शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, April 9, 2018

जापानको विशाल पहरामा बुद्ध मूर्ति कुँद्दै नेपाली कलाकार


जापानको  विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछन् । एउटा विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु खटिरहेका हुन् ।

मोरङ्का मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्ति निर्माणमा सक्रिय छन । मूर्तिकार त्रयः काभ्रेका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेश राई बान्तवा मितेरीसँगै काम गर्छन्।
आधुनिक ‘अरनिको’हरु भएकैले जसले विदेशमा गएर ललितकलामा देशको ख्याती कमाउँदैछन् । कामिआमाकुसा सहरबाट १५ किलोमिटरको सवारी यात्रामा रहेको एक चट्टानी पहरामा मूर्ति निर्माणमा नेपाली मूर्तिकारहरु दैनिक आठ  घण्टा खट्छन् ।
जापानी व्यापारी ओसिमा सिजुकीको ३० वर्ष अगाडिको परिकल्पना हो पहरामा विशाल बुद्ध मूर्ति निर्माण गर्ने ।
जुन, परिकल्पना साकार पार्ने अवसर पाएका मितेरीलाई भने जापानको इन्टरनेसनल कन्ट्रिब्युसन कलेज पढ्ने चितवनका दिलिप लामिछानेले जोडेका हुन् ।

No comments:

Post a Comment