शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, April 7, 2015

फेसबुक र ट्वीटरमा बाबुराम भट्टराईलाई सुझावको ओइरो (भिडियो सहित)




काठमाडौं । वन्दलाई सधैका लागि वन्द गरौ भन्दै लिपिबद्ध गरेर कानूनकै रुप दिने प्रयास तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरेका थिए । उनले आफु प्रधानमन्त्री हुँदा अघि सारेको यो प्रस्तावले मुर्त रुप लिन पाएन , बास्तवको उनको प्रस्ताव असफल हुनु मुलुकको लागि दुर्भाग्य नै हो , तर त्यही दुर्भाग्यको भ¥याङ उनै भट्टराइको दलले बारम्बार चढ्दै आएको छ । बन्दले मुलुक र मुलुकवासी आजित भइसकेका छन् तर एकीकृत नेकपा माओवादी र उस्का सहयात्रीहरु कहिल्यै थाकेको भान भएको छैन । बन्द हड्तालले देश बिकास हुने भए बिकसित देशको ईतिहास बन्द हड्तालले भरिएको हुन्थ्यो होला । बन्दकर्ता दलहरु मध्येको ठुलो पार्टी एकीकृत नेकपा मओवादी र त्यसमा पनि माओवादीका ठुला नेता डक्टर बावुराम भट्टराईको टुवीटर एकाउण्टमा गरिएको यो एउटा भद्र कमेन्ट हो । जनताले अपेक्षा गरेका नेता एवं पुर्व प्रधानमन्त्री बावुराम भट्टराईको टुवीटर एकाउन्टमा यस्तै कमेन्ट प्रशस्त देख्न पाईन्छ । २४ गतेको बन्द सफल बनाउन नेता भट्टराईले गरेको पोष्टमा गरिएको सवै कमेन्टहरु बन्दको बिरोधमा नै लेखिएका छन् ।
मंगलवार बिहान बन्दकर्ताहरुले रोकेर राखिएको ट्याक्सी जलाइएपछि भट्टराईको पोष्टमा प्रविन ढकाल कमेन्ट गर्छन् । बन्दमा मजदुरको ट्याक्सी जलेको दृश्यले हजारै जनताको मन जलाएको छ कमरेड, तपाईलाई खुसी मिल्ला तर हजारौको मनले धिक्कार्नेछ । यि सम्भ भाषमा गरिएका केही कमेन्टहरु मात्र हुन् । भट्टराईको पोष्टमा गरिएका सवै जसो कमेन्टहरु बन्दलाई लिएर गाली गलौजले भरिएका छन् । कति त हामी यहाँ उल्लेख गर्ने हिम्मत पनि हामीसंग छैन् र हुनसक्दैन पनि । आफ्नौ शब्दमा संर्घष र बलिदानबाट सत्तामा पुगेको भन्ने नेता भट्टराईको सामाजिक सञ्जालसंग जोडिएको फेसबुक र टवीटर एकाउन्टमा यस्ता कमेन्ट प्रसस्त देखिन्छन् ।कुनै बेला बिकास र समृद्धिको  निकै चर्चा गर्ने एकान्उटको रुपमा परिचित थियो डक्टर भट्टराईको यो  फेसबुक वाल । लाखौको संङख्यामा लाईक र शुभकामना आउने  यि एकाउन्टहरुमा यतिखेर लागी गलौजका अलावा केही देखिदैन् । बन्दकर्ताहरुले दिन भरी तोडफोडका घटनाहरु गरिरहदा लेलिन बन्जाडे लेख्छन्, सर्वस्वहरणसहित सडकमा उतार्नु पर्ने गरी पछारिएको माओवादीले आफनो हैसियतअनुसार गर्नसक्ने त्यही सडकछाप राजनीतिक न हो । भट्टराई ज्यु होस गर्नुस् फुटपाथ नि गुम्ला है । यि त भट्टराईको टुवीटरमा गरिएका केही प्रतिकृया मात्र हुन् । मंगलवार दिनभरी नै फेसवुक र टीवटर जस्ता सामाजिक सञ्जालयमा बन्दकर्ताहरुको चर्काे बिरोध भयो । आफ्नो फेसवुक एकान्टमामा सुजाता रुवाली लेख्छिन, सक्छौ भने गरिवको भोको पेट भर्नेकाम गरौ बन्द हड्ताल गरेर देशको अर्थतन्त्र ठप्प पारेर हातमा लट्ठी र बन्दुक बोकेर देश र जनताको सेवा गर्छु भन्नु दिवा सपना मात्र हो । संविधान निर्माणको प्रकृयामा नेताहरुको ध्यान जाओस भन्दै उनि थपछिन् , लट्ठी त्यागेर संविधान लेख्ने कलम रोजौ अनि बस्छ देश । यी शब्दहरुलाई सत्तापक्षीय अर्थात प्रतिगामीको संज्ञा नदिई सुझावकोरुपमा मात्र लिइदिए एकीकृत माओवादीले आफुलाई सच्याउने ठाउँ पाउछ नै । तर सुझावलाई सुन्ने मात्र र आफ्नै गोरुको बाह«ै टक्का भन्ने प्रवृतिमा उभिने चरित्र आमहडताल पूर्व देशव्यापीरुपमा गरिएको अन्र्तक्रियाले पुष्टि गरेको छ नै । एकीकृत माओवादी र उस्का सहयात्रीहरुलाई सबैले आमहडताल पूर्व  आन्दोलनको स्वरुप परिवर्तन गर्न सुझाएकै थिए । तर आन्दोलनकारी शक्तिबीचबाट कसैले पनि डाक्टर गोविन्द केसी बन्ने आँट गर्न सकेनन् ।


साभार: न्यूज२४ नेपाल टिभि