शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, December 11, 2014

अबदेखि एसएलसीमा सबै पास हुने



एसएलसी परीक्षामा अनुत्तीर्ण हुने प्रावधान खारेज गरेको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुत्तीर्ण हुने प्रावधान खारेज गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले विद्यालयको अस्वस्थ प्रतिस्पर्धा उन्मूलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुक्त पार्न एसएलसी परीक्षामा अनुत्तीर्ण हुने व्यवस्थाको अन्त्य गरेका छौं भन्दै अगाडि भने, ‘अबदेखि विद्यार्थीको हातमा अनुत्तीर्ण भएको प्रमाणपत्र थमाइने छैन ।’

उनका अनुसार यस्तो व्यवस्था यस वर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रुपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधरणतर्फ पनि लागू गरिनेछ । परिषद्को बैठकले प्रतिशतका आधारमा गरिँदै आएको परीक्षाको मूल्यांकन पद्दतिलाई विस्थापन गरी ‘लेटर ग्रेड’का आधारमा मूल्यांकन गर्ने पद्धतिलाई स्वीकृत गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक ढुंगेलका अनुसार ९० देखि एक सय प्रतिशत अंक ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रतिशत अंक ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बि’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अंक ल्याउनेलाई ‘सि’ (राम्रो), २५ देखि ३९ प्रतिशतसम्म अंक ल्याउनेलाई ‘डि’ कमजोर र २५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ‘इ’ धेरै (कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिने छ । 

-गोरखापत्र दैनिक

No comments:

Post a Comment