शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, October 6, 2019

दसैँको १० दिन

–त्रिचन्द्र प्रतीक्षा

नेपालीहरुको महान् पर्व बडादसैं आश्विन शुक्ल प्रतिपदाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिन विशेष उत्सवका रुपमा मनाउने गरिन्छ । साधारणतया दसैंको रमझम त्यसबेला प्रारम्भ हुन्छ, जुनबेला घरघरमा फूलपाती भित्र्याइन्छ । फूलपाती अर्थात् सप्तमीदेखि दशमीसम्म अति हर्षोल्लासपूर्ण वातावरणमा दसैं मनाउने गरिन्छ ।

-------------------
आजको २१ औं शताब्दीमा बलिप्रथा सान्दर्भिक छ जस्तै लाग्दैन,
कसैको ज्यान लिएर गरिने धर्म,
साधना जेसुकै होस् यो निन्दनिय र अपाच्य छन् । हामी हाम्रो धर्म संस्कृतिलाई
पशुबलि बिना पनि जीवन्त राख्न सकिन्छ भन्ने कुरा अब युवापुस्ताले
यसतर्फ सोच्ने समय आइसकेको छ ।
 
-------------------
दसैंलाई नौरथा, दुर्गापूजा, नवरात्री पर्व, विजयादशमी आदि नामले चिनिन्छ भने नवरात्री अवधिभर संखमूलको शंकरतीर्थ, भद्रमतीको निर्मलतीर्थ, गोकर्णको पुष्पतीर्थ, कालमोचनको कालमोचन तीर्थ, पंचनारीको पंचनारी तीर्थ, टोखा दोभानको मनोरथ तीर्थ, न्वंह घाटको देवतीर्थ, टेकु दोभानको चिन्तामणि तीर्थ, ढोकाढलको भवानी तीर्थ, गुह्येश्वरीको शान्त तीर्थ आदिमा मेला भर्न गई विभिन्न शक्तिपीठहरुको पूजा–आराधना गर्ने गरिन्छ ।

दसैंमा देवी, दुर्गालाई भगवती, तलेजु भवानी, शिवानी महाकाली, गौरी जगदम्बा आदि विभिन्न नाममा पूजा एवं शक्ति उपासना गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । महाअष्टमीको रात कालरात्री गर्दा नवदुर्गाको विभिन्न स्वरुपहरु शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाला, कात्यायनी, महाकाली, महागौरी र सिद्दीदात्रीको उपासना गर्नुका साथै भावभक्ति अर्पण गरिन्छ । उक्त रात महाकाली जागा भइरहने किम्वदन्तीअनुसार घरघरमा नवदुर्गालाई बोका, हाँसा, कुखुरा बलि दिइन्छ भने हनुमानढोका दसैंघरमा पनि चवन्न बोका चवन्न राँगाहरुको बलि दिनुका साथै खड्गसिद्दी पनि गरिन्छ । आजको २१ औं शताब्दीमा बलिप्रथा सान्दर्भिक छ जस्तै लाग्दैन, कसैको ज्यान लिएर गरिने धर्म, साधना जेसुकै होस् यो निन्दनिय र अपाच्य छन् । हामी हाम्रो धर्म संस्कृतिलाई पशुबलि बिना पनि जीवन्त राख्न सकिन्छ भन्ने कुरा अब युवापुस्ताले यसतर्फ सोच्ने समय आइसकेको छ ।

हिन्दू धर्मशास्त्रहरुमा कुनै पनि देवी–देवताहरुले पशुलाई बलि स्वरुप मागेको नभै हामीमा भएको विभिन्न बिकार र खराब पक्षहरुलाई त्याग्न वा बलि (अर्पण गर्न) दिन भनिएको हो, तर हामीले जानीजानी वा अन्जानमै सहि बोल्न नसक्ने पशुलाई बलिको रुपमा रेटिन थाल्यौं, अब हामीले यस्तो कुरीतिलाई सदाका लागि बन्द गर्नु जरुरी भइसकेको छ । दसैंमा तीन रात्री– मोहरात्री, शिवरात्री र कालरात्रीमध्ये कालरात्रीलाई सबैभन्दा ठूलो मानिन्छ । उक्त दिन घरमा भएका हातहतियारका साथै कोतका अस्त्रशस्त्रसमेतलाई महाशक्ति स्वरुपेणी महाकालीको रुप मानी भोगबलि चढाउने र चण्डी पाठ गर्ने गरिन्छ । जसबाट दुर्गा भवानी जगदम्बे माता खुसी हुन्छिन् भन्ने धार्मिक विश्वास पाइन्छ ।
त्रिचन्द्र प्रतीक्षा

परापूर्वकालमा चण्ड–मु्ण्ड, शुम्भ–निशुम्भ, महिषासूरजस्ता ठूला शक्तिवान् दानवहरुलाई महामाया, जगत्माता, जगदम्बे दुर्गे भवानीले बध गर्नुभएको र देवगण खुसी भई ठूलै भोज–भतेरको आयोजना गरेकाले दसैंको महìव बढी  छ, आज पनि सरकारी रुपमै बिदा दिई दसैंलाई महान् पर्वका रुपमा मनाउने गरिन्छ । त्यस्तै अरु दिनको रिस, राग, बिर्सेर पनि इष्टमित्र, दाजुभाइ, नातागोता कुटुम्ब एकै ठाउँमा भेला भई दसैंको टीका लगाउनाले दसैंले महान् पर्वको रुपमा ख्याति पाएको छ । यी दसैंको दस दिन के–के गरिन्छ भन्ने बारेमा पनि जानिराखौं ।

पहिलो दिनः    विधिपूर्वक दियो कलश गणेश स्थापना गरी घटस्थापना गरिन्छ । देवीको पूजा गरिन्छ । नदीबाट ल्याएको बालुवा वा पञ्चमाटोको देवी बनाई कुशपानी छरेर शुद्ध बनाइन्छ र त्यसमा अघिल्लो दिन भिजाएको जौलाई शुद्ध बनाई छरिन्छ । त्यसपछि फूल अक्षताले जौलाई पूजा गरिन्छ । कन्या पूजा पनि गरिन्छ साथ चण्डी पाठ पनि गरिन्छ ।

दोश्रो दिनः    पहिलो दिनजस्तै दियो कलश, गणेशको पूजा गरी देवीको पूजा गरिन्छ । दोश्रो दिन सिन्दूर चोलाको कपडा, धागो र काइँयो चढाइन्छ, सम्भव भए तीन वर्षीय कन्या पूजा गरिन्छ ।

तेश्रो दिनः    अन्य दिनझैं पूजा गरिन्छ । यस दिन देवीलाई ऐना, सिन्दुर गाजल चढाइन्छ । चार वर्षीय कन्याको पूजा गरिन्छ ।

चौथो दिनः    पूजा अघिल्लो दिन जस्तै गरिन्छ । मह, चिनी, दही मधुपर्क र गाजल विशेष रुपमा चढाइन्छ । पाँच वर्षीय कन्याको पूजा गरिन्छ ।

पाँचौ दिनः    अन्य यथावत् र विशेष यस दिन सारी र धोती ओढ्ने चढाइन्छ ।

छैटौ दिनः    पूजा यथावत् । विशेष गहनाहरु चढाइन्छ ।

सातौं दिनः    पूजा यथावत् । सरस्वतीको विशेष पूजा किताब, कापी कलम जस्ता विद्या आर्जनमा उपयोग गरिने वस्तुहरुलाई सरस्वती मानी फूल, अक्षता, धूप, दीप, नैवेद्य गरी पूजा गरिन्छ । यसै दिन दिउँसो साइत अनुसार फूलपाती भित्र्याउने गरिन्छ । उपत्यकाका घरहरुमा फूलपाती बढाई सुनेपछि भित्र्याउने परम्परा रहेको छ । फूलपाती, केरा, दारिम, धान, हलेदो, मने, कचु, बेल, असोक, जयन्ती, सात वनस्पतीका वृक्ष, हाँगा, फल मिलाई तयार पारिन्छ । अनि ती सबै वस्तुलाई पूजा गरिन्छ ।

आठौं दिनः    पूजा यथावत् । सकेसम्म यो दिन मन्दिर गई देवी दर्शन गर्ने, उपवास बस्ने चलन छ । ब्राम्हणहरुले कुभिण्डो या बेल चढाउने र अन्यले बली दिने प्रचलन छ । बली कुभिण्डो्, बेल र अन्य वस्तुको पनि दिन सकिन्छ ।

नवौं दिनः    पूजा यथावत् गरिन्छ । यस दिन मोटर, मोटरसाइकल, साइकल, आदि यन्त्र हतियार र सवारी साधनहरुको विशेष पूजा गरिन्छ ।

दशौं दिनः    यथावत् पूजा गर्ने । विधि अनुसार पूजा बिसर्जन, अभिषेक र प्रसाद ग्रहण गरिन्छ । यसपछि कतै दशमीमा मात्र टीका लगाइन्छ भने कतिपय ठाउँमा पूर्णिमासम्म टीका पनि लगाउने प्रचलन छ । त्यसपछि जमरालाई पवित्र ठाउँमा नदीमा लगी बिसर्जन गर्ने गरिन्छ ।

No comments:

Post a Comment