शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, March 12, 2013

म जुनमा आउनेछु : मनिषा कोइराला

मुम्बइ, फागुन २८ (एजेन्सी) - अमेरिकामा क्यान्सरको उपचार गरेर आराम गरिरहेकी बलिउड अभिनेत्री मनिषा कोइराला चाँडै नै घर मुम्बइ आउने तरखरमा छिन् । क्यान्सर पूर्ण रुपमा बिसेक हुन अझै केही महिना लाग्ने भएपनि जुनमा घर फर्किने उनले बताएकी छिन् । पुरै सन्चो भएपछि फिल्म क्षेत्रमा सक्रिय हुने पनि उनले बताएकी छिन् । बलिउडहङ्गामा डटकमका अनुसार कोइराला घर फर्केपछि सबैभन्दा पहिले दिप्ती नवलद्वारा निर्देशित र उनैले बनाएकी फिल्म 'दो पैसेकी धुप चार आनेकी वारिश' रिलिज गर्ने तयारी गरिरहेकी छिन् । 

फिल्मको मुख्य  तीन पात्र मध्येका रजित कपुरले भनेका छन्, 'हामीले फिल्म धेरै पहिला सकेका थियौँ । तर खै निर्देशकले किन फिल्म रिलिज गरेनन् ।
मैले पहिला सोधेको थिएँ । अब त सोध्नै छाडिदिसकेँ ।'
तर निर्देशक नवलले भने मनिषा स्वस्थ भएर घर फर्केपछि फिल्म रिलिज गर्ने बताएकी छिन् ।
कोइराला केही समय अघि क्यान्सर अप्रेसन गरेर अमेरिकामा आराम गरिबसेकी छिन् ।
नेपाली राजनीतिका शिखर पुरुष विश्वेस्वरप्रसाद कोइरालाकी नातिनी मनिषामात्र होइन उनको पूरै परिवार क्यान्सर पीडित थियो।
कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएका बिपी, केशव र तारणीप्रसाद तीनै जनाको क्यान्सरबाट मृत्यु भएको थियो। पूर्व प्रधानमन्त्री गिरजाप्रसाद कोइरालाको पनि क्यान्सरकै कारण मृत्यु भएको हो। तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो ।
-Nagariknews

No comments:

Post a Comment