शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, June 14, 2015

प्लिज् प्लिज्, मलाई सिरियाको नर्कमा मर्नबाट बचाउनुस् !

गेनु रेस्मी थापा मगर
सरकार म बाँच्न चाहन्छु । यो नर्कबाट म नेपाल आउन चाहन्छु। मेरो नाम गेनु रेस्मी थापा मगर हो । मेरो स्थायी घर बुटवल, शंकरनगर-३ हो ।
हाल म मर्नु र बाँच्नुको दोधारमा अति कष्टपूर्ण देश सिरियामा छु ।
घरमा मेरो बृद्ध अवस्थाका बाबु-आमा हुनुहुन्छ । त्यसैले बाँच्नका लागि मेरी बैनी र म मिलेर बुटवल बजारमा साहुसँग ऋण गरेर एउटा सानो ब्युटीपार्लरको पसल गरेका थियौं । त्यही पसल सञ्चालनको सिलसिलामा मेरो चिनजान बुटवल प्रगतिनगर निवासी शोभाकान्त भट्टराईसँग भयो ।
dalal-shovakanta-bhattarai
दलाल शोभाकान्त भट्टराई
उनले ‘म राम्रो मेनपावरको एजेन्ट हुँ । मसँग दुबईको राम्रो कम्पनीको भिसा छ । तिमी पनि दुबई जाऊ । राम्रो पैसा कमाउन सक्छ्यौ’ भनेर प्रलोभन देखायो ।
 मलाई आफ्नो आर्थिक स्थिति केही हदसम्म सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सक्ने आशमा बैनीलाई पसल जिम्मा लगाएर शोभाकान्तमार्फत् दुबई जाने निर्णय गरें । मैले मेरा सबै कागजात उसैलाई जिम्मा लगाएँ ।
दिन बित्दै गए । अर्को महिना शोभाकान्तले ‘ल भिसा आयो । तिमीहरु ४ जना एउटै कम्पनीमा जानुपर्छ’ भनेर अरु ३ जना पनि लिएर आयो । पछि अनेकौं बाहाना बनाएर ‘नेपालबाट उडाउन नसक्ने’ भन्यो । २०७१ वैशाख १८ गते हामीलाई भारतको दिल्ली जान मजबुर बनायो ।
हामी दिल्ली जान बाध्य भयौं । त्यहाँ हामीले अर्को दलाल पन्चु लामालाई भेट्यौं । त्यो पनि शोभाकान्त जस्तै दलाल रहेछ ।
२०१४ मे ८ मा हामीलाई दुबईका लागि भनेर दिल्लीबाट उडायो । तर हाम्रो सोझोपनको फाइदा उठाउँदै हामीलाई झुक्याएर दुबई नपठाई मे १२ मा सिरिया पुर्याययो । यहाँको एजेन्सीलाई ६ हजार डलरमा बेचेको रहेछ।
म अहिले सिरियनको घरमा बिहान ४ बजेदेखि रातिको १२ बजेसम्म अनेकौं पीडा, दुर्व्यवहार सहेर बाँचेको छु ।
छातीमा घाउ भएर २ चोटी अप्रेसन गर्दा पनि निको भएको छैन । हर दिन खुन र पिप बगिरहेछ । नदुख्ने दबाई र सुकाउने दबाईको भरमा मेरो मृत्युको दिन कुरिरहेछु ।
‘घर जान्छु, घर पठाइदे’ भन्दा ‘६ हजार डलरमा किनेको हुँ । जान पाइँदैन’ भन्दै अनेक यातना दिन्छन् ।
dalal-panchu-lama
दलाल पन्चु लामा
आजसम्म मोबाइलको सिम पाएको छुइनँ । आफूले ल्याएको मोबाइलको वाइफाइ (wifi) को मद्दतले यो मेरो चित्कार यहाँसम्म पुर्यामएको छु।
म नेपाल सरकार, सम्पूर्ण राजनीतिक पार्टीका नेताज्युहरु, सम्पुर्ण समाजसेवी संस्था, मानवअधिकार आयोग, पत्रकारज्युहरु र सम्पूर्ण नेपालीहरुमा यो अनुरोध गर्दछु कि ‘म नेपाल फर्किन चाहन्छु । म बाँच्न चाहन्छु । यो नर्क सिरियामा मर्न चाहन्नँ । र, चेलिबेटी बेचबिखन गर्ने ती दुई दलाललाई कडाभन्दा कडा सजाय चाहन्छु। कृपया, मलाई नेपाल झिकाइदिनुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु ।’
(https://www.facebook.com/profile.php?id=100008876012116&fref=ts)

थप सूचना
१. दलाल शोभाकान्त भट्टराई, बुटवल प्रगतिनगर,
मोबाइल : 9819465687
२. पन्चु लामा, काठमाडौ, मोबाइल : 9808811120
३. मलाई शोभाकान्त र पन्चुले बेचेको सिरियाको अफिसको नम्बर फोन : 00963116630206,
फ्याक्स : -00963116613315, मोबाइल : -00963988914039 इमेल : info@ns-syria.com
४. मैले काम गर्ने काम गर्ने घरको मेडमको नम्बर : 00963956700726
मनोज सर (मनोज श्रेष्ठ meromanjel@gmail.com), प्लिज मलाई यहाँ मर्नबाट बचाउनुहोस् । मेरो घाउ पाकिरहेको छ । सायद म अब क्यान्सर भएर मर्न सक्छु । मनोज सर, मलाई यति लेख्न धेरै दिन लाग्यो । नमिलेको ठाउँमा हजुरले मिलाइदिनु ल । प्लिज सेभ मि ।
(हलो खबर डट कमबाट)

No comments:

Post a Comment