शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, September 15, 2017

सार्वजनिकस्थलमा हत्या, हिंसा र बलि प्रथा रोक्न माग


काठमाडौँ, ३० भदौ । सार्वजनिकस्थलमा जनावरमाथि हुने हत्या, हिंसा एवं बलि प्रथा रोक्न माग गर्दै राजधानीमा सचेतनामूलक र्याली प्रदर्शन गरिएको छ ।
धार्मिक सङ्घसंस्था र जनावरको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा आज भद्रकाली मन्दिरबाट शुरु भएको सचेतनामूलक अभियान शहीदगेट, न्यूरोड, वीर अस्पताल हुँदै शान्तिवाटिकामा पुगेर जनचेतनामूलक सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले धर्मका नाममा शास्त्रमा नभएको अबोध जनावरलाई बलि दिने प्रथा अन्त्य गर्न माग गर्नुभयो ।
विसं २०७२ जेठ १८ गते दक्षिणकाली मन्दिरबाट बलि प्रथा एवं हत्या हिंसाविरुद्ध अभियान शुरु भएको नेपाल अहिंसाप्रेमी शाकाहारी समाजका उपाध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिनुभयो । रासस 

No comments:

Post a Comment