शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, June 28, 2011

सुदृढ पारिवारिक सम्बन्ध -त्रिचन्द्र प्रतीक्षा

त्रिचन्द्र प्रतीक्षा
वास्तबमा त्यो कुन वस्तु हो । जसले पारिवारिक जीवन र सम्बन्धलाई बलियो र मजबूत बनाउँदछ । के पारिवारिक नाताले मात्र यो सम्भव छ ? होइन वास्तवमा पारिवारिक सम्बन्धलाई बलियो र मजबूत बनाउने माध्यम त सुख र दुःखमा बढीभन्दा बढी आपसी सहभागिताको साथै सुख दुःखमा साझेदार हुनुका साथ साथै परिवारका सबै सदस्यहरूबीच नजिकता र घनिष्टता हो तर के आजको युगमा यस्तो व्यवहार भइरहेको छ ? आज मानिसहरू आफ्नो काममा यति व्यस्त छन् कि उनमा आफ्नो परिवारप्रति ध्यान दिने समय नहुनुका साथै व्यस्तताले गर्दा एक किसिमले आजका मानिस एक्लो छन् । किनकि आज व्यस्तताले गर्दा मानिसले आफ्ना भावनाहरू व्यक्त गर्ने र अरुका भावनाहरू धैर्यपूर्वक सुनिदिने समय भएका मानिसहरू भेटाउन पनि कठिन भइसकेका छन् । एक किसिमले भन्ने हो भने आजको मानिसमा न समय नै छ न परिवारका सदस्यहरूसँग बसी रमाइलो वातावरणमा जीवन बीताउने इच्छा नै छ ।
यसले गर्दा परिवारका सदस्यहरूबीच तनाव र एक आपसको सूचना सञ्चारको दूरी पनि घट्नुको सट्टा बढ्दै जान्छ । यसले गर्दा परिवारबाटै अलग्गिनु पर्ने सम्भावना समेत हुन्छ । परिवारलाई बलियो र मजबूत बनाउनको लागि एक यस्तो किसिमको किल्लाको आवश्यक हुन्छ जसले परिवारलाई बाहिरी संसारबाट बचाउन सक्नुको साथै परिवारलाई नाम र शक्ति पनि मिलोस् । सम्बन्धरुपी त्यस पर्खाल बाहिरको हस्तक्षेप र दबावले तहस-नहस पारी दिने किसिमले कमजोर पनि हुनु हुँदैन । मुख्यतः आफ्नो पारिवारिक सम्बन्धलाई मधुर र सुदृढ बनाउनको लागि मानिसमा आफ्नो परिवारप्रति रुचि र चासो हुनु नितान्त आवश्यक छ ।
आजको समाजमा आमा बाबुले पहिलेको तुलनामा धेरै कम समय मात्र आफ्नो बच्चाहरूलाई दिने गर्दछ जबकि आजको आधुनिक युगका बच्चाहरूको लागि पहिलेको भन्दा बढी समय आमा बाबुसँगै हुनु जरुरी छ, किनकि सानो परिवारको कारण बच्चाहरूको नजिक आमा बाबुको अतिरिक्त अरू कोही हुन सक्दैन । यसकारण आमा बाबुले आफ्नो छोरा छोरीहरूको भविष्यको लागि बढीभन्दा बढी समय दिनु र आफ्नो पारिवारिक सम्बन्ध सुदृढमा चासो लिनु जरुरी छ । यसको साथै पारिवारिक सम्बन्ध सुदृढ र मधुरताको लागि परिवारका सदस्यहरूको व्यक्तिगत क्रियाकलापमा एक किसिमको बन्देज लगाई हप्ताको एकदिन भएपनि परिवारका सदस्यहरू साथ बीताउनु पर्ने निश्चित गर्नुका साथै साना खाने समयको पनि निश्चित गरेको हुनु पर्दछ र सो समयमा परिवारका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिको परम्परा बसालेको खण्डमा परिवारका सदस्यहरूले केही क्षण भएपनि रमाइलो वातावरण पाउनुका साथै घरमा घरको कामकाजहरू सबै मिलेर गरेको खण्डमा पनि परिवारका सदस्यहरूबीच कुराकानी गरी रमाइलो वातावरणमा बीताउने प्रशस्त समयको बचत पनि हुन्छ ।
उक्त कुराहरूको अलावा पारिवारिक सम्बन्ध सुदृढ र मधुर बनाउनमा अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू चाडपर्वहरू, आदिले पनि विशेष रुपले सहयोग पुर्‍याएको हुन्छ । उदाहरणको लागि समय समयमा आफ्ना परिवारका साथ रमणिय स्थल जस्तै- पार्क, चिडियाघर, संग्रहालय, आदिमा घुम्न जाने गरेमा पारिवारिक सम्बन्धमा उत्साह र सुमधुरता आउनुका साथै पारिवारिक सम्बन्ध सुदृढ पनि बन्दै जान्छ भने विभिन्न चार्डपर्व तथा उत्वसहरू परिवारका सदस्यहरू साथ मनाएको खण्डमा पनि पारिवारिक सम्बन्ध सुदृढ र मधुर बन्नुका साथै परिवारका सदस्यहरूले आफूलाई सुरक्षित पनि ठान्दछन् ।
कान्तिपुर साप्ताहिमा प्रकाशित

No comments:

Post a Comment