गगतिप्रति चोटिलो प्रहार हुँदै आइरहेको छ । थोरै शब्दमा धेरै कुरा भन्न सक्नु यसको विशिष्टता हो ।

आजको प्रविधिको प्रयोग र विकासले संसार साँघुरिँदै गइरहेको छ । जसले क्षणभरमा जुनै ठाउँमा बसेर हेर्न र पढ्न सकिने भइसक्यो । त्यसले गर्दा लघुकथा संसारले विश्वभर रहेका नेपालीहरुलाई लघुकथामार्फत् जोड्ने प्रयत्न गरेका छौँ । जहाँ सुनेका, देखेका र भोगेका जुन घटनाहरु छन् । त्यसका प्रतिनिधि पात्रहरु लघुकथामा खोजेका छौँ ।

लघुकथाका पात्रहरु आजभोलि नाटकभित्र देखिन थालेका छन् । समसामयिक विषय र सन्दर्भले यसको लोकप्रियतामा वृद्धि हुँदै गएको छ । यिनै कारणले यसबारे थप अध्ययन र खोजबिन गर्ने विद्यार्थीहरु बढ्दैछन् । यसको यिनै नतिजाले निश्चय पनि अघिको बाटो फराकिलो हुने स्थितिमा छ । समयसँगै यसमा देखिएको नवीन प्रयोग र शैलीले अझ आकर्षण थपेको देखिन्छ ।

लघुकथा संसार मासिकको अनलाइन संस्करणमा समस्त पाठकवर्गहरुलाई सर्वप्रथम नववर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना टक्रयाउँदछु । हाम्रो विनम्र अनुरोधलाई सहर्ष स्वीकार गरेर लघुकथाहरु पठाइ सहयोग गर्नुभयो।त्यसबाट हामीलाई हौसला र प्रेरणा मिलेको छ । त्यसका लागि लघुकथा संसार तपाईहरुप्रति आभारी छ । जुन सहयोग र सद्भावले भोलि त्यो वटवृक्षको रुपमा झाँकिने विश्वास लिएका छौँ ।

तपाईहरुको साथ र सहयोगले मार्ग प्रशस्त गर्नेछ । हाम्रा कतिपय कमीकमजोरी र त्रुटिहरु होलान् । त्यसलाई क्रमशः सच्याउँदै लाने छु । यसलाई के कसरी लाँदा अझ उचित होला । त्यो सम्बन्धी सुझाव र प्रतिक्रियाका लागि हामी सदैव तपाईहरुको प्रतीक्षामा रहने छु ।

पत्रिका पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment