शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, July 23, 2015

अद्भूत बालक आदित्य दाहाल स्वास्थ्य उपचारका लागि बिहीबार अमेरिका उडे (भिडियो सहित)



काठमाडौं, ७ साउन । ‘नेपाली गुगल बोइ’को उपमा पाएका अद्भूत बालक आदित्य दाहाल स्वास्थ्य उपचारका लागि बिहीबार अमेरिका उडेका छन् । उनकै आग्रह र सरकारको खर्चमा आदित्यलाई अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचारका लागि लगिएको हो ।

परिवारसँगै अमेरिका उड्नु अघि आदित्यले एक महिनाभित्रै नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका छन् । यद्यपी आफूलाई ठिक हुने वा नहुनेबारे भने उनले केही बताएनन् ।

निकट पारिवारिक श्रोतका अनुसार उनले अमेरिका उड्नु अघि लेखेर ‘एक महिनापछि आफू फर्किँदा नेपालमा आमूल परिवर्तन र अनिष्ट भइसक्ने’ भविष्यवाणी गरेका छन् । यद्यपी त्यो अनिष्ट कस्तो हो भन्ने उनले केही प्रष्ट्याएनन् ।

पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनले लेखेर आफ्नो कुरा बताउँदै आएका छन् । विद्यालयको अनुहारसमेत नदेखेका आदित्य नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान र जापानीज भाषामा दख्खल राख्छन् ।

अमेरिका उड्नुअघि त्रिभुवन विमानस्थलमा आदित्य रुँदै थिए । अाफैंले अमेरिकामा उपचार गर्न भनेको आदित्यले अमेरिका जाँदै गर्दा निकै रोए, कहिं नेपालमा अनिष्ट हुने कुराले त हैन?

-डिसिनेपालबाट साभार

गुगल ब्वाईको बारेमा अन्य रिपोर्ट हेर्नका लागि यस लिंकमा जानुहोस् ।

भिडियो हेर्नुहोस् ।

No comments:

Post a Comment