शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, October 29, 2016

नेपाल संवत् (छोटो जानकारी)


नेपाल संवत् नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात चन्द्रमासमा आधारित साल हो। विशेषत: नेवार समुदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् हो । नेपाल संवतका प्रवर्तक शंखधर साख्वा हुन्। उनले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत् थालिएको हो । ११३३ वर्ष पहिले भक्तपुरका राजा राघव देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाइएको थियो । नेपालमा औपचारिक रूपले यो संवत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। यो संवतको पहिलो दिनविक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ । यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ । १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ ।

इतिहास

पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।
अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाझी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ ।

हालको प्रयोग

आधिकारिक रूपमा प्रयोग नभएतापनि यो सम्बत जनमासमा प्रचलित छ। नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसम्बतको आधारमा मनाउने हुनाले यसको प्रचलन व्याप्त छ। नेवार समुदायले यो सम्बत धेरै प्रयोग गर्दछन्।

महिनाहरू

  • कछला:–नेपाल सम्वतको पहिलो महिनालाई करुणामयलापनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सुर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
  • थिंला:– सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
  • पोँहेला:– पोँ असिना र हिउ पर्ने जाडो महिना भनिन्छ ।
  • सिल्ला:– पहिला पहिला बिफरले मानिसहरुलाई सताउथ्यो, त्यसैले सितला माईको पूजा गर्दथ्यो, जसबाट सिल्ला हुन गयो । यो महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
  • चिल्ला:– चिरस्वायगुला, फागु पूर्णिमा, बसन्त ऋतृको आगमन हुने महिना भनिन्छ ।
  • च्वला:–
  • बँछला:– बिक्रम सम्वतको पहिलो महिना मानिन्छ ।
  • तँछला:– तथागतछला भन्न सकिन्छ तथागत भनेको बुद्ध हो । बुद्ध सम्वतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
  • देल्ला:– आजकाल दिल्ला भनिन्छ । यो देश भरी रोपाई गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
  • गुँला:– गुँला भनेको सुनसान ठाउँ जहाँ पुर्खाहरु बसोबास गर्दछन भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपुर्णिमा जूतो घर पबित्र गर्नेको रुपमा लिईन्छ ।
  • ञला:– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा ईन्द्रजात्रा गर्दछ ।
  • कौला:– कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।

No comments:

Post a Comment