शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, May 2, 2015

उद्धारको नाममा जताततै भारतीय ज्यादती


सेनाले गराएको ध्यानाकर्षणको कुनै सुनुवाई भएन



काठमाडौं, वैशाख १९ कति साह्रो पत्रु भएछौ है हामी ! रत्नपार्कबाट लखनखेल रुटमा चल्ने माइक्रो बसलाई साँखु या कुरिनटार मोडल विशेष अनुमति लिनुपर्ने काठमाडौँबाट धनगढी या झापा रुटका ट्रक र बसलाई यताउता गर्दा पैसै खुवाउनुपर्ने देशका बासिन्दा हामी तर आज रेस्क्यूका नाममा उत्तर प्रदेश परिवहा निगम लेखिएका एकैखाले सर्यौ बस र वायुसेनाका जहाज, हेलिकोप्टरले निर्वाध आउजाउ गर्दा हेरेको हेर्यै ! धन्न पशुपतिनाथ , जय भोलेबाबा !
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक बालमा आज पोष्ट गरेको सामग्री हो यो । मुलुक भूकम्पको तवाहीको मारमा परेको छ । राहत र सहयोगका नाममा हजारौ विदेशी उद्धारकर्ता मुलुकका विभिन्न स्थानमा क्रियाशिल रहेका छन् । विपदको समयमा मित्रराष्ट्रहरुले उपलब्ध गराएको राहत तथा उद्धारलाई स्वीकार गर्नु वाध्यता पनि बनेको छ । मुलुकका ३९ जिल्ला र विशेष गरी ११ जिल्ला प्रभावित भएका छन् । मुलुकका विभिन्न स्थानमा विशेष गरी भारतीय पक्षबाट राहतको नाममा अन्य मुलुकका उद्धारकर्मीलाई काम गर्न नदिने प्रवृत्ति बढ्ता देखिएको भन्दै सर्वत्र गुनासो बढ्दै गएको छ । नेपाली सेनाले भारतीयले हरेक स्थानमा अवरोध मात्र गरिरहेको गुनासो गर्दै प्रधानमन्त्री सुशील कोइराला, रक्षा मन्त्रालय र गृहमन्त्रालयलाई समेत पत्राचार गरेको बताइएको छ ।
सेनाले गराएको ध्यानाकर्षणको कुनै सुनुवाई भएन
मुलुकका विभिन्न स्थानमा अघिल्लो मोर्चामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान नै खटेका छन् । अप्ठ्यारो अवस्थामा काम गर्ने भनेका नेपाली सुरक्षाकर्मी नै देखिएका छन् । गोङ्गबु, बसपार्कलगायतका स्थानमा सशस्त्र प्रहरीले गरेको कुशलतापूर्वक निर्वाह गरेको समाचार आएकै छ । उनीहरुले परेको बेलामा कुशलतापूर्वक काम गरेकै छन् । मुलुकभित्र र बाहिर पनि नेपाली सुरक्षाकर्मीको प्रशंसा भएको छ । रियल हिरोको उपमा पाएका नेपाली सुरक्षाकर्मीका सामु विदेशी उद्धारकर्ता फिका फिका भएका छन् ।
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने भारतीय सेना र उद्धारकर्मीले नेपाली अधिकारी माथि गरेको ज्यादतीको जति निन्दा गरेपनि कम हुने स्थिती देखिएको छ । भारतबाट ल्याइएका ६ वटा हेलिकोप्टरले विमानस्थलको मुख्य भाग कब्जा गर्ने र अन्य मुलुकका हवाई जहाज अवतरण नै गर्न नलिने रणनीति अख्तियारी गरेका छन् । विमानस्थलका एक अधिकारीले नाम नलेख्ने शर्तमा भने भारतीयको ज्यादती शब्दमा उल्लेख गर्न मिल्ने हदको छैन । यतिसम्म कि भारतीय पत्रकारले समेत नेपाली सेना र विमानस्थलका कर्मचारीलाई आमा चकारी गाली गर्दै जवरजस्ती गरेका छन् । उनीहरुले नेपाली सेनाले अवरोध ग¥यो भन्दै ब्रेकिङ न्यूज बजाउने भन्दै विमानस्थलको सुरक्षा संवेदनशिलतालाई समेत ख्याल गरेका छैनन् ।
साभार: रातोपाटी डट कम