शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, November 24, 2014

काठमाडौं -नयाँ दिल्ली बस आजबाट



ज्ञान न्यौपाने
काठमाडौं-सरकारीस्तरमा नयाँ दिल्लीकाठमाडौं बस सेवा मंगलबार सुरु हुने भएको छ। सिंहदरबारमा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि बस त्यहीँबाट साँझ ५ बजे दिल्लीका लागि छुट्नेछ।
प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्झौता गरेपछि बस सेवा उद्घाटन गर्ने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। यसअघि निजी स्तरमा काठमाडौंदिल्ली बस सेवा थियो।
सरकारले मंगलबार दैनिक एक बस दिल्लीका लागि सञ्चालन गर्न लागेको हो। मंगलबारलाई बा३ख ४१६९ नम्बरको ३५ सिटे एसी बस तयार गरिएको छ।
मंगलबारै दिल्लीबाट पनि काठमाडौंका लागि बस छुट्नेछ। दिल्लीमा युनियन रोड ट्रान्सपोर्ट एवं हाइवे मन्त्री नितीन गड्कारीले बस सेवा उद्घाटन गर्नेछन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नेपालबाट र दिल्ली ट्रान्सपोर्ट कर्पाेरेसन (डिटिसी) ले भारतबाट सवारी व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ। अहिले नेपाली सवारीलाई दिल्ली जाँदा झन्झट हुने गरेको थियो, अब सरकारी मापदण्डसहित हुने भएकाले सास्ती बेहोर्नुपर्दैन,' मन्त्रालयका सचिव तुलसी सिटौलाले भने, ‘काठमाडौंबाट जाने र दिल्लीबाट आउने सवारीले उत्तिकै रुट पर्मिट रकम तिरेर सेवा दिन सक्नेछन्।'
उनका अनुसार प्रतिबस वार्षिक ६ हजार ४ सय नेपाली रुपैयाँ रुट पर्मिट शुल्क तिर्नुपर्नेछ भने प्रतियात्रु भाडा ३ हजार ६ सय ८० रुपैयाँ पर्नेछ। यसबाहेक टोल ट्याक्स पनि दुवै क्षेत्रमा लाग्ने र चाँडै दुवै निःशुल्क बनाउन प्रयास हुने उनले बताए।
सरकारी नीतिअनुसार बस सञ्चालन हुने भएकाले नेपाली व्यवसायीलाई निकै लाभदायी हुने यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक सरोजराज अधिकारीले दाबी गरे।
महासंघका महासचिव सरोज सिटौलाले नेपाल र भारतमैत्री यातायात सेवा नामबाट बस सञ्चालन हुने जानकारी दिए। हामीसँग करिब २५ जना यात्रु मंगलबारका लागि तयारी अवस्थामा हुनुहुन्छ, उद्घाटनपछि उहाँहरूलाई लिएर बस सञ्चालन हुन्छ,' उनले भने, ‘मंगलबार छुटने समय ढिला भए पनि अरू दिन बिहान ९ बजे बस छुट्नेछ।' उनका अनुसार १२ सय किलोमिटरको यो रुटबाट दिल्ली पुग्न ३६ घन्टा लाग्नेछ। \
साभार: नागरिकन्यूज डट कम

No comments:

Post a Comment