शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, October 29, 2016

नेपाल संवत र संखधर साख्वा


नेपालमा चलाएको दुई वटा मात्र संवत् छ । त्यो हो मानेदव संवत् र नेपाल संवत् । मानदेव संवत ३०४ साल सम्म ब्यवहारमा प्रयोग भएको देखिन्छ । पछि गएर प्रचलनमा आएन र मानदेव संवत्को स्थान नेपाल संवत्ले लियो । विक्रम संवत् ९३६ शक संवत् ८०२ सालको कछलाथ्व पारु इस्वी संवत् ८९७ अक्टोबर २० तारिकका दिन सुरु भएको संवत् हो नेपाल संवत ।

नेपाल संवत् कान्तिपुरका एकजना साधारण नागरिक संखधर साख्वालले चलाएको संवत् भनि आएको देखिन्छ । संखधर साख्वाःको मूर्ति पशुपतिनाथ लागा भित्र छ । पशुपतिथान देवलको दक्षिणतिर रहेको पीगको अगाडी यज्ञ शाला अगाडी पशुपतिनाथ मन्दिर तिर फर्काइ स्थापना गरेका एघार मध्ये सवैभन्दा पहिलो संखधर साख्वाः हो । एघार जना मध्ये पित्तलका र बाँकि सातजना ढुंगावाट वनाइएको छ । सवैभन्दा अगाडी दाँया तिर ढुंगाको मूर्ति संखधर साख्वाः कपाल बा“टेको हातमा शंख समातेको अवस्थामा स्थापना गरेको छ । संखधरको संगै दुइजनाको मूर्ति वनाइएको छ । त्यो मूतिले पशुपतिनाथलाई नमस्कार गरेको अवस्थामा छ । उनीहरु मल्ल बंशका भनिन्छ । पशुपतिनाथको दक्षिण पश्चिम लागामा यज्ञशाला बनाईएको छ । जसमध्ये दक्षिणतिर रहेको यज्ञशाला अर्थात यज्ञहोम अगाडी स्थापना गरको एघार मूति मध्ये चारजना ढुंगाको छ । उक्त मूर्तिमा दाह्रि देखिन्छ । बसेर माला जपिरहेको अवस्थाका मूर्ति कसको हो अहिले सम्म पत्ता लागेको छैन । त्यसको दाँया बाँया चारजना श्रीमतीको बिचमा टोपी लगाइ नमस्कार गरेको अवस्थाको मूर्ति पनि छ । यी चार जना महिला र बिचमा टोपी लगाइ बसेको मूर्ति पनि ढुंगाले बनाएको छ । उक्त मूर्ति किराँतेश्वर महादेवको हो भन्ने गरिन्छ । किराँतेश्वर महादेव र उनका श्रीमतीको मूर्ति संगै देबे्रपति पित्तलका दुईवटा मूति स्थापना गरेको छ । बसेर पशुपतिनाथलाई नमस्कार गरिरहेको अवस्थाको मूर्ति पाटनका प्रख्यात मल्ल राजा र उनकी श्रीमती हो भनिएको छ । पशुपति मन्दिरको दाँया यज्ञ मण्डप अगाडी बसेर पशुपतिनाथलाई हेरिरहेको मूर्ति मध्ये सवैभन्दा अगाडीका संखधर साख्वाःको मूर्ति सवैभन्दा महत्वपूर्ण छ ।

संखधर साख्वाःको मूर्ति करिव २ फिट छ । साख्वाः बसेको स्थितिलाई दर्वाजासन्मुख स्थिति भनिन्छ । बसेर दुवै हातले शंखसमाई रहेको अवस्थामा छ । कानमा रिङ लगाइराखेको छ संखधर साख्वालले ।
उपत्यकाका सम्पूर्ण जनताको ऋण तिरेर कान्तिपुरका एकजना साधारण नागरिकले नेपाल संवत् चलाएको समय भनेको राजा राधवदेवको समय हो भनी वंशावलीमा देखिन्छ । नेपाल संवत् चलाइएको सम्वन्धमा इतिहासकारहरु बिच मतभिन्तता पाइएपनि गोपालराज वंशावलीमा उल्लेख भएको “श्री राधवदेव वर्षे ६३ मास ४ । श्री पशुपति भट्टाकरे संवत्सर प्रवृतिकृता” भनी उल्लेख भएको वाक्यले पनि राधवदेवको पालामा नै नेपाल संवत् चलेको बुझ्न सकिन्छ ।
नेपाल संवत् चलाएका संखधर साख्वाःको मूर्ति पशुपति मन्दिरको यज्ञ शाला अगाडी राखेको हो भन्ने एकिनका साथ भन्न सक्ने अवस्था छैन । किनभने अहिले सम्म उक्त मूर्ति संखधर साख्वाःको नै हो भनी उल्लेख भएको ताम्रपत्र, शिलापत्र कुनै पनि भेटिएको छैन ।

जस्तो भएपनि संसारमा जति पनि संवत् छ त्यो सवैजसो जातिका नाममा, धर्मका नाममा वा ब्यक्तिको नाममा चलाएको देखिन्छ । तर नेपाल संवत् एउटा मात्र देशको नाममा चलाएको देखिन्छ । त्यसैले नेपाल संवत् एउटा मात्र नेपालीहरुको अझ भनौ नेपालको परिचयात्मक संवत् हो । पहिले पहिले विभिन्न देशसंग गरिने सन्धी सम्झौतामा समते उल्लेख भएको कारण नेपाल संवत् एक समय अन्तराष्ट्रिय मान्यता प्राप्त संवत्का रुपमा लिएको कुरा इतिहासका पानामा उल्लेख भएको छ ।

संखधर साख्वाःको बारे अध्ययन गर्न सहयोगी भएको भक्तपुरको शंख्वा सम्वत ८२७ को अभिलेख भक्तपुर नगरपालिकाको वडा नं ३ दतात्रेय देवलको दक्षिण पुजारी मठको म्हय्खा झ्याः भएको स्थानवाट तलतिर जेलाटोलको गणेश नारायण मन्दिरको अगाडी बिष्णु देवलको १० फुट पश्चिमतिर दक्षिणतर फर्काइएको एउटा पाटीको भित्ताको बिचमा यो शिलालेख राखिएको छ । यो अभिलेख भएको भागको नाप १६ वाइ १६ सेन्टिमिटर छ । अक्षर तेह्रलाइनको छ । अभिलेखको तलमाथि पद्मदल र दाँयाबाँया गोलोगोलो बुुट्टा लहरै कुँदिएको छ । माथि ११ सेमि अर्धाकारको बिचमा खड्ग त्यसको माथि लामो माला राखिएको छ । दाँयाबाँया सप्तदल कमलको फूल कुँदिएको छ । यसमा नेपाल संवत्लाई “शंख्वा सम्वत्” भनिएको छ र मिति ८२७ बछलागा दशमी वशुबाः लेखिएको छ । प्रचलित नेपाल लिपिबाट लेखिएको यस अभिलेखमा मंगल सूचक चिन्ह र मंगलवाची शब्द स्वस्ति पछि छोट्करीमा संकल्प शब्द लेखिएको छ ।

नेपाल संवत्लाइ विभिन्न समयमा विभिन्न नामले चलएको पाइन्छ । यसै क्रममा शंख्वा संवत् पनि एक हो । ११२९ बर्ष पहिले यो संवत् चलेपछि सवैभन्दा पहिले राष्ट्रिय अभिलेखालयको लङ्कावतार कितावमा यो “संवत २८ कार्तिककृष्ण दिवाष्टभ्याम्” भनि लेखिएको छ । यसको नाम सवैभन्दा पहिले ने.सं.१४८ स “नेपालवत्सर” भनि लेखिएको देखियो । यो कलकत्ताको एस.के.सरस्वतीसंग भएको अष्टसा हस्रिक प्रज्ञापारमिता किताबमा लेखिएको छ । “राजा बसुमनुप्रथिति श्रीमन्मेपाल बत्सरे प्रगते माघ शुक्ल दबम्मां राजश्रीरुद्रदेवस्य” । (पेटेक १९८४) यसरी नेपाल संवत् नाम अलि अलि फरक तरिकाले प्रयोग भयो ।
जुन बेला तत्कालिन राजा बिरेन्द्र शाहका पालामा नेपाल संवत् ११२० कछलाथ्व १० बिहीवार बिक्रम संवत २०५६ मंसीर २ गते नेपाल संवत्का प्रंणेता शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय भएपछि शंखधर साख्वाः बारे राष्ट्रिय रुपमां चर्चा भयो । यहि क्रममा वंशावलीमा मात्र देखिएको शंखधर साख्वाःको नाम नेपाल संवत ८२७ को अभिलेख झक्तपुरको जेलाटोलको पाटीमा भेटियो । यहि एक मात्र अभिलेख शंखधर साख्वाःको अनुसन्धान गर्ने श्रोत भएको छ ।

शंखधर साख्वाःको नाम समय समयमा फरक भएको पाइन्छ । जस्तै ने.सं. ८२७ को भक्तपुरको जेलाटोलको पाटीको अभिलेखले शंख्वाः लेखिएको छ भने ने.सं. ९४५ को पद्मगिरीले लेखेको भाषा बंशावलीमा साफा लेखिएको छ । त्यस्तै ने.सं. ८६३ स अष्पाणिको पुस्तकमा साख्वाः धयाम्हन हिल उल्लेख भएको छ भने ने.सं.८८८ स पृथ्वीनारायण शाह काठमाडौं आइसकेपछि भाषा बंशावलीमा साख्वाः त्यस्तै ने.सं. ९६७ सम्मको वयान भएको डेनियल राइटले निकालिएको बंशावलीमा साख्वाल अनि त्यसपछिको वंशावली शंख नामक साख्वाल नामं उल्लेख गरिएको छ । त्यस्तै राष्ट्रिय अभिलेखालयमा भएको वि.सं.१९५१ को “नेपालदेशीय पञ्चाङ्गम्” स यस्तो उल्लेख भएको छ – श्रीशङ्खधरकृत नेपाली संवत १०१४ । यो सवै उदाहरण हेर्दा शंखधरको नाम शंख्वा (वास्तवय् शंख) शव्दवाट दुइटा भएको देखिन्छ । जस्तै शंख्वाः
शंख साख्वाः
शंखधर साख्वाल
शंखधर साख्वाः
यसरी शंक मूल नामवाट पहिले शंख्वाबाट प्रचलित नाम भयो । त्यसपछि त्यो शब्द समय अनुसार साख्वाः साख्वाल भई शुद्धिकरण गरि शंख शंखधर नामले पनि अर्कै भयो । फेरी दुवै नाम मिलेर शंखधर साख्वाः नामं भयो ।

No comments:

Post a Comment