शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, October 29, 2016

मैथुन र सम्भोगबीच के फरक ?

मैथुन र सम्भोगबीच तात्विक भिन्नता छ । पर्यायवाची जस्तो लागे पनि वंशज निरन्तरताका क्रममा सहअस्तित्वमा आएका दम्पतीले एक–अर्काको गुण–अवगुणको समन्वय गरी आफ्नो पारिवारिक जीवन रसमय तरिकाले व्यतीत गर्ने तौरतरिका वा माध्यम हो– सहवास । सफल सम्भोगका लागि यौनेच्छा तथा यौन क्रियाकलापका बारेमा खुलेर एक–अर्कासँग कुरा गर्ने वातावरण हुनुपर्छ ।
डा. सुमनराज ताम्राकार

सम्भोग हेराइबाट सुरुवात भै यौनजन्य वार्तालाप, संवेदनशील स्पर्श हुँदै अन्त्यमा सहवासमा विसर्जन हुन्छ । सम्भोगमा सही अर्थमा यौन सुख प्राप्त हुन्छ । यस दौरान चुम्बन, वैकल्पिक यौन कार्य (मुख मैथुन, गुद्ददार मैथुन) भए पनि सम्भोगबाट दुवै जनालाई असीम यौन आनन्द प्राप्त हुन्छ । जबकि हतारमा अर्थात् एक जनाले हृदयदेखि नचाहेको अवस्थामा वा दुवै जना मानसिक रूपले तयार नभएको अवस्थामा स्थापित यौन कार्य केवल भौतिक सुख, केवल एक जना मात्र तृप्त हुने कार्य हो– मैथुन । 

योनि लिंग मिलन अन्तिम गन्तव्य भए पनि सम्भोग अघि यौनालापका दौरान आपसी छेडखानी, चिमोट्ने कार्य तथा आसन परिवर्तनले सम्भोगलाई बढावा दिन्छ । मैथुनमा प्रेम र आकर्षण नहुन सक्छ, आवश्यकता नहुन पनि सक्छ । मैथुन एकपक्षीय कार्य हो । मैथुनमा स्खलन अन्तिम विन्दु हुन्छ ।

वंशज निरन्तरताका लागि मैथुन मात्र पर्याप्त भए पनि प्रेम जीवन प्रगाढ बनाउन सम्भोगको निकै ठूलो भूमिका हुन्छ । सम्भोगमा अर्को पक्षको सन्तुष्टिलाई पनि उत्तिकै महत्त्व दिइन्छ साथमा गोपनियता, गोप्य एवं सुरक्षित वातावरण हल्का मद्यपान वा अँध्यारो वातावरणको ख्याल राखिन्छ । मैथुनमा पुरुष पार्टनरको सक्रियता बढी हुन्छ । वीर्य स्खलनसँगै पुरुष पार्टनरमा शिथिलता आउँछ भने महिला पार्टनरको सन्तुष्टि मौन हुन्छ । पूर्वीय समाजमा महिलाहरू विवाहित नै भए पनि श्रीमान्ले उत्ताउली, छिल्लिएकी भन्लान् भनेर आफ्नो यौन इच्छा, आकांक्षा एवं सन्तुष्टि दबाएर राख्छन् ।

सम्भोगमा महिलाको इच्छाको पनि उचित कदर गरिने हुनाले सफल सम्भोगपछि महिला पार्टनर भविष्यमा पनि यौनसम्बन्ध राख्न उत्साहित हुन्छन् । व्यवसायिक यौनकर्मीसँग विविध कारणले मैथुन गरिन्छ भने वैवाहिक स्थितिमा भने सम्भोगमा 

जोड दिइन्छ । यौनसम्पर्कका बेला उत्तेजना आउने, स्खलित हुने र चरम सन्तुष्टि प्राप्त गर्ने कार्यमा महिला र पुरुषबीच भिन्नता हुन सक्छ । अत: दुवैको समझदारीमा सम्भोग गर्नुको मज्जा बेग्लै हुन्छ ।


महिनावारीको मध्यतिर अर्थात् डिम्ब निष्कासन हुने समयताका महिलामा यौनसम्पर्कको अधिक इच्छा हुन्छ । यो तथ्य बुझेर सम्पर्क गरेको खण्डमा महिलाले चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् । सम्भोगमा पुरुष महिलाले बराबर भोग र आनन्द प्राप्त गर्छन् । यसका लागि महिलालाई कुन आसन वा के गर्दा बढी सन्तुष्टि प्राप्त हुन्छ सोध्नुपर्छ ।

प्राय: महिलाले यौनसम्पर्क लगत्तै पुरुषबाट आत्मीयता खोजे पनि पुरुष पार्टनरचाहिँ अर्कातिर फर्केर सुत्छन् तथा महिलाले चरम सन्तुष्टि प्राप्त गरे–नगरेको सोध्दैनन् । सम्भोगमा यस्तो मान्यता स्वीकार्य हुँदैन ।

पुरुष र महिला दुवै शारीरिक एवं भावनात्मक रूपमा एकाकार भए पनि मैथुन शब्दले शारीरिक पक्ष र सम्भोगले संवेगात्मक पक्षलाई महत्व दिएको छ । मैथुन शारीरिक क्रियामात्र हो । यो सन्तान उत्पादनका लागि पर्याप्त भए पनि सम्भोगमा दुवै जनाले चरम सुख प्राप्त गर्न दुवै जनाले मानसिक रूपमै सहभागिता जनाउनुपर्छ ।

शारीरिक सम्पर्कभन्दा सम्भोगले मानसिक तथा भावनात्मक सन्तुष्टि दिलाउन, तौल घटाउन, तनाव कम गर्न, मुटुको चाल एवं रक्तचाप नियन्त्रणमा राख्न तथा राम्रोसँग निद्रा पार्न मद्दत गर्छ । थकान, तनाव तथा अनिद्राले यौनको चाहनामा कमी ल्याउन सक्छ । महिला पार्टरनको स–साना कुरामा समेत पनि ध्यान दिई यौनसम्बन्ध राखे पूर्ण यौन सन्तुष्टि प्राप्त हुन्छ । 

साभार: साप्ताहिक

No comments:

Post a Comment