शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, May 4, 2015

सरकार ! हामी ढलेका छौं, देशको स्वाभिमान ढल्न नदिनुहोस्

- राजेश राई
बिहीवार भारतीय एमआई१७ हेलिकोप्टर काठमाडौंबाट सोलुुखुम्बु लुुक्लाका लागि उड्यो । तर, सोलुुखुम्बुका स्थानीय पत्रकार भन्छन्, ‘हेलिकोप्टर सिधै लुुक्ला नगएर झन्डै चीनको आकाशसम्म पुुग्यो ।हेलिकोप्टर नेपाल चीनको सीमाक्षेत्रमा घुमेर जब लुक्ला पुुग्यो, उद्धार प्रतीक्षामा बसेका घाइतेमा खुुसीको सञ्चार भयो । उनीहरूले सोचेउपचारका लागि काठमाडौं जान पाइने भयो । तर, उनीहरूको आशा छिनभरमै निराशामा परिणत भयो । भारतीय एमआई१७ भारतीय पर्यटकमात्रै बोकेर काठमाडौं फर्कियो । बिरामी राखेर उद्धार प्रतीक्षामा लुुक्लामा बसेका नवीनसिंह कुलुुङका अनुसार घाइतेको अनुुनयविनयलाई भारतीयले वास्ता गरेनन् ।भारतीयलाई मात्रै खोजीखोजी लगे,’ कुलुङले टेलिफोनमा दुुखेसो सुनाए  उनको दुु:ख सुनीरहदा यस्तो लाग्यो, ‘एकदेशको कथामा जस्तो वायुपङखी घोडा बनेर घाइते बोकेर काठमाडौं ल्याउँ । 
महाभूूकम्पबाट परिवार गुुमाएका भक्त्तपुरका महिलाहरु । तस्बीर :- निराजन श्रेष्ठ /एपी


बुधवार काठमाडौंबाट भारतीय सैनिक हेलिकोप्टर रसुवाको लाङटाङका लागि उड्यो । रसुवाको लाङटाङ क्षेत्रमा सैयौं पर्यटक फसेका छन् । तर, हेलिकोप्टर पर्यटक फसेको क्षेत्र होइन, चीनको सीमाक्षेत्रमा लामो समय फन्को मारिरह्यो । स्थानीयका अनुसार हेलिकोप्टरले सीमाक्षेत्रमा निकै चक्कर लगाए । लामो चक्करपछि त्यो हेलिकोप्टरले पनि भारतीयलाई मात्रै छानेर काठमाडौं ल्यायो ।
नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा ९ जहाज पार्किङ गर्न सक्छ तर भारतीय वायुसेनाको ६ विमानले पार्किङस्थल ओगटे । अन्य विमानलाई ठाउँ भएन । यही कारण राहत सामग्री ल्याएको थाई एयर फकाईयो । कतार एयरवेजलाई तीन घन्टा आकाशमै होल्ड गराइयो । कतार एयरवेजका पाइलटले तेल सकियो, अब दुर्घटना हुन्छ भनेपछि मात्रै भारतीय वायुसेनाको विमानले ठाउँ छोडिदियो । भारतीय वायुुसेना विमानका कारण राहत सामग्री बोकेर आएका धेरै जहाज फर्किए ।
मंगलवार, बुधवार र बिहीवार भारतीय सैनिक हेलिकोप्टर काठमाडौंको आकाशमा यस्तरी चक्कर मारिरहेको देख्न सकिन्थ्यो की,  मानौं, काठमाडौंवासीको सबै सुरक्षा हेलिकोप्टरबाट मात्रै भइरहेको छ । यो आलेख तयार पारिरहँदा पनि ललितपुरको आकाशमा भारतीय सैनिक विमान उडिरहेको छ । विनाशकारी महाभूूकम्पबाट नेपाल अहिले क्षतविक्षत भएको छ । विदेशीको सहयोग जारी छ । तिनै विदेशीमध्येको छिमेकी भारतीयले देखाएको दर्जनौं हर्कतमध्येका केही उदाहरण हुन् यो ।
लाखौं नेपाली बेघरबार छन् । सयौं बस्ती अझै उद्धारको प्रतीक्षामा छन् । दूरदराजका गाउँमा हजारौँ घाइते उद्धारको प्रतीक्षामा छन् । हेलिकोप्टर अभावमा घाइतेलाई उपचारका लागि ल्याउन सकिएको छैन । धेरै हेलिकोप्टर भए धेरै घाइतेलाई बचाउन सकिने सम्भावना थियो । अझै छ । हेलिकोप्टर भए दुुर्गम बस्तीमा भोकले छटपटाएका पीडितलाई खानेकुरा पुर्‍याउन सकिन्छ । तर, विडम्बना चीन सरकारले उद्धारका लागि दिन्छुु भनेको आठ ठूला हेलिकोप्टर सरकारले आवश्यक छैन भनेर लिन अस्वीकार गरेको छ ।
शनिबार मात्रै नेपाली सेनाका प्रधान सेनापति गौरव शम्शेर जवराले ढुवानीमा समस्या भएको बताए । उनले भने, ‘विमानस्थल सम्हाल्ने काममा हाम्रो कमजोरी रह्यो । हवाइ ढुवानीको क्षमता हामीसँगै छैन । राहत सामग्रीलाई चुस्तरूपमा प्रभावित ठाउँमा पुर्‍याउन ढिला भएको छ ।मित्रराष्ट्रहरूबाटले दिएको राहत सामग्री विमानस्थमा थुुप्रिएको छ । यता जनता राहत नपाएर छट्पटीएका छैन । फेरी सरकार भन्छ, हेलिकोप्टर चाहिन्दैन । संकटको बेला यो जस्तो बिडम्बना के हुुन्छ ?
यहाँनेर यस्तो विडम्बना छ, छिमेकी भारतले पठाएको ६ वटै भारतीय वायुुसेना विमान आफ्नो नागरिकको उद्धार र अनावश्यक चीनको सीमाक्षेत्रमा चक्कर लगाउनमै व्यास्त छ । ती ६ भारतीय सैनिक विमानले भूकम्पपीडितको उद्धारमा खासै कामै गरेको छैन भन्दा फरक पर्दैन । अर्कोतिर चीनले पठाउँछुु भनेको आठ ठूला हेलिकोप्टर सरकारले चाहिँदैन भनेको छ । उद्धार प्रतीक्षामा रहेका हजारौं हजार घाइते र नेपालीका लागि योभन्दा ठूलो विडम्बना के होला दुुर्गम गाउँका पीडितले त्रिपाल र चिउरासमेत नपाएर खुुला चौरमा भोकले छटपटिएको समाचार दैनिकजसो पत्रिकामा छापिएका छन् । तर, भारतीय सैनिक विमानकै कारण राहत बोकेर आएका जहाज अवतरण गर्न नसकेर फर्केका छन् । कति ठूलो विडम्बना ?

मोदी सरकार, यो उद्धारको समय हो, जासुुसीको होइन
नेपाली सैनिक अधिकारीहरूका अनुसार भारतीय विमान उद्धारभन्दा बढी जासुुसीमा छन् । नेपालस्थित ब्रिटिस गोरखा सिग्नलका एक अधिकारीका अनुसार पनि भारतीय विमान जासुुसीमा केन्द्रित छन् । भारतीय वायुुसेनाका विमानमा भारतीय जासुुसीका तालिमप्राप्त अधिकारी उडिरहेका छन् । उनीहरूले खासगरी आकाशबाट नेपाल र चीन सीमाक्षेत्रको गहिरो अध्ययन गरिरहेका छन् । उद्धारका लागि आउने अन्य देशको विमान रोकेर भारतीयले गरिरहेको यस्तो हर्कत के क्षम्य छ ?
हामीलाई यतिबेला केवल सहयोग चाहिएको छ । मात्रै सहयोग । त्यो अमेरिकाले गरोस्, या चीनले वा भारतले । चीनको विमान ल्याउन  किन दिइएन ? छोडीदिम् । तर, विमान आउन नदिने भातरीयले चहि विमान किन उद्दारमा लगाइरहेका छैनन् ? प्रश्न यो हो । भारतीयहरु यतिबेला जासुुसी र आफ्नो नागरिकको उद्दारमा खट्न चहान्छन् भने त्यो पनि ठिकै छ । तर, उद्दारका लागि आउन खोजेका अन्य देशका विमानहरुलाई पनि किन रोक्छन् । आखिर के चहान्छन्, उनीहरु ?
स्रोतका अनुसार यो तथ्यप्रति नेपाल सरकार जानकार छ । नेपाली सेना यस्तो हर्कतप्रति असन्तुुष्ट छ । स्रोतका अनुसार नेपाली सेनाले औपचारिक रूपमै यस्तो असन्तोष व्यक्त गरेका छन् । विपतको बेला भारतीयले छिमेकीलाई सहयोग गर्नु स्वागतयोग्य कुरा हो । हामीलाई सहयोग चाहिएको छ । अझै चाहिन्छ । तर, सहयोगका नाममा अहिले भारतीयले स्पष्ट रूपमा अवरोध गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संकटमा अनेक वेदना प्रकट गरिरहेका छन् । आँसुु बगाएका छन् । तर, उनको आँसुु गोहीको आँसुुमात्रै भएको छ । यतिबेला हामी मोदीलाई यतिमात्रै भन्न सक्छौंयस्तो महाबिपतको बेला सहयोग नगरे पनि अवरोधचाहिँ नगरिदिनुहोस् ।
गोहीको आशुु बगाइरहेका मोदी सरकार ! तपाईलाई थाहा छ, नेपाल क्षतविक्षत जस्तै छ । तर, जे भएपनि भोली नेपाल पनि रहन्छ । हामी रहन्छौं । यस्ता जासुुसी भोली गरे हुन्न हामीलाई राम्रोसँग हेक्का छ, भारत नेपाल असल छिमेकी कहिल्यै भएनन् । यो वा त्यो रुपले नेपालको शान्ति र समृद्धिको बाधक बनीरह्यो । हिजो बाधक थियो, भोली बाधक बनेहुन्छ, तर यस्तो संकटको घडीमा पनि बाधक नबनीदिए हामीलाई त्यही नै ठुुलो गुन हुनेथियो ।

अवरोध गरेर सहयोगको हल्ला
भारतीय टेलिजिभनहरूले यस्तरी हल्ला गरिरहेका छन्, मानौं, नेपालमा उद्धार भारतीयले मात्रै गरिरहेका छन् । भारतीय पत्रकारले काठमाडौंमा देखाएको दादागिरी हेर्दा हामी नेपाली पत्रकारलाई कम दुख्दैन । विनाअवरोध हरेक ठाउँमा पुुगेका छन् । देशको संवदेनशील र योग्य निकाय अब केही रहेनन् । उनीहरू हरेक ठाउँमा पुुगेका देखिन्छन् । हल्लाजस्तो छ तर साँचो अर्थमा भारतीयबाट खास सहयोग भएकै छैनन् । यो पंक्तिकार मंगलवार काठमाडौंको कलंकी पुुग्दा लामालामा भारतीय यात्रुवाहक बस कलंकीबाट बाहिरिँदै थिए । कतिपय बस खालीसमेत थिए । कलंकीमा बस नपाएर बिजोग भएका यात्रुुले भारतीय बसलाई बीचबाटोसम्म छाडिदिन अनुरोध गरे पनि सम्बन्धित बसचालकले वास्तै गरेनन् । उनीहरूमा मानवीयता भन्ने कति पनि देखिएन । अन्य बसहरुमा मारामार चलीरहेको थियो । नियन्त्रण लागि प्रहरी थिएन । तर, भारतीय बस प्रहरीको स्कटिङमा थियो
आफ्नो नागरिक लिएर कलंकीबाट फर्किदै गरेको भारतीय बस । बसमा अधिकांस सिटहरु खाली देखिन्थे
तर
, यात्रुुहरुले हारगुुहार गर्दा पनि नेपाली कसैलाई चढाएनन् ।

प्रधानमन्त्री सुशील कोइराला कुनै हालतमा भारतलाई असन्तुुष्ट बनाउन चाहँदैनन् । किनभने प्रधानमन्त्रीको कुुर्सी हल्लिने चिन्ता छ । कोइरालाई विनम्र अनुरोध गरौं, बरु कुर्सी हल्लिए हल्लियोस्, कुर्सी भत्के भत्कोस्, यो बेला प्रभुुलाई खुुसी पार्नुभन्दा रगत र आँसुुमाथि छटपटिरहेका जनताको पक्षमा काम गर ।
रह्यो, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेब गौतमका कुरा । कुनै बेला भारतलाई धारेहात लगाएर महाकाली बचाऊँ भन्दै हिँडेका वामदेव गौतम अहिले किन भारतसँग डराएका छन् ? जनताका आशा उनीमाथि थियो । अझै छ । तर, विडम्बना उनले भारतसँग आत्मसर्पण गरेजस्तो देखिएको छ । चीनको जहाज रोक्नमा उनको पनि भूमिका रहेको चिनियाँ अधिकारीहरूले स्पष्ट रूपमा बताएका छन् । किन त्रास छ ? यो कहानी अहिले नगरौं । बस् ! भारतको चकारी गर्ने समय हुँदै होइन । यो बेला हामी जनताले यति भन्न सक्छौंगहृमन्त्रीज्यूू, साहस गर्नुहोस्, भारतीय अवरोध हटाएर निर्बाध रूपमा रगतमा डुबेका जनताको उद्धारको वातावरण बनाऊ ।

आफ्नो नागरिकको उद्दारमा भारतीय वायुुसेनाको विमान ।


नालायक सरकार
हाम्रो सरकार यति नालायक छ कि, प्रधानमन्त्री कोइराला महाविपत्ति भएको पाँच दिनपछि मात्रै घाइतेलाई भेट्न अस्पताल पुुगे । महाविपत्तिको चार दिनपछि मात्रै सरकार गम्भीर छ भनेर सम्बोधन गरे ।देखाउनकै लागि भए पनि भारतले समेत संसद्मा बहस गरेको छ । तर, विपक्षीका डरले ६ महिनाअघिदेखि सुुरु गर्नुुपर्ने संसद् बन्द छ । भुुटानका प्रधानमन्त्री नेपाल आएर अति प्रभावित क्षेत्र पुुगी निरीक्षण गरेका छन् । तर, हाम्रा प्रधानमन्त्री र मन्त्रीहरू आजसम्म गएको खबर सुुन्न पाइएको छैन ।
यस्तो महाविपत्तिको घडीमा सरकारविरुद्ध नाराबाजी गर्न उत्तेजना होला । त्यो व्यावहारिक पनि नहोला ? रगत र आँसुुमा डुुबेका जनतासँग त्यस्तो साहस पनि छैन । तर, यति भन्न सक्छौंसरकार नालायक भयो । हजारांै वर्षसम्म यो महाविपत्तिको समयलाई जति कालो समयका रूपमा सम्झनुुपर्ने हुन्छ, सरकारको यही नालायिकी यस्तो नै रहे, इतिहासमा नालायक भनेर यो सरकारलाई सम्झनुुबाहेक हामीसँग अर्को विकल्प छैन । इतिहासमा खलनायकका रूपमा स्थापित हुनबाट बच्नुुहोस्, यतिमात्रै कामना गर्न सकिन्छ ।
यो नारा जुुलुस र उत्तेजनाको समय होइन । सरकारको उग्र आलोचना र अबरोधको समय पनि पटक्कै होइन । तर यति भन्न पाउँछौं, ‘सरकार ! यतिबेला हामी लाखौं नेपाली ढलेका छौं । तर, हाम्रो स्वाभिमान ढल्न नदिनुहोस् ।बिडम्बना घाइते बोक्न आएको भारतीय हेलीकेप्टरले घाइते होइन जासुस बोकेर हाम्रो संबेनशील क्षेत्रको स्केजगदै हिडीरहदा अबश्य हाम्रो स्वाभिमान ढलेको छ ।
साभार: नयाँ पेज डट कम