शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, April 17, 2017

अमेरिकाले आक्रमण गरे प्योङयाङको तयारी


अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गरे प्योङयाङले वासिंगटनविरुद्ध षड्यन्त्र गर्ने भएको छ । अमेरिकाले क्षेप्यास्त्र हमला गरेमा उत्तर कोरियाले अमेरिका र अन्य पश्चिमी मुलुकका नागरिकलाई दक्षिण कोरियाबाट अपहरण गरी बन्धक बनाउने भएको छ ।
नर्भ एजेन्ट बोकेका सेना दक्षिण पठाउने
प्योङयाङले घातक नर्भ एजेन्ट बोकेका उत्तर कोरियाली सेना दक्षिण कोरियाको सीमामा परिचालन गर्ने योजनामा छ । सेनाले अमेरिका र उसका सहयोगी मुलुकका कुटनीतिज्ञ, पर्यटक, र विदेशी व्यापारीहरूलाई अपहरणको तयारी गरेको उत्तर कोरियाबाट भागेर दक्षिणमा शरण लिएका एक पूर्वसैनिकको भनाइ उद्धृत गर्दै बेलायतको दैनिक पत्रिका डेलि मेलले जनाएको छ ।
आइएसको शैलीमा तालिम
अपहरणका लागि उत्तर कोरियाले अहिले आफ्नो विशेष फौजलाई तालिम दिइरहेको छ । प्रतिआतंकवाद इकाइमा काम गर्दागर्दै उत्तर कोरियाली सरकारको विद्रोह गरेर हालै दक्षिण कोरिया पुगेका उङ गील लिका अनुसार अतिवादी समूह स्लामिक स्टेट (आइएस) शैलीको हमला गर्न उत्तर कोरियाली सेनालाई अहिले विशेष तालिम दिइएको छ । 
‘किम जोङ उनले बदला लिन्छन्’
अमेरिकाले हमला गरेमा उत्तर कोरियाली नेता किम जोङ उनले सिरियाली राष्ट्रपति बसार अल असदले भन्दा बेग्लै ढंगले अमेरिकाविरुद्ध कदम चाल्नेछन् । ‘नेता उनले अमेरिकाविरुद्ध ठूलो बदला लिनेछन् । ट्रम्पले उत्तर कोरियालाई पूर्णरूपमा परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास नभए उत्तरलाई नछुँदा नै राम्रो हुन्छ,’ उनले भने ।
को हुन ली ?
ली १७ वर्षको उमेरमा उत्तर कोरियाको प्रतिआतंकवादसम्बन्धी विशेष फौजमा भर्ती भएका थिए । एक वर्षसम्मको ‘ब्रेन वास’ शिक्षापछि उनले पाँच वर्षसम्म सञ्चार अधिकृतका रूपमा काम गरेका थिए । विश्वकै सबैभन्दा ठूलो विशेष फौज भएको दक्षिण कोरियामा महिला तथा पुरुष गरी दुई लाख सेना छन् ।
बारम्बार विदेशी अपहरण
उत्तर कोरियाको इतिहास पल्टाउने हो भने उसले लामो समयदेखि विदेशी नागरिकलाई अपहरण गर्दै आएको छ । उत्तर कोरियाले सन् १९७० मा दक्षिण कोरियाली अभिनेता चोई इयुन ही र निर्देशक सिन साङ ओकेलाई अपहरण गरेको थियो । सात वर्षपछि उनीहरू भागेर स्वदेश पुगेका थिए ।

अमेरिकाले माग्यो चीनको सहयोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका आणविक गतिविधि नियन्त्रण गर्न चीनको सहयोग मागिरहेको छ । उत्तरले आफ्ना उत्तेजक गतिविधि नरोके क्षेप्यास्त्र हमला गर्ने चेतावनीसमेत ट्रम्पले दिएका छन् । अमेरिकाले डेढ सातादेखि कोरियाली प्रायद्वीपमा एयरक्राफ्ट करिअर र रकेट बोकेको युद्धपोत परिचालन गरेको छ । अमेरिकाले आक्रमण प्रयास गरेमा परमाणु हमला गर्ने प्योङयाङले चेतावनी दिँदै आएको छ ।
ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण विफल
उत्तर कोरियाले आइतबार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र विफल भएको छ । उत्तर कोरियाले स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजे पूर्वीसहर सिन्पोबाट सो क्षेप्यास्त्र परीक्षण गरेको थियो । क्षेप्यास्त्र परीक्षणबाट कोरियाली प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । क्षेप्यास्त्र झन्डै एक हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने क्षमता रहेको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरियाले बारम्बार यस्ता क्षेस्यास्त्र परीक्षण गर्दै आइरहेको छ । संस्थापक नेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसरमा प्योङयाङमा आइतबार भएको बृहत् सैन्य शक्ति प्रदर्शनपछि सो क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
दक्षिण कोरियाले प्योङयाङको क्षेप्यास्त्र परिक्षणको विरोध गरेको छ । दक्षिणी कोरियाली विदेशी मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उत्तर कोरिया पुनः संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को नियमको उल्लंघन गरेको जनाएको छ ।
अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा
अमेरिकी उपराष्ट्रपति माइक पेन्स आइतबार दक्षिण कोरियाको राजधानी सिउल पुगेका छन् । पेन्सले दक्षिण कोरियाको राष्ट्रपतिको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ह्वाङ क्योहनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले अन्य शक्तिशाली नेतासँग भेटवार्ता गर्नेछन् । उपराष्ट्रपति पेन्सले दक्षिण कोरियाली उच्च नेतासँग उत्तर कोरियाको क्षेप्यास्त्र तथा परमाणु कार्यक्रमबारे छलफल गर्दै छन् ।
साभारः नयाँपत्रिका दैनिक

No comments:

Post a Comment