शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, May 4, 2015

भारतमा पनि चल्यो ट्विटर लहर : डन्ट कम ब्याक इन्डियन मिडिया (“आत्महत्या गर तर देश नफर्क”)




यदि सामाजिक सञ्जाल (सोसल मिडिया) मान्छेको भावनाको ऐना हो भने अब भारतीय मिडियाको दिन गयो अथवा जानेवाला छ ।
भूकम्पबारे भारतीय मिडियाले गरेको रिपोर्टिङबारे छिमेकी देश नेपालमा ठूलो असन्तुष्टि फैलिएको छ । आइतबार ट्विटरमा गो होम इन्डियन मिडियाट्रेन्डिङ नै चल्यो ।
आज सोमबार (वैशाख २१) भारतीय मिडियाविरुद्ध भारतमै पनि असन्तुष्टि व्यक्त हुन थालेको छ । भारतमा अहिले ट्विटरमा डन्ट कम ब्याक इन्डियन मिडियाट्रेन्डिङ सुरु भएको छ ।
ट्विटरमा केही व्यक्तिले लेखेका छन्, ‘भारतीय मिडियालाई न विदेशीहरुले रुचाउँछन्, न त स्वदेशीले ।
एक जना असन्तुष्ट व्यक्तिले ट्विट गरेका छन्, ‘जहाँ गए पनि जाऊ तर देश नफर्क ।उनले अर्को ट्विट गर्दै लेखेका छन्, ‘आत्महत्या गर तर देश नफर्क
असन्तुष्टिको कारण
आखिरमा नेपालमा भारतीय मिडियाको आलोचना हुनुको कारण के थियो ?
नेपाली पत्रकारहरुका अनुसार भारत सरकारले गरेको सहयोगलाई भारतीय मिडियाको असंवेदनशीलताले माटोमा मिलाइदिएको छ । उनीहरु के भन्छन् भने भारतीय मिडियाले मोदीको नाममा माला जप्यो जुन कुरा नेपालीलाई पाच्य भएन ।
बीबीसी हिन्दी सेवाले यसबारेमा काठमाडौंका तीन वरिष्ठ पत्रकार सीके लाल, युवराज घिमिरे र बीबीसी नेपालीका महेश आचार्यसँग कुरा गरेको थियो ।
उनीहरुले के के कारण बताए त ?
सीके लाल, वरिष्ठ पत्रकार

१. यस्तो लाग्थ्यो कि भारतीय पत्रकारहरु नेपालमा फिल्म सुटिङको रिपोर्टिङ गरिरहेका छन् अथवा कुनै टिभी सिरियलको सुटिङ चलिरहेको छ ।
२. भारतीय मिडियालाई नेपालको भूगोल, इतिहास र प्राकृतिक परिस्थितिको बारेमा थाहा छैन । तर, उनीहरुले आफ्नो अज्ञानतालाई ज्ञानका रुपमा प्रस्तुत गरे । यसले नेपालका मध्यमवर्गमा असन्तुष्टि फैलियो ।
३. भारतीय मिडियाले मोदीलाई उद्धारकका रुपमा प्रचार गर्‍यो जबकि नेपालमा अरु थुप्रै देशले उद्धार कार्यमा सहयोग गरिरहेको छ । भारतीय पत्रकारहरुलाई यो पनि दम्भ भयो कि हामी ठूलो देशबाट आएका छौं, हामी जहाँ पनि जान सक्छौं, कसैलाई सोध्नु अथवा अनुमति लिनु पर्दैन ।
४. यो एउटा सानो देश हो । यहाँ जम्मा ३ करोड जनसंख्या छ ।नेपाल विश्वका ४०५०औं ठूलो देशमा पर्छ तर भारतीय पत्रकाहरुले नेपाललाई सानो मुलुकको रुपमा प्रचार गरे । यसले नेपालमा असन्तुष्टि फैलियो ।
युवराज घिमिरे, वरिष्ठ पत्रकार

१. यसपटक भारतीय मिडियाले सन्तुलन गुमायो । उनीहरुले भारत सरकारले गरेको कामलाई कति बढाइचढाइ गर्ने, कति नगर्ने भन्ने खुट्याउन सकेनन् ।
२. त्यसै पनि भारत नेपालमा लोकप्रिय छैन । खासगरी भारतीय दूतावासले नेपालको आन्तरिक राजनीतिमा खुल्ला हस्तक्षेप गर्ने भएकोले भारतप्रति असन्तुष्टि छ ।
३. पाकिस्तान सरकारको तर्फबाट जब भूकम्प पीडितहरुका लागि गाईको सुकुटी पठाइयो त्यसमा भारतीय मिडियाले आवश्यकताभन्दा बढी होहल्ला मच्चाए ।
महेश आचार्य, बीबीसी नेपाली सेवा संवाददाता

१. आम नेपालीको बुझाइ के छ भने भारतले जति काम गरेको छ त्योभन्दा बढी हल्ला मच्चायो ।
२. भारतको सहयोगबाट नेपालीहरु खुस छन् तर भारतीय मिडियाले जसरी भूकम्पको कभरेज गर्यो त्यसबाट नेपालीहरु बेखुस छन् ।
३. भारतीय मिडियामाथि सत्य तोडमरोड गरेको आरोप छ ।
४. नेपाली मिडियाले भन्दैछ कि भारतीय मिडियाले भारत सरकारले गरेको सबै सहयोगलाई माटोमा मिलाइदियो ।
बीबीसी हिन्दी सेवा (मे ४ अर्थात वैशाख २१) बाट अनुदित । कार्टुन : राजेश केसी (सेतो पाटी)
साभार: ईसमता