शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, June 27, 2015

फेसबुकमा प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाउनेले बुझ्नुपर्ने कुरा

 कुरा नबुझि देखासिकी नगरौं ।
अहिले फेसबुकमा प्रोफाइल पिक्चर रङ्गिचङ्गी बनाउने धेरै देखिएका छन्। कतिले त के हो, कसो हो नबुझेर अरुको देखासिकी लिङ्क क्लिक गर्‍या भरमा प्रोफाइल पिक्चर रङ्ग्याइरहेका छन्। खासमा के हो त यो ?
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार ५-४ को बहुमतले अमेरिकाका सबै राज्यमा समलिङ्गी विवाहलाई मान्यता दिने ऐतिहासिक फैसला गर्‍यो। त्यहाँका १५ राज्यमा मात्रै यो गैरकानुनी थियो। त्यसैको खुसियालीमा अमेरिकी नागरिक मार्क जुकरबर्गले आफ्नो फेसबुक प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाए। फेसबुकमा अरुलाई पनि त्यस्तै गर्नलाई सजिलो टुल बनाए। त्यसमा क्लिक गर्ने बित्तिकै यस्तो हुन्छ। हुँदाहुँदा नेपालका पनि धेरैले यसरी प्रोफाइल पिक्चर रङ्गीचङ्गी बनाए।

फेसबुक प्रोफाइल पिक्चर यस्तो बनाउनुको अर्थ हो
– तपाईँ समलिङ्गी विवाहका समर्थक हुनुहुन्छ।
– तपाईँ अमेरिकी सर्वोच्च अदालतको फैसलाको समर्थक हुनुहुन्छ।
अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति खुसी जनाउँदै प्रोफाइल पिक्चर रङ्ग्याउने तपाईँलाई के नेपालको सर्वोच्च अदालतले गरेको फैसला थाहा छ? नेपालको सर्वोच्च अदालतले त २०६४ पुस ६ गतेको फैसलामै समलिङ्गीहरुलाई समान अधिकार दिनु पर्ने फैसला गरिसकेको छ। पढ्नुस् फैसलाको पूर्ण विवरण
अनि उमेर पुगेकाले जसरी सेक्स गरे पनि प्रश्न गर्ने अधिकार छैन, विवाह नगरी सँगै बस्न कानुन अभावले रोक्न सकिन्न, विवाह गरी वा नगरी जोसँग पनि बस्ने निर्णय व्यक्तिको हो, आफ्नो शरीरको मालिक व्यक्ति आफैँ हुने र आफ्नो शरीरको उपयोग यौनकृयाको लागि कसरी उपयोग गर्ने भन्ने कुरा पनि व्यक्तिको आफ्नो स्वायत्तताको विषय हुने हुनाले नितान्त वैयक्तिक स्वायत्तताको विषयमा समाज वा राज्यले हस्तक्षेप गरी नियमित गरिरहनु आवश्यक हुँदैन जस्ता फैसला पनि हाम्रो सर्वोच्चले गरिसकेको छ। पढ्नुस् विस्तृतमा यहाँ

माथिको फोटो देख्नुभो? यहाँ एक अमेरिकी समलिङ्गी जोडी नेपालको राजधानी काठमाडौँबाट केही पर रहेको दक्षिणकाली मन्दिरमा हिन्दु परम्पराअनुसार बिहे गरेको फोटो हो यो। चार वर्षअगाडि यस्तो विवाह हुँदा एसियाकै पहिलो सार्वजनिक समलिङ्गी विवाहसमेत भनियो।
खै त्यतिबेला कसैले केही रङ्ग्याउन आवश्यकै ठानेनन् त।
अनि समलिङ्गीहरुको पक्षमा प्रोफाइल पिक्चर रङ्ग्याएर लहर आइरहेको बेला यो पनि सोचौँ- प्राकृतिक रुपमा जन्मैदेखि समलिङ्गीहरु त उस्तै हुने नै भए, अरुको देखासिकी प्रोफाइल पिक्चर रङ्ग्याए जस्तै नै समलिङ्गी सेक्सको देखासिकी गर्ने बढे भने कस्तो अवस्था आउला ?
११ वर्षीय दुई बालकको समलिङ्गी यौन क्रियाकलापको भिडियो बनाएर फेसबुकमा हालेको यो घटना थाहा पाउनु भएको छ? हेर्नुस् न्युज२४ को यो भिडियो-
 

समाचार साभार: मेरो संसार

No comments:

Post a Comment