शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, May 14, 2018

मास्टर्स पढ्ने दिदीबहिनी सेलरोटी बेच्दै (भिडियो अन्तर्वार्ता सहित)

पछिल्लो पुस्ताले कामलाई सानो र ठूलो भनेर मूल्यांकन गर्ने गर्दा, देशमा बेरोजगारी बढेको छ, युवा उत्पादनमुलक काममा कम सक्रिय छन् । युवाहरु आफ्नो आमा-बुवाको काममा सघाउनु, घरभित्रको काम गर्नुलाई पनि आफ्नो योग्यताको अवमूल्यन भएको मान्छन् ।

अनिशा खाजा घरका दिदीबहिनी भने आफ्ना आमाबाबुको काममा समय भएसम्म सघाउँछन् । अनामनगर स्थित उक्त खाजा घरमा उत्कृष्ट सेलरोटी पाइने चर्चा हुने गर्छ, तर त्यहाँ काम गर्ने अतिरिक्त स्टाफ भने कोही पनि छैन।

मास्टर्सकी विद्यार्थी जेठी छोरी र बीबीए पढ्दै गरेकी माइली छोरीले खाजा घरको सरसफाई, सेलरोटी बेच्ने, भाँडा माझ्ने सबै काम गर्छन्।

स्याङ्जाका अमृतले श्रीमतीसँगको सल्लाहमा आफूसँग भएका सिमित भाँडा र ऋणधन गरेर अनामनगरमा सेलरोटी बेच्ने खाजा घर खोले। खाजा घर संचालन गरेको केहि वर्षमा उनको आर्थिक अवस्था अनपेक्षित रुपमा सुधारिएको छ।

यस परिवारको संघर्ष र सफलताको कथाको लागि हेर्नुहोस् यो भिडियो :

No comments:

Post a Comment