शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, June 28, 2011

होली नेपालीहरूको मात्र पर्व होइन


त्रिचन्द्र प्रतीक्षा
फागुन शुक्ल पूणिर्मालाई फागु पूर्णिमा अर्थात् होली पर्व भनिन्छ । यस दिनलाई राष्ट्रिय पर्वको रूपमा पनि लिइन्छ । घरपरिवार साथीभाइ आपसमा मिली रंगमा रंगीएर होली खेली होली पर्व उल्लासपूर्वक मनाउने गर्दछन् । वास्तवमा भन्ने हो भने होली पर्व एउटा अन्तर्राष्िट्रय पर्व पनि हो । नेपाल भारतमा प्रायः समान तरिकाले यो पर्व मनाइने गरिन्छ ।
हाली पर्वको शुरुवात कहिलेदेखि शुरु भएको हो भन्ने सम्बन्धमा हालसम्म कुनै तथ्य आधार पाउन सकेको छैन, तर किम्वदन्ति र पौराणिक भनाइ अनुसार सत्ययुगमा हिरण्यकशिपु नामक राक्षकको छोरा प्रल्हाद अति नै विष्णु भक्त थिए । आफ्नो छोरालाई विष्णुको भक्तिबाट अगल गर्न नसकेपछि हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र सोही होलिका स्वयं आगोमा जलेर भस्म भएको र त्यसैको प्रतिकको रूपमा होलिका दहनको खुशीयाली मनाउन आपसमा रंग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहेको छ ।

नेपालीहरूको राष्ट्रिय पर्व रंगहरू र उल्लासको पर्व होली नेपाल तथा विदेशमा बस्ने नेपालीहरूले समेत मनाइन्छ भने विश्वका कैयौं देशहरूमा पनि आ-आफ्नो परम्परागत पर्व अनुसार वा अन्य रुपमा होली मनाउने गरिन्छ ।
     चीन ः    चीनको एक सीमावर्ती प्रान्तमा त्यहाँका 'ताइ' जातिका मानिसहरू एकअर्का माथि पानी फ्याँकेर 'पोयावामा' नामक पर्व मनाइने गरिन्छ । यस पर्व मान्नुको पछाडि एउटा दन्तकथा प्रचलित रहिआएको छ- सदियौं पहिले त्यहाँ 'छुडबींग' नामक राक्षकले भयंकर उत्पात मचाइरहेको थियो । राक्षसले कुनैपनि सुन्दरी केटीलाई देख्नासाथ लिएर जाने गर्दथे, यसै प्रकारले उसले सयौं सुन्दरी केटीहरूलाई वन्धक गरिसकेको थियो । उक्त राक्षसबाट छुटकार पाउन राक्षकको जादूमय शक्तिलाई एकजना साह्रै सुन्दरी केटीले थाहा पाएर राक्षसलाई चलाखीपूर्वक सो केटीले राक्षसलाई मारेर वन्धक बनाइराखेका सम्पूर्ण केटीहरूलाई छुटाएको थियो ।
सोही खुशीयालीमा सो पर्व मनाइँदै आइरहेको किम्वदन्ति रहेको छ भने चीनमै अर्को होली जस्तै पर्व मनाइने गरिन्छ- 'ज्वेजे' नामक यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ, यस पर्वमा स्थानिय वासिन्दा आगो बालेर आगोको पूजा गर्ने गरिन्छ, यसपछि आम मानिस रंगीविरंगी नयाँ लुगा लगाएर एकअर्कालाई बधाई दिने गरिन्छ भने यसै अवसरमा विभिन्न रोमाञ्चकारी खेलहरूको पनि आयोजना गर्ने गरिन्छ ।

     अमेरिका ः    अमेरिकामा 'हैलाइन' नामक मनाइने पर्व होली संग मिल्दोजुल्दो पाइन्छ । ३१ अक्टुबरको राती युवा-युवतीहरू नाच्ने गाउने र एकअर्कालाई बधाई साटासाट समेत गर्ने गरिन्छ ।

    जर्मनी  ः    जर्मनीमा ईस्टर पर्वको समयमा होली जस्तै एउटा पर्व मनाइने गरिन्छ, यसलाई त्यहाँ 'कारनिवाल' को नामले जानिन्छ र्।र् इस्टर पर्वको साँझको समयमा जर्मनीवासी घाँसको पुतला बनाएर त्यसलाई जलाइन्छ, पुतला दहन पछि सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ र मानिसहरू एकअर्कालाई रंग दलेर खुशीयाली मनाइन्छ भने कहीँ कहीँ दाउरा बालेर आपसमा रंग छ्याप्तै नाच्ने र गाउने गर्छन् ।

     इटली ः    इटलीमा होली जस्तै पर्वको नाम हो- 'रेडिका' । यो पर्वमा त्यहाँ लगभग एक हप्तासम्म तड्क भड्कका साथ नाच्दै गाउँदै काठ, दाउरा चोक चोकमा जम्मा गर्ने गरिन्छ । मानिसहरू जम्मा भएर त्यहाँ राखिएका दाउराहरूको थुप्रोमा आगो लगाउने गरिन्छ, इटलीवासीको विश्वास रहेको छ कि यो पर्वमा 'पलोरा' नामक देवीलाई प्रसन्न गर्नका लागि चोक चोकमा आगो बालेर मनाइएको हो ।
     चेक र स्लोभाकिया ः    चेक र स्लोभाकिया गणराज्यमा 'बेलियाकोनेन्से' नामक पर्व होली जस्तै पर्व हो । 'युवाहरूको पर्व' नाम दिइएको यस पर्वमा युवायुवतीहरू एकअर्कामा रंग, पानी र परफ्युम छ्याप्ने गरिन्छ । यस अवसरमा घाँसबाट बनाएको एक विशेष प्रकारको लुगा लगाउने प्रचलन समेत रहिआएको छ ।

     लाओस ः    लाओसमा जनवरी महिनामा नववर्षो आगमन संगसंगै होली जस्तै एक पर्व मनाइने गरिन्छ । यस अवसरमा आम मानिसहरू पूरै हर्षोल्लासका साथ एकआपसमा रंग लगाउने प्रचलन रहिआएको छ ।

     पोल्याण्ड ः    पोल्याण्डमा 'असिना' नामक पर्वमा आम मानिसहरू एकआपसमा रंग लगाउने र मिर्ठाई बाँडेर आफ्नो खुशीहरू प्रकट गर्ने गरिन्छ ।

     इंगल्याण्ड ः    इंगल्याण्डमा होली संग मिल्दोजुल्दो एक पर्व धेरै नै धुमधामसंग मनाइने गरिन्छ । यसलाई त्यहाँ 'माई फाक्स डे' को नामले जानिन्छ ।

     यूनान ः        यूनानमा 'मेपोल' नामक पर्व होली सँग धेरै मिल्दोजुल्दो पाइन्छ । यस पर्वमा यूनानी चोक चोकमा खम्बा (लिंग) गाडेर काठहरू जम्मा गरि आगो लगाइन्छ । साथै आफ्नो देवता 'डायनोसियस्' को पूजा समेत गर्ने गरिन्छ, यस्तो गरेमा देवता खुशी हुने विश्वास गर्छन् । यसैक्रममा उनीहरू रंगहरूको पनि धेरै प्रयोग गर्ने गरिन्छ ।

     अष्ट्रेलिया ः    अष्ट्रेलियामा २१ मार्चका दिन 'वैली' नामक पर्वमा आम मानिसहरू एकआपसमा रंगहरूको प्रयोग गरेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ ।

     बेल्जियम ः    १९ मार्चमा बेल्जियममा एक विशेष प्रकारको पर्व मनाइने गरिन्छ । यस पर्वको रूपरेखा ठीक होली जस्तै हुने गर्दछ । पहिले त्यहाँ मानिसहरू पुरानो जुत्ता, चप्पलहरू तथा घाँसको पुतला आदि जलाउने गर्दछ, त्यसपछि एकआपसमा रंग दलेर आनन्दविभोर हुने गर्दछ ।

     जापान ः    जापानमा १६ अगस्तको राती एउटा पर्व मनाइन्छ- 'दे मोन्जी ओकुरिबी' । यस रात जापानमा कैयौं ठाउँहरूमा आगो बालेर होली मनाइन्छ ।

     म्यानमार ः    म्यानमार (वर्मा) मा होली अत्यन्त सभ्य र सरलताका साथ मनाइने गरिन्छ । यहाँ यस पर्वलाई 'टिगुला' का नामले चिनिन्छ । त्यसदिन हरेक टोल टोलमा टोली बनाएर ट्रकमा बसेर नाच्दै गाउँदै पुरै शहर बजारमा घुम्ने गरिन्छ । ड्रमहरूमा परमफ्यूम मिसाइएको पानी भरेर बाटो बाटोमा मानिसहरूलाई छ्यापेर आनन्द गर्ने गरिन्छ । यहाँ यस अवसरमा रंगहरूको प्रयोग भने गरिंदैन । यसपछि साँझको समयमा यहाँ मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ । यस यसलाई 'पवे' भनिन्छ । यस कार्यक्रममा युवायुवतीहरू, वृद्ध, बालक सबै रातभरि अझ बीहान सम्म नाच्दै गाउँदै रमाइलो गरिन्छ ।

     थाइल्याण्ड ः    थाइल्याण्डमा अप्रिल महिनामा -वैशाख) होली जस्तै उत्सव 'सा·फ्रान' मनाउने गरिन्छ । यसदिन यहाँका थाइवासीहरू विभिन्न मठ मन्दिरमा गएर भगवान बुद्धको पूजा अर्चना गर्ने र बौद्धभिक्षुहरूलाई दान दिन्छन् भने बुढापाकाबाट युवापीढीले आर्शिवाद लिएर सुगन्धित पानी र रंगहरू खेलेर सो पर्व मनाइन्छ ।

     मिश्र ः    मिश्रमा अंगारको होली मनाइने गरिन्छ । यसदिन यहाँका मानिसहरू खास गरेर बनवासी जंगलमा गएर आगो बालिन्छ । यस आगोमा आ-आफ्नो पुराना लुगाफाटा जलाउने गरिन्छ । त्यसपछि त्यो जलेको लुगाफाटा, अंगारलाई एकअर्कातिर फ्याँक्ने गरिन्छ । आगो सकिएपछि नुहाईधुवाई गरेर खानपीन गरेर खुशीयाली मानिन्छ भने मिश्रमै कसै कसैले हाँस्य विनोद गरेर गाउँदै नयाँ अन्नको स्वागत गर्दछन् ।

     स्विट्जरल्याण्ड ः    स्विट्जरल्याण्डमा होली जस्तो एकपर्व ३ दिनसम्म धुमधाम साथ मनाइने गरिन्छ । पहिलो दिन मानिसहरू अलग अलग ठाउँहरूमा बाँसुरी बजाएर सडकमा आउने गरिन्छ, उनीहरू विभिन्न प्रकारका मुकुण्डो र थरिथरिका टोपी लगाएर टोलटोल घुमेर एक निश्चित ठाउँमा पुग्छ । दोश्रो दिन विभिन्न मनोरञ्जक कार्यक्रम आयोजित गर्ने गरिन्छ भने तेस्रो दिन सबै आपसमा मिलेर 'सामूहिक भोज' को आयोजना गरेर आनन्द लिने गरिन्छ, अन्त्यमा भोज सकिएपछि एकआपसमा विभिन्न रंगहरू दलेर पर्वलाई बीदा गर्ने चलन रहिआएको छ ।

     स्वीडेन ः    स्वीडेनमा जून १५ तारेखका दिन एउटा पर्व मनाइन्छ । यस दिन यहाँका वासिन्दाहरू नजिकैको एक पहाडमा जम्मा हुने गर्दछ । त्यहाँ काठ दाउरा जम्मा गरेर आगो लगाइन्छ, बलेको आगोको चारैतिर बसेर स्वीडेनवासी नाचगान गरेर आफ्नो खुशीहरू प्रकट गर्ने गरिन्छ ।

     फ्रान्स ः    फ्रान्समा होलीको पर्वलाई 'मूर्खहरूको पर्व' को रूपमा मनाइन्छ । 'गाचो' नामबाट प्रसिद्ध यर्सपर्वमा फ्रान्सवासी घाँस/भुसको एउटा ठूलो पुतला बनाइन्छ र नाच्दै गाउँदै जुलुस सहित निश्चित स्थानमा पुर्‍याइन्छ र त्यहाँ उक्त पुतलालाई दहन (जलाइन्छ) गरिन्छ । यसैदिन शहरको कुनै व्यक्तिलाई छानेर गधामाथी चढाएर शहर बजार घुमाउने पनि प्रथा प्रचलित छ ।

     अफ्रिका ः    जुन प्रकार नेपालमा होलीमा हिरण्यकशिपुको कथा प्रचलित छ, त्यसै प्रकार अप्रिmकामा पनि 'वों-गा' को कथा प्रचलित छ । त्यहाँको प्राचिन ग्रन्थका अनुसार वर्षो पहिला अफ्रिकामा 'वों-गा' नामक एक क्रुर एवं अत्याचारी शासकले राज्य गर्थे । त्यसको अत्याचार अत्यधिक बढेपछि जनताले व्रि्रोह गरेर 'वों-गा' लाई जिउँदै जलाइयो । त्यसबेला देखि सम्पूर्ण अफ्रिकावासी वों-गा को शासनबाट मुक्ति पाएको खुशीयालीमा प्रत्येक वर्षो मार्च/अप्रिलको मध्यतिर यो उत्सव मानिन्छ । यसदिन उक्त 'वों-गा' को पुतला समेत बनाइन्छ र विजयत्सोवको रूपमा जलाइन्छ । यस वर्षाई त्यहाँ 'ओमेना वों-गा' भनिन्छ ।

     श्रीलंका ः    यहाँ फागु पर्वका बेला आगोको विशेष पूजा गरिन्छ । जुन आगोले असत्यलाई खरानी बनाइदिन्छ भन्ने धारणा पाइन्छ ।

जहाँ जसरी फागु पर्व मनाउने गरेतापनि आखिरमा यस पर्वको उद्देश्य भनेकै एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, एकआपसमा खुशीयाली बाड्नु नै होलीको पर्याय हो भन्नुमा अत्युत्ति नहोला । हामी पनि होली पर्वलाई एकअर्कालाई दुःख दिएर नभै सद्भाव र सभ्य भएर होली खेलौं ।
२०६४ चैत्रमा युवामञ्चमा प्रकाशित

No comments:

Post a Comment