विश्वकै सबैभन्दा कान्छा चलचित्र निर्देशकको रूपमा नेपालका सौगात विष्टले
‘गिनिज वल्र्ड रेकर्ड’मा नाम लेखाएका छन्। यसअघि भारतीय बालक किसन
श्रीकान्तले नौ वर्षको उमेरमा ‘सि÷ओ फुटपाथ’ फिल्म निर्देशन गरेर विश्वकै
कान्छो चलचित्र निर्देशकको रूपमा कीर्तिमान कायम गरेका थिए।
चलचित्र अभिनेता गजित विष्टका पुत्र सौगातले सात वर्षको उमेरमा यसै वर्ष चलचित्र ‘लभ यु बाबा’ निर्देशन गरे। गत २६ मंसिरमा प्रदर्शनमा आएको यही चलचित्रबाट उनले ७ वर्ष ३ सय ४० दिन उमेरका कान्छा निर्देशकको रूपमा ‘गिनिज वल्र्ड रेकर्ड’ मार्फत विश्व कीर्तिमान कायम गरेका हुन्।

‘गिनिज
वल्र्ड रेकर्ड’को प्रमाण पत्र आफूलाई बुधबार कुरियरबाट प्राप्त भएको
सौगातका पिता एवं अभिनेता गजितले जानकारी गराउँदै भने, ‘यो सफलता हाम्रो
मात्र नभएर राष्ट्रकै हो। विश्व सिनेवृत्तमा नेपाली चलचित्र पछि परे पनि
छोराले विश्वको कान्छो चलचित्र निर्देशकको देश नेपाल भनेर चिनायो।’ उनले
अगाडि थपे, ‘सात वर्षको फुच्चेले के फिल्म निर्देशन गर्छ होला भन्थे। फिल्म
बनाएर छोराले गरेको यो सफलतामा हामी साह्रै खुसी छौं।’
कान्छा
निर्देशक सौगातले यो सफलताबाट आफू खुसी भएको उनले बताए। शुक्रबार
काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो बाँकी धारणा राख्ने उनको भनाइ छ।

आफूले आठ वर्षको
उमेरमा ‘गिनिज वल्र्ड रेकर्ड’मा कान्छो निर्देशकको रूपमा नाम लेखाउने
लक्ष्यसहित चलचित्र निर्देशन गरेको उनले सौजन्यमा लेखेका थिए।
चलचित्र
‘लभ यु बाबा’ हलमा सामूहिक प्रदर्शनमा आएको मिति गत २६ मंसिरलाई आधार
मानेर गिनिज वल्र्ड रेकर्डले ७ वर्ष ३ सय ४० दिन उमेरका कान्छो निर्देशकको
प्रमाण पत्र दिएको छ।
साभार: राजधानी दैनिक
साभार: राजधानी दैनिक