शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, June 12, 2015

विश्वको पहिलो शाकाहारी शहर बन्दै पालिताना

मन्दिरै-मन्दिरको शहर पालिताना
भारत- सैयौँ वर्षदेखि जैन धर्मालम्वीहरु गुजरात प्रान्तको पालिताना नामको शान्त शहरप्रति आकर्षित छन् । शत्रुन्जय पहाड श्रृंखलाको निकट रहेको यो शहरमा असंख्य पवित्र मन्दिरहरु छन् । भनाई छ कि जैन धर्मालम्वीहरुले जीवनमा कमसेकम एकपटक यो पवित्र तिर्थस्थलमा पुग्नै पर्दछ । जैन हिन्दु सम्प्रदायकै एक अर्को सहसमुदाय हो । पछिल्लो केही समयदेखी यो पवित्र ठाउँ शाकाहारको विषयलाई लिएर चर्चामा छ । जैन साधुहरुले आफ्नो पवित्र धार्मिक रहेको शहरलाई पुर्णरुपमा शाकाहारी बनाइनु पर्ने भन्दै भोक हड्ताल गरेपछि यो शहर चर्चामा आएको हो ।
पालिताना शहरलाई पुर्णरुपमा शाकाहारी घोषणा नगरिए आफुहरुले ज्यान फाल्ने भन्दै २०० जना जैन साधुहरुले भोक हड्ताल शुरु गरेका थिए । साधुहरुको मत छ कि अण्डा समेतलाई पालितानामा बेचिनु हुन्न । सबै खालका पशुबलिहरु शहरमा प्रतिवन्धित हुनुपर्छ । स्थानिय राजनितीकर्मीहरुले अब बन्ने स्थानिय कानुनमा पालितानालाई पुर्णरुपमा शाकाहारी शहर बनाउने कुराको ग्यारेण्टी दिएपछि साधुहरुले भोक हड्ताल स्थगित गरेका छन् । यदि त्यसो नभएमा शहरमा रहने सबै स्थानियहरु आमरण अनशनमा बस्ने जैन साधुहरुले बताएका छन् ।
‘प्रत्येक सम्प्रदायको आफ्नो पवित्र स्थल हुन्छ । हाम्रो प्रमुख पवित्र स्थल यही हो ।’ हिंसामुक्त पालितानको नेतृत्व गरेका साधु विराग सागर महाराजले बताए । उनले भने, ‘सबै धर्मले हिंसालाई निषेध गरेको छ । पछिपछि आएका कपटी धर्मगुरुहरुले गर्दा सबै धर्महरुमा मांशआहार र बलिजस्तो प्रथा ल्याइयो । यो सर्वथा गलत छ । हामी हाम्रो पवित्र शहरलाई हिंसामुक्त बनाएरै छाड्छौँ ।’
भोकहड्तालमा साधुहरु
जैन भारतको पुरानो धर्म हो । अहिले पनि भारतमा ५० लाख जैन मतालम्वी छन् । जैनको मुख्य मन्त्र अहिंसाहि परमोधर्म अर्थात अहिंसा नै परम धर्म हो ।
भारतमा, जैनहरुमा अरु धर्म मान्नेहरुको भन्दा शिक्षाको दर सबैभन्दा बढी छ । जैन मतालम्बीहरु एकदमै सफल व्यापारीहरु छन् । अधिकारीहरुका अनुसार यहाँ मुस्लिम सम्प्रदायको संख्या २० देखि २५ सम्म छ र जैनहरुको शाकाहारी भोजनको मागका कारण उनीहरु रुष्ट छन् । हाम्रो त धर्म नाश हुन्छ पशुबलि नदिए, बलि नदिए र मासु नखाए त हामी मुश्लिम न रहँदैनौँ । मुश्लिम संघ पालितानका अध्यक्ष रजाक इश्लामी शयिदले बताए ।
जैन धर्मालम्वीहरुले यो शहरलाई हिंशामुक्त बनाउन वर्षौँदेखी पहल गर्दै आएका हुन् । उनीहरुले स्थानिय होटल तथा रेष्टुरेण्टहरुलाई अतिरिक्त आर्थिक सहयोग गरेर समेत मासुजन्य पदार्थ नबेच्न आग्रह गर्दै आएका छन् । कतिपय मुश्लिमहरुले समेत जैनको आर्थिक सहयोग पाएर आफ्नो पेशा परिवर्तन गरेका छन् । उसो त यहाँका कतिपय मुश्लिम सम्प्रदायका व्यक्तिहरु पनि शाकाहारी जीवन अपनाउने छन् ।
साभार: द ईण्डिपेन्डेण्टबाट

No comments:

Post a Comment