शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, November 26, 2014

अर्जुन मैनाली- रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड

काभ्रे घर भै हाल न्यूयोर्कमा बसोबास गर्दै आएका अर्जुन मैनाली रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड पुगि रक्तदान गरेर सोहि दिन अमेरिकाको न्यूयोर्क फर्केका छन्।
नोभेम्बर २४ तारिखका दिन आइरिश रक्त संचार सेवा आयरल्याण्डमा नेपाली समुदायहरुको पहलमा भएको रक्तदान कार्यक्रममा सहभागी भै आफुले १ सय २९ औं पटक रक्तदान गरेको बताएका छन् । आयरल्याण्डमा रहेका करिब २२ जना नेपाली समुदायका नेपालीहरुले समेत रक्तदान गरेको बताए।
आयरल्याण्डको रक्त संचारमा औलोको जोखिमयुक्त देशबाट आएको भन्दै पहिलानै रगत परिक्षण गर्नुपर्ने नियम रहेको जानकारी दिदैं प्रवाशमा रहेका नेपाली समुदायमा ब्यापक रुपमा रक्तदान हुन् सकेमा नेपालका युवाहरुलाई पनि रक्तदान गर्न थप हौसला मिलोस भनि आफुले बिश्वब्यापी रुपमा नेपाली समुदायमा रगत दानमा आफु सशक्त रुपमा लागेको बताए।
दुई हजार भन्दा बढी नेपालीहरु बसोबास गरिरहेका आयरल्याण्डमा सन् १९८४ देखि जान थालेको उनले बताए भने रक्तदान कार्यक्रम गैरआवासीय नेपाली संघ आयरल्याण्ड अध्यक्ष गणेश प्रसाई,  आयरल्याण्ड नेपाली समाजका महासचिब गंगाराम कँडेल तथा रक्तदान कार्यक्रमका संयोजक प्रकाश सापकोटाको संयुक्त प्रयासमा भएको जानकारी गराए ।
२०१४ को ११  महिनामा अमेरिका, क्यानाडा, बेलायत, बर्मुडा, मकाउ र आयरल्याण्डका नेपालीहरुसँग ६ पटक होल ब्लड र न्यूयोर्कमा १० पटक प्लेट्लेट्स सहित १६ पटकमा ६,८५० एम एल रक्तदान गरेको मैनालीले बताए।
साधारण नेपालीहरुले रक्तदान भन्दा ४ गुणा बढी हो भन्दै यति धेरै रगत दान गर्न सकिदोंरहेछ भन्दै अन्यलाई कमसेकम बर्षमा एक पटक रगत दान गर्न उत्प्रेरणा गर्न प्रयास गरेको बताए।
अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अध्क्षय समेत रहेका अर्जुन मैनालीले सन् १९८७ अगष्ट २० मा बिशाल बजार लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा पहिलो पटक रगत दान गरेको बताए l
साभार: बुटवल अनलाइन

No comments:

Post a Comment