जापान । हरेक बर्षको अप्रिलको पहिलो आइतबार मनाइने जापानकै सबै भन्दा ठूलो मेला मध्येको एक लिङ्ग मेला यस बर्ष पनि जापानमा भव्यताका साथ
मनाइएको छ ।
जापानको कावासाकीमा प्रत्येक वर्ष लिङ्ग मेलाको आयोजना गरिन्छ । विश्वकै सबैभन्दा ठूलो लिङ्ग मेलाका रुपमा चचिर्च उक्त मेलामा सबै सामानहरु
पुरुष लिङ्गको जस्तो आकारमा बनाइएको हुन्छ । बजारमा बेच्न राखिएका सामाग्रीहरुमा समेत लिङ्गको स्वरुप प्रदान गरिएको हुन्छ ।
मेलामा लिङ्गजस्तै देखिने वस्तुहरु बोकेर मानिसहरु सडकमा हिँड्ने गर्छन् । यतिमात्र होइन मेलामा सहभागीहरुले पुरुष लिङ्गको आकारमा
बनाइएका ललिपपहरु चुस्दै हिँडेको समेत देख्न पाइन्छ ।
१७ आैँ शताब्दीमा धारीलो दाँत गरेको दानव सुन्दर महिलासँग प्रेममा परेको त्यो प्रेम प्राप्तिका लागि आफ्नै दैत्य शक्ति प्रयोग गरेको र
स्थानीय लोहारले उक्त दानवको धारीलो दाँत नष्ट गरिदिएपछि ती महिला उक्त
दानवको नियन्त्रणबाट फुस्कन सफल भएको
दिनलाई सम्झना गरि लिङ्ग मेला मनाउने गरेको विश्वास गरिन्छ ।