शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, December 14, 2014

'अलकायदा' बारे फर्जी सूचना दिने पक्राउ


पक्राउ परेका रोशन भारती।

- See more at: http://nagariknews.com/main-story/story/29496.html#sthash.j1sNGI1E.dpuf
- See more at: http://nagariknews.com/main-story/story/29496.html#sthash.j1sNGI1E.dpuf
-केपी ढुङ्गाना
काठमाडौं- 'अलकायदा' समूहले उपत्यकामा विस्फोटको योजना बनाएको भन्दै प्रहरीलाई फर्जी सूचना दिने रोशन भारती पक्राउ परेका छन्। अर्काको इमेलमा अनधिकृतरुपमा प्रवेश गरी गलत इमेल बनाएर प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले आज भारतीलाई पक्राउ गरेको हो। महाशाखाका प्रमुख पुष्कर कार्कीले प्रहरीलाई गलत सूचना दिएको र अर्काको इमेलमा अनधिकृतरुपमा प्रवेश गरेको अभियोगमा अनुसन्धानका लागि भारतीलाई पक्राउ गरेको बताए।
रहरीले भारतीमाथि साइवर क्राइमको अभियोग लगाएको छ।

भारतीको सूचनाको आधारमा प्रहरीले गत शुक्रबार काठमाडौंबाट पाँच पाकिस्तानीसहित २० जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये भारतीय र नेपाली नागरिक रिहा भए पनि पाकिस्तानी नागरिक अझै प्रहरी हिरासतमा छन्। बेलायतमा प्रमुख कार्यालय रहेको कल्की अवतार फाउन्डेसनको नेपाल प्रतिनिधि पाकिस्तानी नागरिक कयुम रियाजको एमएफआइपिके_११@ याहुडटकममा अनधिकृतरुपमा प्रवेश गरी कल्की फाउन्डेसनका प्रमुख युनुसको युनुस३८@याहु डटकममा काठमाडौंमा विस्फोटसम्बन्धी इमेल पठाई सोही इमेल प्रिन्ट गरी प्रहरीलाई गलत सूचना दिएको खुलेपछि प्रहरीले भारतीलाई पक्राउ गरेको हो।
साभार: NagarikNews.com


काठमाडौं- 'अलकायदा' समूहले उपत्यकामा विस्फोटको योजना बनाएको भन्दै प्रहरीलाई फर्जी सूचना दिने रोशन भारती पक्राउ परेका छन्। अर्काको इमेलमा अनधिकृतरुपमा प्रवेश गरी गलत इमेल बनाएर प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले आज भारतीलाई पक्राउ गरेको हो। महाशाखाका प्रमुख पुष्कर कार्कीले प्रहरीलाई गलत सूचना दिएको र अर्काको इमेलमा अनधिकृतरुपमा प्रवेश गरेको अभियोगमा अनुसन्धानका लागि भारतीलाई पक्राउ गरेको बताए।
Rosan bharati
पक्राउ परेका रोशन भारती।
- See more at: http://nagariknews.com/main-story/story/29496.html#sthash.j1sNGI1E.dpuf

No comments:

Post a Comment