शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, September 27, 2019

फेसबुक पोस्टमा आएको ‘लाइक’ संख्या हेर्न नमिल्ने, अस्ट्रेलियाबाट परीक्षण सुरु

 
फेसबुकले पोस्टमा गरेको लाइक संख्या हेर्न नमिल्ने बनाउने भएको छ । यसको परीक्षण अस्ट्रेलियामा शुक्रबारबाट सुरु भएको फेसबुकले जनाएको छ । इन्स्टाग्रामले जस्तै फेसबुकले पनि प्रयोगकर्ताको पोस्टमा ‘लाइक’ को संख्या लुकाउन लागेको हो । परीक्षणका क्रममा अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रबारबाट अर्काको पोस्टमा गरिएका ‘लाइक’ को संख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन् । 
 
गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा सुरू गरिएको थियो । प्रयोगकर्तामाझ सामाजिक दबाब घटाउने प्रयासस्वरूप ‘लाइक’ को संख्या लुकाउन चाहेको फेसबुकले बताएको छ । प्रयोगकर्ताले अर्काको पोस्टमा जनाइएका प्रतिक्रियाको संख्या हेर्न नमिल्ने भए पनि आफ्ना पोस्टमा गरिएका ‘लाइक’ को संख्या भने हेर्न पाउने छन् ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोसिएटेड प्रेससँग कुरा गर्दै, ‘लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको संख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे व्यक्तिले ध्यान दिउन् भनेर हामीले लाइकको संख्या हेर्न नमिल्ने बनाउन लागेका हौं ।’
 
यता, अस्ट्रेलिया, न्यूजिल्याण्ड, ब्राजिल, क्यानडा, जापान र आयरल्याण्डमा परीक्षण गरिरहेको इन्स्टाग्रामले त्यसबारे अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक गरेको छैन । ‘लाइक’ को संख्या व्यापारिक प्रवर्द्धनका लागि महत्वपूर्ण पाटो भएको भन्दै कतिपय प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले परिवर्तन ल्याउने कदमको आलोचना गरे । तर यो परिवर्तनसम्बन्धी परीक्षणको समय बढाइने वा त्यसलाई स्थायी बनाइने विषयमा फेसबुकले केही भनेको छैन ।

स्रोतः बीबीसी

No comments:

Post a Comment