शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, September 14, 2017

नेपालमा अप्राकृतिक रुपमा रुद्राक्ष बनाउँदै चिनियाँ

अप्राकृतिक रुपले विभिन्न आकार प्रकारकाे रुद्राक्ष उत्पादन गर्ने प्रयास
भोजपुरको उत्तरी क्षेत्र तथा सङखुवासभाको विभिन्न नगरपालिका तथा गाउँपालिकामा हुने रुद्राक्षलाई चिनियाँ व्यापारीले अप्राकृतिक बनाएर बजारमा पुर्‍याउने गरेका छन् ।
गोला, अण्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिने गरेको पाइएकोले स्थानीय प्रशासनले रोक लगाएको छ ।
संखुवासभा र भोजपुर क्षेत्रमा किसानसँग बगान नै खरिद गरी रुद्राक्षको आकार अप्राकृतिक परिवर्तन गर्न थालेपछि किसान र स्थानीय व्यवसायीले स्थानीय प्रशासनसमक्ष उजुरी दिएका थिए ।
उजुरीपछि संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले कानुनी आधारभन्दा पनि कुनै वस्तुलाई परिमार्जन गर्न नहुने भएकाले तत्काल रोक लगाउने बताए ।
जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्यले भने चिनियाँलाई सचेत गराउने र बनाएकालाई छुट दिएर आगामी वर्षदेखि अप्राकृतिक बनाउन पूर्ण रोक लगाउने बताए ।
अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली रुद्राक्षको गुणस्तर र छवि बिग्रने रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेश चापागाईंले बताए ।
गाउँ–गाउँमा प्रवेश गर्दा स्थानीय सरकारसँग अनुमति लिन भोजपुरका षडानन्द नगरपालिका, खाँदबारी नगरपालिकाका मेयरले सूचना जारी गरेका छन् ।
गत वर्ष पनि दानाको बीचमा बाँधेर डमरु आकारको अप्राकृतिक रुद्राक्ष बनाएकाले भारत र चीनकै बजारमा बिक्री नभएको व्यापारीको भनाइ छ । गत वर्षसम्म भोजपुर र संखुवासभामा मात्र ३० करोड रुपैयाँभन्दा बढीको रुद्राक्ष खरिदबिक्री भएको महासंघको तथ्यांक छ ।
प्रतिकूल मौसम र जलवायु परिवर्तनको असरले यस वर्ष रुद्राक्ष उत्पादनमा कमी आएको छ । छिमले हुँदा दाना उत्पादन डेढ महिना ढिलाइ भएको छ ।
बालगुरु षडानन्दले भोजपुरको दिङलामा रुद्राक्ष रोपेपछि पूर्वमै खेती विस्तार भएको छ । धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथरमा समेत केही मात्रामा रुद्राक्ष उत्पादन हुँदै आएको छ । हिन्दु परम्परा अनुसार भारतमा धार्मिक आस्थाको वस्तुका रूपमा रुद्राक्ष खरिद–बिक्री हुने गरेको छ ।

No comments:

Post a Comment