शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, October 8, 2014

फेसबुकमा लुकेका पाँच राम्रा सुविधा

 फेसबुक टिप्स
फेसबुकमा यस्ता थुप्रै सुविधाहरु दिइएका छन् जसको बारेमा शायद तपाईंमध्ये धेरैलाई थाहा नहोला । यी विकल्पको सहायताले तपाईं आफ्नो फेसबुकलाई अझ राम्रो तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । आउनुहोस्, थाहा पाऔँ फेसबुकमा लुकेका पाँच राम्रा सुविधाहरुः

१. आफूलाई मनपरेको लिस्ट सेट गर्नुः फेसबुकमा ‘इन्ट्रेस्ट लिष्ट’ नामको एउटा नयाँ सुविधा दिइएको छ जसको सहयोगले तपाईं आफूलाई मनपरेको कुनै पनि लिष्ट बनाउन सक्नुहुनेछ ।
२. फ्रेन्डसिप हिस्ट्रीलाई जाँच गर्नः यदि तपाईं आफ्ना सबै साथीहरुको हिस्ट्री जाँच गर्न चाहनुहन्छ भने यसका लागि तपाईंलाई आफ्नो साथीको प्रोफाइलमा गइरहन आवश्यक छैन । यसका लागि तपाईंले आफ्नो फेसबुकमा लगइन गरेर http://www.facebook.com/us मा क्लिक गरेर फ्रेन्डसिप चेक गर्न सक्नुहुन्छ ।
३. एकजना साथीको लागि मात्र अनलाईन स्टेटस लुकाउनका लागिः यदि तपाईं आफ्नो फेसबुकमा आफ्नो अनलाइन स्टेटस लुकाउन चाहनुहुन्छ भने यसका लागि तपाईंले आफ्नो सबै साथीहरुलाई अफलाइन गर्न आवश्यक छैन । मात्र त्यो साथीको च्याटिङ बक्सको माथि दिइएको सेटिङ आइकनमाथि क्लिक गर्नुहोस् र ‘टर्न अफ च्यान फर’ मा उनको नाम हालेर क्लिक गर्नुहोस् ।
४. आफ्नो फेसबुकको डाटा डाउनलोड गर्नुहोस्ः यदि तपाईं आफ्नो फेसबुक प्रोफाइलमा सेभ भएको डाटा डाउनलोड गर्न चाहनुहुन्छ भने यसका लागि तपाईं फेसबुको सेटिङ आइकनमा गएर ‘जनरल अकाउन्ट सेटिङ’ अप्सनमा क्लिक गर्नुहोस् र त्यहाँ दिइएको ‘डाउनलोड अ कपी अफ योर फेसबुक डाटा’ अप्सनमा क्लिक गरेपछि त्यहाँ भएको सबै फोटो र डाटा सेभ गर्नसक्नुहुन्छ ।
५. नोटिफिकेसन साउन्ड बन्द गर्नः फेसबुकमा यदि तपाईं फेसबुकको नोटिफिकेसन साउन्डबाट तनावमा हुनुहुन्छ भने त्यसलाई बन्द गर्नका लागि सबैभन्दा पहिले फेसबुक प्रोफाइललाई ओपन गर्नुहोस् र सेटिङ अप्सनमा गएर नोटिफिकेसन अप्सनमा क्लिक गर्नुहोस्, त्यहाँ तपाईंले ‘अन’ को अप्सन देख्नुहुनेछ र त्यसलाई बन्द गर्नुहोस् र ‘प्ले अ साउन्ड’ अप्सनमा लगाइएको टिक मार्कलाई हटाएर सेटिङमा सेभ गर्नुहोस् ।
(एजेन्सी)

No comments:

Post a Comment