शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, May 3, 2015

नेपालको भुकम्पमा विश्वका प्रविधि कम्पनीहरुले के गरे ?


नेपालमा वैशाख १२ र १३ गते गएको विनाशकारी भुइँचालोबाट पीडितहरुको सहयोगका लागि विश्वका हरेक तह र तप्काबाट सहयोग तथा सान्त्वना प्रदान हुने क्रम चलिरहेको छ । भुकम्प प्रभावितका लागि विश्वका चर्चित प्रविधि कम्पनीहरुहरुले समेत विभिन्न सेवा सुविधा उपलब्ध गराउनुका साथै आर्थिक सहयोग समेत जुटाएर योगदान गरिरहेका छन् । नेपालका भुकम्प पीडितका लागि टेक जाएन्टहरुले गरेको सहयोगका केही उदाहरण यस्ता छन्-
एप्पल-अमेरिकी टेक जाएन्ट एप्पलले नेपालका भुकम्प पीडितको उद्धार तथा राहतमा अमेरिकी रेडक्रस सँग सहकार्य गरेको छ । साथै एप्पलले आइट्युन्स प्रयोगकर्तालाई नेपालका भुकम्प पीडितका लागि आइट्युन्स स्टोर मार्फत आर्थिक सहयोग गर्न समेत आव्हान गरेको छ । त्यसरी संकलित रकम अमेरिकी रेडक्रसलाई प्रदान गरिने र रेडक्रसमार्फत नेपालका भुकम्प पीडितलाई उपलब्ध गराइने एप्पलले जनाएको छ ।
फेसबुक- भुकम्प प्रभावितको अवस्थाबारे आफन्त तथा साथीभाइलाई जानकारी प्रदान गर्न तथा सुरक्षित रहनका लागि सेफ्टी चेक नामक एप संचालन गरेको फेसबुकले प्रयोगकर्ताबाट उठाएको १ अर्ब सहयोग रकम जुटाएको छ । साथै फेसबुकले आफ्नो तर्फबाट नेपालका भुकम्प पीडितको पुनस्र्थापनामा २० लाख डलर सहयोग गर्ने जनाएको छ । साथै फेसबुकले आफ्नो वालमा डोनेसन बटन समेत थप गरेको छ ।
गुगल- सर्च इन्जिन जाएन्ट गुगलले भुकम्पबाट हराइरहेका तथा मृत्यु भएकाहरुको डाटाबेसको रुपमा पर्सन फाइन्डर टूल संचालन गर्नुका साथै गुगल भ्वाइस सर्भिसको शुल्कमा समेत कटौति गरेको जनाएको छ ।
भारतीय टेलिकम अपरेटरहरु- भारतीय टेलिकम सेवा प्रदायक बिएसएनएल, एमटिएनएल, एयरटेल, एयरसेल, भोडाफोन तथा आइडिया सेलुलर लगायतका कम्पनीहरुले भुकम्पको सुरुवाती दिनहरुमा भारतबाट नेपालमा कल गर्दा शुल्क मिनाहा गरेका थिए ।
लाइन- मोबाइल मेसेन्जर सेवा लाइनले आफ्नो पि्रमियम कल सेवालाई अपडेट गर्दै बेलायती प्रयोगकर्तालाई नेपालमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गर्यो ।
स्काइपी- माइक्रोसफ्ट कम्पनीको भ्वाइस कम्युनिकेसन सफ्टवेयर स्काइपीले नेपालमा तथा नेपालबाट अन्य देशमा गरिने फोन कल निशुल्क गर्यो ।
अमेरिकी टेलिकम अपरेटरहरु- टी मोबाइल, भेरिजोन, टाइम वार्नर केवल, एटी एण्ड टी तथा स्पि्रन्ट लगायतले नेपालको विनाशकारी भुकम्पपछि अमेरिकाबाट नेपालमा गर्ने फोन कल तथा मेसेजलाई निशुल्क गरेका छन् ।
भाइबर- मेसेजिङ एप भाइबरले नेपालको भुकम्प पश्चात् नेपालबाट गरिने कलहरु (भाइबर आउट) लाई निशुल्क बनायो । जसका कारण नेपाली प्रयोगकर्ताले विश्वका जुनसुकै भागमा भाइबर मार्फत निशुल्क कल गर्ने सुविधा प्राप्त गरे । यसबाट भाइबर वीहिन नम्बरहरुमा समेत कल गर्न सकिने भयो ।
टि्वटर- माइक्रोब्लगिङ साइट टि्वटरले नेपालका भुकम्प पीडितका लागि कोष संकलन गर्न युनिसेफलाई सहयोग गरिरहेको छ ।
Online Khabar