शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, April 23, 2018

विश्वका प्रसिद्ध व्यक्तिहरु शाकाहारी

- त्रिचन्द्र प्रतीक्षा
विश्वका धेरैजसो मुलुकमा धेरैजसो व्यक्तिहरु जीवजन्तु वा चराचुरुङ्गीको मासु खाने गर्दछन् । जसले गर्दा त्यहाँका बासिन्दाहरु हृदयरोग, उच्च रक्तचाप, क्यान्सर, कब्जियत, पत्थरी आदि भयड्ढर रोगहरुबाट पीडित हुन पुगेको पाइएको छ । वैज्ञानिक खोजबाट पत्ता लागे अनुरुप मांसाहारीको तुलनामा शाकाहारी बढी स्वस्थ, छरितो शरीर, शान्त प्रकृति र चिन्तनशील हुने मात्र नभएर मांसाहारीहरुको आयु छोटो हुनुको साथै आक्रमक र हिंस्रक स्वभावका पनि हुन्छन् भन्ने कुरा बाघ, भालु, कुकुर जस्ता जनावरहरुलाई सम्झे स्वतः पुष्टि हुन्छ ।
केही प्रख्यात दार्शनिकहरु जो कि शाकाहारी थिए, एरिष्टोटल, सुकरात, प्लेटो, रोउसियु पर्दछन् । यस्तै, गणितिज्ञ पाइथागोरस (ई.पू. ५७०४९५) शाकाहारी थिए र उनले शाकाहारीको अभियान नै चलाएका थिए । उन्नाइसौँ शताब्दीसम्म शाकाहारी भोजनलाई पाइथागोरियन भोजनभनिन्थ्यो ।
विश्वप्रसिद्ध व्यक्तिहरु जो शाकाहारीमध्ये विलियम शेक्सपियर, जोन मिल्टन, अलेक्जेण्डर, पोप, पी.वी. सेली, लङ्गफेलो, विलियम वर्डस्वर्थ, लियो टाल्स् टोय, एच.जी. वेल्स, भोल्टेयर, थोरो, जर्ज बर्नाड शाँ र महात्मा गान्धी जस्ता व्यक्तिहरु शाकाहारी थिए । यस्तै, सन् १९१० मा मुटुको दोस्रो शल्यक्रिया पश्चात् तत्कालीन राष्ट्रपति विल क्लिन्टन भेगान भएका थिए । एक वर्ष पछि उनले आफूलाई भेगान खानाले फाइदा पुगेको टिप्पणी गरेका थिए ।
विश्वप्रसिद्ध शाकाहारी वैज्ञानिकहरुमध्ये सर आइज्याक न्यूटन, पाईथागोरस, बेञ्जामिन फ्र्यांकलिन, चार्ल्स डार्बिन, डा. अल्वर्ट स्कवेइजर, डा. हक्सले र अल्वर्ट आइन्सटाइनको नाम अग्रपंक्तिमा आउँछ । भारतीय नोबेल पुरस्कार विजेता सी. भी. रमन पनि शाकाहारी नै थिए ।
पप संगीत क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय कलाकारहरु माइकल ज्याक्सन र म्याडोना लुईस पनि शाकाहारी नै हुन् । अनुसन्धाताहरुको भनाइ अनुसार शाकाहारीहरुले मांसाहारीको अनुपातमा रोग प्रतिरोध क्षमताको बढी विकास गरेका हुन्छन् । प्रायःजसो मांसाहारीमा कब्जियतको समस्या हुने गर्दछ । शोधकर्ताहरुको राय अनुसार मांसाहारीमा नपाइने भिटामिन र खजिन पदार्थ शाकाहारमा पाइन्छ ।
विश्वप्रसिद्ध कुस्तीवाज गामा पनि शाकाहारी नै थियो । विश्वकै प्रख्यात कुस्तीवाजहरु मास्टर चन्दजीराम र  गुरु हनुमान पनि शाकाहारी नै थिए । ओलम्पिक खेलमा विश्व रेकर्ड कायम गर्ने स्टान प्राइस र दौडमा २० वटा विश्व रेकर्ड कायम गर्ने पेभो नूर्मि पनि दुवै शाकाहारी थिए । अन्तर्राष्ट्रिय शारीरिक सुगठन च्याम्पियन एन्ड्रयु चिलिङ्ग पनि शाकाहारी नै थिए । कराँतेको क्षेत्रमा पनि आठौं अन्तर्राष्ट्रिय कराँते च्याप्पियनशीप विजेता एवले पनि शाकाहारी नै थिए । टेष्ट क्रिकेट खेलाडीहरु विजय मर्चेण्ट र विनोद मण्कड दुवै नै शाकाहारी थिए ।
भारतमा पनि केही प्रख्यात व्यक्तिहरुको नाम शाकाहारसँग जोडिएको छ । श्रीकृष्ण, महावीर, कविर, तुलसीदास, सुरदास, मीरा, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द र रामन महर्षि सबैको चयन शाकाहार नै थियो । प्रख्यात राजनीतिज्ञहरु महात्मा गान्धी, डा. एन्नी वेसेण्ट, डा. राजेन्द्रप्रसाद, डा. राधाकृष्णन्, सरदान बल्लभ भाइ पटेल, लालबहादुर शास्त्री, राजाजी तथा लाला राजपुत राय सबै शाकाहारी नै थिए ।
यो लेख पनि पढ्नुहोस्  कलाकारहरुको शाकाहारी अनुभव

No comments:

Post a Comment