–त्रिचन्द्र प्रतीक्षा
हरेक व्यक्तिले थाहा पाउनुपर्छ कि मानिसको
शरीरमा रगत बन्ने प्रक्रिया सधैं निरन्तर चलिरहन्छ र रक्तदान गर्दा पनि कुनै
नोक्सान हानि हुँदैन । तर यो ठूलो कल्याणकारी कार्य जस्लाई जहिले पनि अवसर पाउना
साथ दिन सकिन्छ । रक्तदानको बारेमा चिकित्सा विज्ञान भन्छ– कुनैपनि
स्वास्थ्य व्यक्ति जसका उमेर १६ देखि ६० वर्ष बीचको छ र ४५ किलोग्राम भन्दा बढी
तौल छ, जसलाई एच.आई.भी., हेपाटाइटिस ‘बी’ या ‘सी’
जस्ता
बिमारी नभएका व्यक्तिले रक्तदान निर्धक्क साथ गर्न सकिन्छ । एक पल्टमा १ प्रिन्ट
अर्थात् ३ सय ५० एम.एल. रगत दिने गरिन्छ । सोको पूर्ति शरीरमा चौबिस घण्टाभित्र
हुने गर्दछ । प्रत्येक स्वस्थ व्यक्तिले ३ महिनामा एक पल्ट रक्तदान गर्न सकिन्छ ।
खोज र अन्वेषण
मानिसको शरीरमा रगत हुन्छ भन्ने कुरा मानिसलाई
जंगली तथा गुफाको अवस्थादेखि नै थाहा थियो । हाम्रो शरीरमा रक्त सञ्चालन हुन्छ
भन्ने कुरा धेरै शताब्दीअगाडि वैज्ञानिक विलियम हार्भे (William Harvey
1578- 1657) ले सन् १६१६ मा पत्ता लगाएका हुन् ।
धेरै अगाडिदेखि नै चिकित्सा पद्धतिमा जस्तो ग्रीक, रोमन, युनानी
पद्धतिमा भनिएको छ कि रगतमा रहेको असामान्य अवस्था तथा अशुद्धि नै रोग हो । जबसम्म
सूक्ष्मदर्शक यन्त्रको विकास भएको थिएन । त्यसबेलासम्म खाली आँखाले मात्र रगतलाई
हेरिन्थ्यो । पछि विन्ट्रोव नामक वैज्ञानिकले रक्त विज्ञानको धेरै कुरा पत्ता
लगाएका थिए ।
![]() |
त्रिचन्द्र प्रतीक्षा |
सन् १६६५ मा बेलायत निवासी डा. रिचार्ड लोअरले एउटा
कुकुरबाट अर्को कुकुरमा सफलतापूर्वक रक्तसञ्चार गराए भने सन् १८१८ मा बेलायत
निवासी डा. जेम्स् ल्वन्डेलले मर्न लागेको एक रोगीलाई मानिसको रक्तसञ्चार गराउने
प्रथम प्रयास गरे, तर सफल हुन सकेन । यस्तै सन् १९०१ मा
अष्ट्रेलियाका वैज्ञानिक डा. कार्ल लेण्डस्टेनरले पहिलोपटक A, B र O
रक्त समूह हुन्छ भन्ने कुरा पत्ता लगाए ।
यस्तै सन् १९१४ मा बेल्जियत निवासी डा.
हस्टिनले रगतलाई शरीरबाहिर बोतलमा सोडियम साइट्रेट रसायनको सहायताले नजम्ने गरी
राख्ने पद्धति पत्ता लगाए । सन् १९३२ मा डा. एण्ड्री वागदासारोभले रक्तदानबाट
लिएको रगतलाई ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म गुल्कोज सोडियम साइट्रेट
रसायन मिलाएर राख्न सकिने पद्धति पत्ता लगाए ।
सन् १९३६ मा स्पेनिस गृहयुद्धको बेलामा
क्यानाडा निवासी डा. नरमन वेथुनले संसारमा सर्वप्रथम ब्लड बैंक स्पेनको
वारसेलोनामा खोले ।
सन् १९४० मा डा. कार्ल लेण्डस्टेनर र डा.
अलेक्जेण्डर विनरले आर.एच. फ्याक्टर पत्ता लगाएका हुन् ।
सत्रौं शताब्दीदेखि सन् १९२० सम्म रक्त
विज्ञानबारे धेरै सैद्धान्तिक कुरा र परीक्षण आदि भए । सन् १९२० मा विपलले रगतबारे
सिद्धान्त प्रतिपादित गरे पनि मैनोट र कास्टलले यसबारे प्रष्ट धारण दिएका हुन् ।
यसभन्दा अघि अन्तिमका ५० वर्षमा रक्त विज्ञान बारे धेरै आश्चर्यजनक प्रगति भएको छ
। रक्त विज्ञान विभिन्न क्षेत्रसँग सम्बन्धित रह्यो र रगतको अध्ययनक्रममा रोगीको
रोगलाई प्रष्ट्याउन सहयोग भयो । अझ यस २१ औं शताब्दीमा नयाँ प्रविधि र रगतबारे थप
नयाँ ज्ञान हासिल हुनेछ ।
रगत के हो?
सबैलाई थाहा भएकै कुरा हो, रगत
रातो हुन्छ तर किन यो रातो हुन्छ ? रगतमा भएका राता रक्तकोषहरुले गर्दा
रगत रातो हुन्छ । हाम्रो रगतमा सबैभन्दा धेरै पाइने तत्व रातो रक्तकोष नै हो ।
रगतमा नब्बे प्रतिशतभन्दा बढी राता रक्तकोषहरु हुन्छ । एक थोपा रगतमा मात्रै करोडौ
राता रक्तकोषहरु हुन्छन् । सूक्ष्मदर्शक यन्त्रले हेर्दा रातो रक्तकोष हामीले
चियासँग खाने गरेको डुनोटजस्तै देखिन्छ । फरक यत्ति, डुनोटको बीचमा
प्वाल हुन्छ तर रातो रक्तकोष बीचमा प्वालको सट्टा खोपिल्टो हुन्छ । उक्त रक्तकोष
अर्थात् रक्त कणिकाहरुलाई ‘हेमोग्लोबिन’ भनिन्छ ।
होमोग्लोबिनभित्र हाइड्रोजन, कार्बन, नाइट्रोजन,
अक्सिजन
र सल्फरका दस हजार परमाणुहरुका साथै आइरन र सल्फरका परमाणुहरु हुन्छन् । हाम्रो
रातो रक्तकोषले यी नै हेमोग्लोबिनको मद्दत लिँदै कार्बन डाइअक्साइडलाई फोक्सोसम्म
पुर्याउने र सास फेरेर लिएको ताजा अक्सिजनलाइ चाहिँ शरीरको
कुनाकाप्चासम्म लैजाने गर्छ । श्वास प्रश्वास क्रियाको क्रममा फोक्सोमा पस्ने
वायुको साथ अक्सिजनसँग मिलेर ‘अक्सिहेमोग्लोबिन’ बन्दछ
। यसैको माध्यमले सम्पूर्ण शरीरमा अक्सिजनको आपूर्ति हुन्छ ।
हाम्रो रगत द्रव तथा ठोस दुई भागबाट बनेको
हुन्छ । द्रव भागलाई प्लाज्मा भनिन्छ भने
ठोस भागमा रातो, श्वेत रक्तकोषहरु तथा प्लेटलेटहरु हुन्छन् ।
आधारभूत रुपमा रगतको रङ्ग रातै हुन्छ तर देखिने रातोपन भने छालाको रङ्ग, रगतमा
हुने अक्सिजनको मात्रा र प्राणी अनुसार केही मात्रामा फरक हुन्छ । मूलतः रगतमा ४
वटा तत्वहरु रातो रक्तकोष, सेता रक्तकोष, प्लाज्मा,
र
प्लाटेलेट्स आदि हुन्छन् । रगतमा करिब ६०५ प्लाज्माको मात्रा हुन्छ भने ४०५
रक्तकोषको मात्रा हुन्छ ।
* रातो रक्तकोष
रगतमा रातो रक्तकोष (Red Blood Cells) पनि हुन्छन् । यसलाई अर्को शब्दमा Corpuscles पनि भनिन्छ । यही रातो रक्तकोषका कारण हाम्रो रगत रातो देखिने गर्छ । हाम्रो रगतमा आकारमा अति सानो गोलाकार तर च्याप्टो आकारको हुने यस्ता रातो रक्तकोषहरु ३५ ट्रिलियनको संख्यामा निरन्तर रुपमा बगिरहेको हुन्छ । जसले गर्दा रगत सधैं रातो देखिने गर्छ । एक थोपा रगतमा मात्रै पनि लगभग ५० लाख रक्तकोषहरु रहेका हुन्छन् । यिनीहरु बन्ने प्रारम्भिक श्रोत हड्डीभित्रको मासी (Bone marrow) मा हुने स्टेम कोष हो ।
रगतमा रातो रक्तकोष (Red Blood Cells) पनि हुन्छन् । यसलाई अर्को शब्दमा Corpuscles पनि भनिन्छ । यही रातो रक्तकोषका कारण हाम्रो रगत रातो देखिने गर्छ । हाम्रो रगतमा आकारमा अति सानो गोलाकार तर च्याप्टो आकारको हुने यस्ता रातो रक्तकोषहरु ३५ ट्रिलियनको संख्यामा निरन्तर रुपमा बगिरहेको हुन्छ । जसले गर्दा रगत सधैं रातो देखिने गर्छ । एक थोपा रगतमा मात्रै पनि लगभग ५० लाख रक्तकोषहरु रहेका हुन्छन् । यिनीहरु बन्ने प्रारम्भिक श्रोत हड्डीभित्रको मासी (Bone marrow) मा हुने स्टेम कोष हो ।
* सेता रक्तकोष
सेता रक्तकोष (White Blood Cells) हरु राता रक्तकोषको तुलनामा एकदम कम हुन्छन् अर्थात् रगतको लगभग १५ जति मात्र हुन्छन् । सेता रक्तकोषहरु पनि धेरै प्रकारका हुन्छन्, ती मध्ये ५५–७०५ न्युट्रोफिल भनिने कोषले ओगटेका हुन्छन् । यिनीहरुले शरीरलाई कुनै पनि रोगको संक्रमण हुनुबाट जोगाउँछन् । यिनीहरुको आयु लगभग एकदिन मात्र हुन्छ ।
सेता रक्तकोष (White Blood Cells) हरु राता रक्तकोषको तुलनामा एकदम कम हुन्छन् अर्थात् रगतको लगभग १५ जति मात्र हुन्छन् । सेता रक्तकोषहरु पनि धेरै प्रकारका हुन्छन्, ती मध्ये ५५–७०५ न्युट्रोफिल भनिने कोषले ओगटेका हुन्छन् । यिनीहरुले शरीरलाई कुनै पनि रोगको संक्रमण हुनुबाट जोगाउँछन् । यिनीहरुको आयु लगभग एकदिन मात्र हुन्छ ।
* प्लाज्मा
रगतलाई तरल रुपमा राख्ने पदार्थलाई प्लाज्मा
भनिन्छ । यसले रगतको आधा भाग ओगटेको हुन्छ । यो हल्का पहेंलो रङ्गको हुन्छ र
पानीभन्दा बाक्लो हुन्छ । प्लाज्मामा रक्तकोषहरुका अलावा प्रोटिन, रोगसँग
लड्ने प्रतिरोधी पदार्थ, रगतलाई जम्न मद्दत गर्ने फाईब्रिनोजेन र
प्लाटेलेट्स, कार्बोहाइड्रेट, बोसो, नून
र अन्य थुप्रै पदार्थहरु हुन्छन् ।
*प्लाटेलेट्स
प्लाटेलेट्स एक ठोस कण हो, यसको
मुख्य काम शरीरको कुनै अंग काटिएर रगत बग्न जाँदा त्यसलाई रोक्न प्रत्यक्ष योगदान
यहि प्लाटेलेट्सले पुर्याउँछ । रगतमा करिब ६०५ प्लाज्माको मात्रा हुन्छ
भने ४०५ रक्तकोषको मात्रा हुन्छ ।
नेपालमा रक्तसञ्चारको प्रवेश र स्थिति
नेपालमा पहिलोपटक १२ साउन २०२३ सालमा लक्ष्मी
ब्लड बैक स्थापना गरेर रगत संकलन सुरु भएको हो । त्यही साल सरकारले पनि वीर
अस्पतालमा रगत संकलन सुरु गर्यो । त्यसको लामो समय नबित्दै सरकारले
संकलनको जिम्मा लक्ष्मी ब्लड बैंकलाई नै दियो । पछि त्यसको नाम परिवर्तन भएर
केन्द्रीय रक्तसञ्चार केन्द्र भयो । वि.सं. २०३७ सालमा नेपाल रेडक्रस सोसाइटीले
आफ्नै भवन प्रदर्शनी मार्गमा रक्तसञ्चार सेवा केन्द्रको नाममा स्थापना ग¥यो
अहिले संयोजन, रेखदेख नेपाल रेडक्रम सोसाइटीले गर्छ ।
राजधानीमा केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र
तथा विराटनगर, चितवन, पोखरा र नेपालगञ्जमा गरी चारवटा
रक्तसञ्चार केन्द्र सञ्चालनमा छन् । यस्तै २१ जिल्ला, ३० अस्पताल र ३१
वटा आकस्मिक गरी ८७ वटा रक्तसञ्चार केन्द्रका शाखा छन् । यी सबैको सञ्चालन र
व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गरिरहेको छ । केन्द्रीय रक्तसञ्चार केन्द्रमा
मात्रै २ हजार ५ सय प्रिन्ट रगत भण्डारण क्षमता छ । नेपालमा पहिलो रक्तदान गर्ने
व्यक्ति स्व. दयावीर सिंह कंसाकार हुन् भने हालसम्म सबैभन्दा बढी रक्तदान गर्ने
व्यक्ति प्रेमसागर कर्माचार्य हुन् । उनले ५२ वर्षे उमेरसम्ममा (२०७३ भाद्र) १५१
पटक रक्तदान गरिसकेका छन् । प्रत्येक एक प्रिन्टको ३ सय ५० एम.एल.को हिसाबले पनि
उनले दान गरेको ५३.५ लिटर पुगिसक्यो । रक्तदानबारे उहाँ भन्छन्– ‘म
पानीमात्र खाएर पनि रक्तदान गर्छु,’ अगाडि भन्छन्– ‘त्यसका लागि अघि
वा पछि विशेष तयारी गर्नुपर्दैन ।’ रक्तदान गर्दा कमजोर होइन्छ भन्ने भ्रम
निवारण गर्दै उनी भन्छन्– ‘बरु दिएपछि नयाँ रगत बन्छ र व्यक्ति
स्वस्थ हुन्छ ।’ नेपालमा रक्तदान गर्ने जनसहभागिता त्यति
उत्साहजनक देखिंदैन, तसर्थ रक्तदान उत्प्रेरणामा व्यापक
जनसहभागिताका लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
No comments:
Post a Comment