शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, May 3, 2015

भारतले विमानस्थल ‘होल्ड’ गरेको अमेरिकी गुनासो, ४ अमेरिकी विमान काठमाडौं अोर्लिए

२० वैशाख, काठमाडौं । नेपाल सरकारको उच्च स्रोतले दिएको जानकारीअनुसार भूकम्प पीडितको उद्दारका लागि नेपालमा ल्याइएका भारतीय हेलिकोप्टरका कारण चीनमात्रै होइन, अब अमेरिका पनि असन्तुष्ट बनेको छ ।



काठमाडौं आएका अमेरिकी हेलिकोप्टरहरु तस्वीर : पीटर डब्लू बोडीको ट्वीटर
आइतबार बालुवाटारमा विश्व खाद्य कार्यक्रमकी उपप्रमुख इथारिन कजनसँगै प्रधानमन्त्री सुशील कोइरालालाई भेट गर्न पुगेका अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले यस्तो गुनासो गरेका हुन् ।
विमानस्थलमा भारतीय एयरफोर्सले गरेको होल्डका कारण अमेरिकी राहत सामाग्री बोकेको विमान उत्रन नपाएको बोडीले गुनासो पोखेको स्रोतले अनलाइनखबरलाई बतायो । तर, बोडीले गुनासो गरेकै दिन अाइतबार अपरान्ह ४:३० बजे ४ वटा अमेरिकी विमान काठमाडौं अाइपुगेका छन् ।

राहत सामाग्रीसहित काठमाडौं आएको अमेरिकी एयरफोर्स । तस्वीर : पीटर डब्लू बोडीको ट्वीटर
अमेरिकाबाट अाएका तीनवटा विमानमा राहत सामाग्री ल्याइएको छ भने एउटा विमानले हेलिकोप्टर ल्याएको छ । हेलिकोप्टर उद्दारका  लागि प्रयोग गरिने छ भने चारैवटा विमान सोमबार फर्काइने विमानस्थल अधिकारले बताए ।
सेभ द चिल्ड्रेनको राहत सामाग्री बोकेको विमान त्रिभुवन विमानस्थलमा उत्रन नपाउँदा दुबईमा अभर परिरहेको गुनासो प्रधानमन्त्री कार्यालयमा यसअघि नै सेभ द चिल्ड्रेनका नेपाल प्रमुखले दर्ज गराइसकेका छन् ।
विमानस्थल होल्डिङबारे प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो- इण्डियनलाई सोध्दा हमारा तरफ से कोई प्रोब्लम नहीँ भन्छन्, तर अमेरिकीहरुको गुनासो भिन्नै छ ।
अमेरिकी राजदुतले प्रधानमन्त्रीसँग गुनासो गरिसकेपछि प्रधानमन्त्री कार्यालय स्रोतले विमानस्थलको ट्राफिक जामबारे पर्यटन सचिव सुरेशमान श्रेष्ठलाई तत्कालै सोधेको थियो ।
सचिव श्रेष्ठले १९६ टनभन्दा बढी तौलको सामान बोकेर त्रिभुवन विमानस्थलमा विमान अवतरण गर्न नमिल्ने भएकाले राहत बोकेका केही विमानलाई फर्काइएको प्रधानमन्त्री कार्यालयलाई जवाफ दिएका छन् ।
भारतीय हेलिकोप्टरदेखि सरकार वाक्क
काठमाडौं आएको भारतीय एमआई सेभेन्टिन हेलिकोप्टर
आइतबार रक्षा मन्त्रालयका अधिकारी समेतको छलफलमा नेपालमा रहेका भारतीय हेलिकोप्टरबारे विश्लेषण गरिएको थियो । नेपालमा रहेका १४ वटा भारतीय हेलिकोप्टर समस्या समाधानका लागि साधक भन्दा पनि बाधक बनिरहेको निश्कर्ष नेपाली अधिकारीहरुले निकालेका छन् ।
स्रोतले अनलाइनखबरसँग भन्यो- यी हेलिकोप्टर सधैंका लागि आएका हुन् कि जस्तो गरी बसेका छन्, हामीले खटाएको ठाउँमा जाँदैनन्, नखटाएको ठाउँमा आफूखुशी जान्छन्, विमानस्थलमा ट्राफिक जाम यिनैले गराएका हुन् ।
नागरिक उड्डयन स्रोतका अनुसार भारतबाट ल्याइएका १४ मध्ये ६ वटा काठमाडौंमा छन् भने पोखरा विमानस्थलमा ८ वटा हेृलिकोप्टर छन् । तर, गोरखामा समेत उद्दार गर्ने भनेर पोखरा लगिएका ती भारतीय हेलिकोप्टरहरुले गोरखाको निशेषधित गणेश हिमाल एरियामा जानुबाहेक जिल्ला प्रशासनको संयोजनमा कुनै काम गरेका छैनन् ।
सरकारका एक उच्च अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार ८ वटा हेलिकोप्टर लिएर पोखरामा बसेका भारतीयहरु प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्नु त के उनीहरुलाई सोधीखोजी सम्म गर्दैनन् ।

क्षेत्रीय प्रशासक र जिल्लाका सिडियोवीच आपसी समन्वय नहुँदा त्यसको फाइदा भारतीयले उठाएको निश्कर्ष नेपाल सरकारका अधिकारीहरुले निकालेका छन् ।
पोखरामा ८ वटा भारतीय हेलिकोप्टर रहे पनि गोरखामा शनिबारसम्म एउटा सानो नेपाली हेलिकोप्टरले बिरामी र राहत ओसार्ने काम गरिरहेको छ ।
नेपालसँग निजी क्षेत्रका ६ र सरकारी ६ गरी १२ वटा हेलिकोप्टर छन् । तीमध्ये नेपाली सेनाको सुपर ट्रक हेलिकोप्टर रेनवे विना उडान र अवतरण हुन नसक्ने भएकाले यो हेलिकोप्टर तेल भर्ने काममा मात्र प्रयोग गरिँदै आएको छ । बाँकी हेलिकोप्टर पनि साना भएकाले उद्दारमा कठिनाइ हुने गरेको छ ।
आइतबार मात्रै नेपाली सेनाको पुमा हेलिकोप्टर गोरखामा पुगेको छस्रोत भन्छ- एनआरएनका प्रतिनिधिले सोही हेलिकोप्टर प्रयोग गरेर आइतबार लमजुङमा राहत पुर्‍याएका छना्, तर ८ वटा भारतीय हेलिकोप्टर पोखरामा के गर्दैछन््, स्थानीय प्रशासनलाई जानकारी छैन
गोरखा लगिएको नेपाली सेनाको पुमा हेलिकोप्टर शनिबार केहीबेर काठमाडौंमा ग्राउण्डेड भएको थियो ।
स्रोतका अनुसार पोखरामा भारतीय सेनाको सीमा सुरक्षा बल एसएसबी टुकडी पनि आएको छ । तर, स्थानीय प्रशासनसँग कुनै संयोजन छैन ।
नेपालमा भूकम्प आएपछि १४ वटा हेलिकोप्टरमा मात्रै होइन, महेन्द्रनगर, भैरहवा लगायतका नाकाबाटसमेत भारतीय सीमा सुरक्षा बलका जवानहरु दर्जनौं बसहरु लिएर छिरेका छन् । तर, उनीहरुको गतिविधिबारे स्थानीय प्रशासनसँग कुनै समन्वय र सूचना नभएको स्थानीय अधिकारीले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेको स्रोतले बतायो ।
सहयोगका नाममा राजनीति
नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भूकम्पको उद्दारमा सहयोग गर्न आएको टोलीमाथि कुनै शंका नगर्न र सहयोगलाई राजनीतिकरण नगर्न भनेका छन् ।
तर, नेपाल सरकारका एक अधिकारीले अनलाइनखबरसँग भने,’ मन्त्रीहरुले बोल्नु पर्ने हो, उनीहरु बोल्दैनन्, सहयोगका लागि आएको भनिएको भारतको भूमिका द्वैध देखिएको छ । स्थानीय प्रशासनलाई हेप्दै निषेधित क्षेत्रमा प्रवेश गरेर उनीहरुले सूचना लिने काम गरिरहेका छन् । हामी पीडामा परेका मौका पारेर खेलवाड गरिएको छ ।
चीनबाट भोलि विहान हेलिकोप्टर आउने
यसैवीच भूकम्प पीडितको उद्दारका लागि चीनबाट सोमबार विहान पौने ७ बजे हेलिकोप्टर नेपाल आउने भएको छ ।
काम नभएका विदेशीलाई फर्कन आग्रह
नेपाल सरकारले जिल्ला जिल्लामा गएर स्थानीय प्रशासनसँग समन्वय गरी नेपाल सरकारले खाएको ठाउँमा काम नगर्ने विदेशी टोलीलाई स्वदेश फर्कन आग्रह गरेको छ ।
विभिन्न १७० वटा आइएनजीओहरुले नेपालमा काम गर्न खोजे पनि उनीहरुले आफ्नै तालमा काम गर्न खोजेको देखियो,’ समाज कल्याण मन्त्रालय स्रोत भन्छ- केही आइएनजीओहरुले यही मौकामा नेपालमा अड्डा जमाउने र क्रिश्चियन धर्म प्रचारमा काम गर्ने योजना बनाएको समेत बुझियो ।
साभार:http://www.onlinekhabar.com/2015/05/272962/