शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, October 9, 2015

यस्तो छ नेपालमा ‘रअ’ को नयाँ रणनीति


काठमाडौँ, २२ असोज ।
नाकाबन्दीबाट पनि नेपालीलाई गलाउन नसकेपछि भारतीय गुप्तचर निकाय ‘रअ’ले नेपालमा नयाँ रणनीति सुरु गरेको छ । सामाजिक सद्भाव बिगारेर नेपालीबीच नै भिडन्त गराई आफ्नो स्वार्थ पुरा गर्ने योजनामा लागेको छ ।
त्यही योजना अनुसार उसले नेपालका आफ्ना एजेन्टहरुलाई प्रयोग गर्न थालेको छ । जसअनुसार रुपन्देहीमा बुधबार पहाडी मुलुका युवकमाथि बर्बर आक्रमण भयो भने बुधबार नै काठमाडौमा दुतावासले जनजाती नेताहरुलाई बोलाएर गोप्य छलफल गरेको छ ।
तराईमा नियोजित रुपमा पहाडी र मधेसीबीचको सद्भाव बिगार्न भारतले भूमिका खेलिरहेको सूचना राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयलाई दिएको छ । ‘यस्तो स्थिती आएमा अवस्था सुरक्षा निकायको नियन्त्रण बाहिर जान्छ र सयौंको हताहती हुन्छ सक्छ,’ अनुसन्धान विभागको रिपोर्टमा भनिएको छ । त्यसका लागि आफ्ना तलबी एजेन्टहरुलाई उसले प्रयोग गर्दै आएको छ ।
तराईमा मात्र भारतको ५ हजार एजेन्टहरु रहेको बताइन्छ । नेता, समाजसेवी, व्यवसायी तथा पत्रकारको आवरणमा त्यस्ता एजेन्टहरु सक्रिय छन् । काठमाडौंमा पनि धेरै एजेन्टहरुलाई त्यहीअनुसार भारतीय दुतावासले परिचालान गर्न थालेको छ ।
बुधबार जनजाती नेताहरुलाई दुतावासमा ढाकेर उसले जनजातीको आन्दोलन चर्काउन निर्देशन दिएको छ । त्यसका लागि आफुले जति पनि आर्थिक सहयोग गर्न तयार रहेको दुतावासका अधिकारीले बताएका थिए । जनजाती नेताहरु पासाङ शेर्पा, नेपाल बौद्ध महासंघका छेम्पे शेर्पा, लिम्बुवान पार्टीका खगेन्द्र मगर, महेन्द्र मगर तथा उग्र जनजाती नेता आङकाजी शेर्पा दुतावास छिरेका थिए ।
आङकाजी त लामो समयदेखि नै नेपालमा जातीय भिडन्त मच्चाउन सक्रिय भूमिका खेल्दै आएका छन् । आङकाजी जस्तो नेतालाई प्रयोग गरी भारतीय दुतावासले जनजातीको आन्दोलन चर्काउन खोजेको हो । तर बिदेशको एजेन्ट भएर देशमा भिडन्त मच्चाउन को को लाग्ने छन्, तिनीहरुलाई अब जनताले भने राम्रोसँग चिन्ने छन् । कांग्रेसका केही नेताहरुले त आफुहरु भारतको एजेन्ट भएको भन्दै गर्वसाथ मन्त्रीपरिषद्कै बैठकमा बताउन थालिसकेका छन् । 

No comments:

Post a Comment