शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, March 4, 2013

नेपालका विनोद चौधरी विश्वका सर्वाधिक धनीहरुको सूचिमा

काठमाडौं, फागुन २१ (नागरिक)- उद्योगपति विनोद चौधरी विश्वका धनी व्यक्तिहरुको सूचिमा परेका छन्। विश्वका धनाढ्यहरुको सूचि सार्वजनिक गर्ने अमेरिकाको फोर्ब्स म्यागेजिनले सोमबार चौधरी विश्वका १३४२ औं धनी र नेपालमा नं.१ धनी रहेको जनाएको हो। फोर्ब्सले उनीसँग १ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको उल्लेख गरेको छ।
नबिल बैंक तथा वाइवाइ चाउचाउका मालिक रहेका चौधरीको भारतीय चेन होटल ताजमा समेत लगानी रहेको फोर्ब्सले उल्लेख गरेको छ। 'विनोद चौधरी नेपालका पहिलो अर्बपति भए पनि उनले आफ्नो धेरैजसो सम्पत्ति देश बाहिर नै कमाएका हुन', सूचि सार्वजनिक गर्दै फोर्ब्सले भनेको छ- 'अन्य व्यवसायमध्ये लोकप्रिय चाउचाउ ब्राण्ड वाइवाइ, नबिल बैंकको सेयर र भारतको चेन होटल ताज होटलमा उनको स्वामित्व छ।'
१८ वर्षको उमेरमा आफ्नो पारिवारिक व्यापारमा संलग्न भएका चौधरी कलेज ड्रपआउट हुन्।  शारीरिक व्यायमका पारखी चौधरी प्रत्येक वर्ष हिमालतिर ट्रेकिङ जाने गरेको फोर्ब्सले जनाएको छ। 'हामीले यसलाई नेपालको गौरवको रुपमा लिएका छौं', आफू विश्वका अर्बपतिहरुको सूचिमा परेलगत्तै चौधरीले ट्विटरमा भनेका छन्- 'नेपाल अब विश्वको कर्पोरेट जगतमा पनि परिचत भएको छ।'
-Nagarik News.com

No comments:

Post a Comment