शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, May 3, 2015

भारतीय मिडियाविरुद्ध ‘महाभूकम्प’



टेनिस रोक
-टेनिस रोका
टेनिस रोका
काठमाडौं, २१ वैशाख । सामाजिक सञ्जाल ट्विटरमा आइतबार भारतीय मिडियाविरुद्ध अहिलेसम्मकै ठूलो विरोध भएको छ । भारतीय मिडियाविरुद्ध विरोध भएको सम्भवत विश्वमै यो ठूलो विरोध हो ।
नेपालमा गएको महाभूकम्पमा संवेदनशीलता ख्याल नगरेको, पीडितको भावनामा ठेस पुर्‍याएको तथा अनावश्यक प्रोपोगान्डा फैलाएको आरोपसहित भारतीय मिडियाको विरोध भएको हो ।
ट्विटर प्रयोगकर्ताले गो होम इन्डियन मिडियाट्याग गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा त्यहाँका चर्चित टेलिभिजनलाई मेन्सन गरेका छन् । समाचार तयार पार्र्दासम्म भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

तर, भारतीय बुद्धिजीवी, पत्रकार तथा सर्वसाधारणले भारतीय मिडियाले पत्रकारिताको भूमिका बिर्सेको भन्दै नेपालीलाई साथ दिएका छन् ।
नेपालीले चलाएको विरोध अभियानमा विश्वभरबाट साथ मिलेको पाइएको छ । आइतबार दिनभरजसो यो ट्रेन्डविश्वभर दोस्रो नम्बरमा रह्यो भने भारतमा पहिलो नम्बरमा रहेको थियो ।
नेपालीले भारतीय मिडियाले नेपालको महाभूकम्पमा गरेको नराम्रा तथा झुटा विषयलाई ट्विटरमा राखेर गो होम इन्डियन मिडियाट्याग गरेका थिए । केही नेपाली ट्विटर प्रयोगकर्ताले अभियानलाई भारतीय मिडियाले गरेको ज्यादतीविरुद्ध मौनता फुटेको संज्ञा दिए ।
उनीहरूले भारतीय मिडियाले नेपालीको भावनामा ठेस पुर्‍याएको भन्दै भारत फर्कन आग्रह गरेका छन् । नेपालीले गो होम इन्डियन मिडियाअर्थात् घर फर्क इन्डियन मिडियाभनेर नेपालबाट आग्रह गरिरहँदा केही भारतीय ट्विटर प्रयोगकर्ताले भने भारतको नै बेइज्जत गरेको भन्दै भारतीय मिडियालाई भारत होइन नर्क फर्कभनेर खिल्ली उडाएका थिए ।
प्रोपोगान्डामूलक समाचार सम्प्रेषणमा मात्रै ध्यान दिएपछि चलाइएको अभियानमा भारतका अग्रज पत्रकारले समेत समर्थन गरेका थिए ।
भारतका अग्रज पत्रकार शेखर गुप्ताले यसअघि नै नेपाल स्वाभिमानी र इतिहासदेखि नै सार्वभौम भएको भन्दै नेपाल विहारको विस्तारित भाग नभएको भन्दै सचेत गराएका थिए ।
तर, भारतीय मिडियाले उनको कुराको बेवास्ता गरेर सम्प्रेषण पस्कँदा विश्व प्रेस स्वतन्तत्राका दिन भारतीय मिडियाले कालो दिनको रूपमा लिनुपरेको छ । केही भारतीय पत्रकारले आइतबारलाई कालो दिन भनेका छन् ।
भारतीय पत्रकार गुप्ताले भारतीय मिडियाले नेपाललाई कुनै प्रान्तझैँ ठानेकामा नेपालीको आक्रोश भनेका छन् । भारतीय सैनिकका एक पाइलटले त आफूहरूले वर्षौंदेखि भारतीय मिडियाको ज्यादती भोग्न बाध्य भएको तर नेपालीले ६ दिन पनि सहन नसकेर आक्रोश पोखेको प्रतिक्रिया दिएका छन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले महाविपत्तिमा विश्वभरका मिडियाको जमघट हुनु स्वाभाविक भए पनि केही भारतीय मिडियाको भूमिका सार्वभौमिकता, पत्रकारिताको धर्म र मानवीय संवेदनशीलताविपरीत रहेको र त्यसविरुद्ध आक्रोश पोखिएको जनाए । अध्यक्ष विष्टले सम्बन्धित सरकारी निकायलाई यस्ता कुरामा ख्याल गर्न आग्रहसमेत गरे ।
मुख्य रूपमा भारतीय मिडियाले भूकम्पबारे संवेदनशील भएर रिर्पोर्टिङ नगरेको, घटनालाई सनसनीपूर्ण बनाएर प्रस्तुत गरेको, राष्ट्रियतामाथि हस्तक्षेप हुने गरी समाचार सम्प्रेषण गरेको आरोप ट्विटर प्रयोगकर्ताले लगाएका छन् ।
 साभार: souryadaily.com बाट