शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, March 10, 2013

..अनि, उनी रोइन् (अन्तराष्ट्रिय नारी दिवस)

कल्पना घिमिरे

काठमाडौ, फाल्गुन २६ - झण्डै छ दशक वामपन्थी राजनीतिमा विताएकी एमाले बरिष्ठ नेतृ साहना प्रधान यतिबेला बोल्न सक्दिनन् । १०३ औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर उनलाई भेट्न गएका विद्यार्थी नेतृहरुलाई भन्ने कति शब्द थिए होलान् । तर उनको बोली फुटेन । उनीका आखाबाट बलिन्द्र आँशु बगे । शाहनाको पीडासँगै नेतृ रामकुमारी झाँक्री लगायतले पनि आँसु थाम्न सकेनन् । कोठाको माहौल रुवावासीपूर्ण भयो ।
सेतै फुलेको कपाल, आँखामा चस्मा, गुलाबी रङ्गको कपडामा हलचल नगरी खाटमा सुतिरहेकी थिइन उनी । विगत एक वर्षदेखि थलिएकी प्रधानलाई युवा नेतृ झाँक्रीले महिला दिवसको शुभकामना दिन आएकोबारे जानकारी गराए लगत्तै उनले आँसु थाम्न सकिनन् । अरुले बोलेको राम्ररी बुझ्न सक्ने तर आवाज निकाल्न नसक्ने उनका मनभरी पीडा छचल्किरहेको भान हुन्थ्यो । 'पोहोर साल आउँदा उहाँ बोल्न सक्नुहन्थ्यो, हामीसँग दिनभर बसेर पार्टीको इतिहास सम्झाउुनभएको थियो,' झाँक्रीले भावुक हुँदै भनिन्, 'यसपाला धेरै गल्नु भएछ ।'



१९८४ सालमा काठमाडौंको असनमा जन्मिएकी प्रधानले नेपाली कम्युनिष्ट आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेकी थिइन् । तत्कालिन समयमा निरङुश राणाशासन, पञ्चायती तानाशाही व्यवस्था, राजतन्त्र विरोधी आन्दोलनमा अनवरत लागेकी उनी छ महिनादेखि थलिएकी हुन् । 'ओच्छयान परे पनि सामान्य बोलाचाल गर्न सक्नुहुन्थ्यो,' उनकी सहयोगी इन्दिरा ढकालले भनिन्, 'तीन महिना भयो उहाँको आवाज बन्द भएको ।' उनकाअनुसार समय समयमा दिशापिसाव लागेको/नलागेको बारे सोधिरहनुपर्छ । केही समय सोध्न ढिला भयो भने विस्तरामै दिशापिसाब भइसक्छ । प्रध्ाानले जाउलो, दुध, बिस्कुट मात्र खान सक्ने ढकाल बताउँछिन् । प्रध्ाानका एक छोरा र एक छोरी छन् । उनी छोरा र बुहारीसंगै बस्दै आएकी छिन् । उनलाई कुनै रोग नलागेको तर बुढ्यौलीले समस्या पारेको डाक्टरहरुले बताएका छन् ।
उनी कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी श्रीमती हुन् । विवाह गर्नु अघि देखि नै राजनीतिक आन्दोलनमा सक्रिय उनले मुलुकमा महिला अधिकार स्थापित गराउन उनको महत्वपूर्ण भुमिका छ । २००१ भन्दा अघि उनी बर्मामा पढ्थिन । दोश्रो विश्वयुद्ध ताका बर्मामा रहेका नेपाली भागाभाग गर्दै र्फकने क्रममा ००१ सालमा नेपाल फर्किएकी हुन् । त्यसपछि २००२ सालदेखि निरन्तर राजनीतिमा लागेकी हुन् । तत्कालिन समयमा उनी लगायत दिदी साधना प्रधान, अंंगुरवावा जोशी र मंगलादेबी  सिंह गरी चार जनाले राणाकालिन प्रधानमन्त्रीलाई भेटी छोरीहरुले पढ्न पाउनुपर्ने माग गरेका थिए । 'त्यतिबेला राणाका प्रधानमन्त्रीले छोरीहरुले घरैमा भात पकाएर बस्नु पर्छ किन पढ्नुपर्‍यो ? तिमेरु फुच्चिहरुलाई कस्ले पठायो भन्दै गाली गरेर फर्काएका थिए रे ।' साहनाले गतबर्षको नारी दिवसमा सम्झाएको बताउदै झाक्रीले भनिन् ।
त्यसपछि पनि राणा विरोधी आन्दोलनमा लाग्दै महिलाका हक हितका निम्ति काम गरेकी हुन् । विगतमा एमालेबाट छुट्टएिर बनेको मालेकी अध्यक्ष समेत भएका प्रधान हाल  एमालेको पार्टीको केन्द्रीय समिति सदस्य छन् । ०४६ सालको आन्दोलनमा संयुंक्त बाम मोर्चाको अध्यक्षता उनैले गरेकी थिइन् । तत्कालिन समयको जनआन्दोलनपछि गठित प्रजातान्त्रिक सरकारकी उद्योग बाणिज्य मन्त्री बनिन् भने ०६२/६३ को आन्दोलनपछि पहिलो महिला उपप्रधान तथा परराष्ट्र मन्त्री बनेकी थिइन् । तर, सक्रिय हुन्जेल पार्टीमा लागेर मुलुकका लागि लड्ने यी नेतृ भेट्न पार्टी नेताहरु आउने क्रम हराउदै गएको छ । छ महिनादेखि थला परेकी उनलाई भेट्न आफन्त आउने गरे पनि ढकालले भनिन् 'पार्टीका नेताहरु धेरै भयो आउनुभएको छैन ।'
-ekantipur.com

No comments:

Post a Comment