शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, April 21, 2018

'काठमाडौं पानी' नामक जारको पानीमा लेउको भण्डार

 
-त्रिचन्द्र श्रेष्ठ
बेलाबेलामा जारको खानेपानीमा  अखाद्य सामाग्रीहरु भेटाउनु सामान्य भइसक्यो विभिन्‍न नामका पानी कम्पनीहरुले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको नेपालीको लागि नयाँ होइन । कहिलै किरा फट्यांग्रा त कहिलै किला-काठका टुक्रा भेटिदै भेटिदै आएका थिए । तर, एउटा पानी कम्पनीले उपभोक्तासम्म पुर्‍याएको जारमा लेउनै लेउ भेटिएको छ ।
गोकर्णेश्वर- १, काठमाडौंको डाँफे मिनरल वाटर प्रा लि, द्वारा उत्पादित 'काठमाडौँ पानी' नामको जारभित्र प्रशस्त लेउले भरिएको जार भेटिएको छ त्यो पनि एक होइन दुई होइन ४, ४ वटा जारमा ।

नयाँ बानेश्वर बस्ने सञ्जय जोशीले सधैं स्वच्छ पानी भनेर लामो समयअघिदेखि पिउँदै आइरहेको 'काठमाडौँ पानी' नामक जारको पानी गत वैशाख १ गतेका दिन एकैपल्ट ४ वटा जार दोकानबाट मगाइएको र भोलिपल्ट खोल्न लाग्दा हल्का निलो ठोस पदार्थ देखेपछि नखोलिकन अर्को जार खोल्न लागे त्यसमा पनि त्यस्तै हरियो पदार्थ देखे एवं चारवटा मध्ये तीनवटा जारमा हरियो लेउ देखेपछि छाँगाबाट खसे जस्तो भयो ।
 
तत्कालै दोकानमा जानकारी गर्दा खासै चासो नदेखाएपछि जारमा उल्लेखित कम्पनीको 9851122658 मा फोन गरेर बुझ्दा यस्तो हुनै नसक्ने र भएपनि सामान्य हो भनेर गैर-जिम्मेवारी पूर्ण जवाफ दिएर पन्छिन खोजे । यति विश्वासका साथ जोशी आफूले पिइरहेको पानीले आफ्नो मात्र नभै आम उपभोक्ताहरुकै स्वास्थ्य माथि खेलवाड गरिरहेको देख्दा अब कुनैपनि जारको पानीको विश्वास नरहेको बताए ।
बेलाबेलामा सरकारी निकायबाट अनुगमन गर्नु केवल नाटक मात्र भएको जन गुनासो आइरहेको अवस्थामा यस्तो जार बजारमा छ्यापछ्याप्ती भेटिनु उपभोक्ता र सरकारी कानून कमजोर हुनाले पनि पानी उत्पादन कम्पनीहरुले पानी जस्तै गम्भीर वस्तुलाई पनि खेंलाचीको रुपमा लिइरहेको देखिन्छ ।
एक अनुगमनमा पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त भएको र पानी उत्पादन गर्ने कम्पनीहरुले मेसिनरी अपडेट नगरेको, कार्वन फिल्टर र पाइप लाइन सफा नगरेको समेत भेटिएको पाइन्छ । यो अवस्थाले गर्दा किटाणुहरु पानीमा परी रोगहरुले आक्रमण गर्न सक्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ ।
जारको पानीमा यसरी जथाभाबी गरी गर्ने कम्पनीलाई कसले तह लगाउने हो ? यस सम्बन्धमा सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी देखिन्छ

No comments:

Post a Comment