शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, December 7, 2014

अमेरिकालाई पछाडि पार्दै चीन विश्वकै १ नम्बर


बेइजिङ, (एजेन्सी)
लामो समयदेखि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा रहेको अमेरिका अब त्यो रूपमा रहेन। विश्वकै सबैभन्दा धेरै आवादी भएको चीनले अमेरिकाबाट विश्वको पहिलो नम्बरको आर्थिक शक्तिको टाइटल खोसेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार जनाएको छ।
पछिल्लो अवस्थामा चीनको अर्थतन्त्र १७६ खर्ब अमेरिकी डलर पुगेको छ भने दोस्रो स्थानमा झरेको अमेरिकाको करिब १७४ खर्ब अमेरिकी डलरमा सीमित हुन पुगेको छ।
सन् २०१४ अमेरिकाका लागि दुखद् बन्न पुगेको छ। इतिहास लेख्नेले यो वर्ष अमेरिकाले विश्वकै पहिलो अर्थतन्त्रको ताज गुमाएको वर्षका रूपमा उल्लेख गर्नेछन्। सन् २०१५ मा चीनको प्रवेश विश्वकै पहिलो अर्थतन्त्रको रूपमा हुने भएको छ। यो सधैंका लागि नभए पनि लामो समयसम्म दिगो रहने अर्थ विद्हरूको अनुमान रहेको छ।
एक दशक अगाडिसम्म सन् २००० मा अमेरिकाको उत्पादन चीनको भन्दा तीन गुणा ठूलो भएको मार्केट वाचले इंगित गरेको थियो। सन् १९८० मा चीनको अर्थतन्त्र अमेरिकाको तुलनामा १० भागको एकांश मात्र भएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको थियो।
चीनको यो आर्थिक वृद्धिले विश्व अर्थतन्त्रको १६ दशमलव ५ प्रतिशत ओगटेको जनाइएको छ। अमेरिकाले यसमा १६ दशमलव ३ प्रतिशत ओगटेको छ।
आईएमएफले यो मूल्यांकन क्रयशक्तिको आधारमा तय गरेको जनाइएको छ। यसमा अर्थतन्त्र मापन गर्दा मुद्राको दरमा आउने उतारचढावको प्रभावलाई समावेश गरिँदैन।
जसअनुसार कुनै वस्तुको मूल्य सांघाई र न्यूयोर्कमा समान मानेर अर्थतन्त्रको मापन गरिएको हो। विज्ञहरूले लामो समयदेखि यो आर्थिक शक्ति स्थानान्तरणको अनुमान गर्दै आइरहेको थिए। यसमा कसैको शंका नरहे पनि चीन कहिले विश्वकै १ नम्बर आर्थिक शक्ति हुन्छ भन्ने कुरा मात्रै सबैको चासोको विषय रहँदै आएको थियो।
अमेरिका विश्व अर्थतन्त्रको यो उच्च स्थानमा सन् १८७२ देखि आसीन भएको हो। यो स्थान उसले बेलायतबाट खोसेको थियो। बेलायतले यो टाइटल केही वर्षमात्रै आफूसँग राख्न सकेको थिया। विश्वको सबैभन्दा आवादी भएको राष्ट्र अर्थतन्त्रको चक्रमा उच्च स्थानमा अन्ततः पुग्ने नै भए पनि चीनका लागि यो ठूलो चुनौती पनि हो।
चीनको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकाको तुलनामा एक तिहाइ नै कम छ। यसले विश्वको सबैभन्दा धनी राष्ट्रका रूपमा स्थापित हुन अझ धरै समय कुर्नुपर्नेछ, जुन स्थानमा अहिले अमेरिका छ।
साभार: newsofnepal.com

No comments:

Post a Comment