-त्रिचन्द्र प्रतीक्षा
विश्वको सबैभन्दा गहिरो गल्छी
काली गण्डकी नदीले बनाएको गल्छीलाई पृथ्वीमै र्सवाधिक
गहिरो मानिन्छ । काली गण्डकीको किनारस्थित दानाको उचाइ करीब १,२०० मिटर छ भने यसकै छेउमा धवलागिरीको उचाइ ८,१६७ मिटर छ । चुलीदेखि वेसीसम्म जमीनको गहिराइ ६,९६७
मिटर छ । दानादेखि २००० मिटर दक्षिण रहेको तातोपानीको उचाइ अझ १,१८९ मिटर मात्र छ । दानाको गहिराइ मात्र लिंदा पनि अमेरिकाको ओरिगन नजीकको
हेल्स क्यानियन (जुन विश्वको र्सवाधिक गहिरो मानिन्छ) २,४०० मिटर भन्दा ४,५५९ मिटर बढी गहिरो यो काली गण्डकी
गल्छी रहेको छ ।
सबैभन्दा अग्लो ठाउँमा रहेको ताल
विश्वमा सबैभन्दा अग्लो स्थानमा रहेको ताल नेपालको 'तिलिचो ताल' हो । यो ताल
मनाङ र मुस्ताङ जिल्लाको सीमा नीलगिरि हिमालको अन्नपूर्ण हिमालको उत्तर दिशामा ४,९१४ मिटर (१६,१६९ फीट) को उचाइमा
अवस्थित रहेको छ । भने तालको ४ कि. मि. लम्बाइ, १.२ कि. मि. चौडाइ र करिब २०० मिटर गहिराइ छ ।
विश्वको अग्लो स्थानमा रहेको जलविद्युत आयोजना
दोलखा जिल्लामा अवस्थित 'च्छो रोल्पा जलविद्युत आयोजना' संसारको सबैभन्दा अग्लो स्थानमा सञ्चालित विद्युत आयोजना भएको छ । यो ताल ४,५८० मिटर उचाइमा रहेको छ । हिम तालबाट बिजुली निकाल्ने कार्य संसारकै पहिलो
प्रयोग पनि हो । माइनस २० डिग्री सेल्सियसमा तापक्रम हुने यस क्षेत्रमा मानवबस्ती छैन
।
सबैभन्दा ठूलो लाली गुराँसको फूल
नेपालको राष्ट्रिय फूलको रुपमा चर्चित लाली गुराँसको
फूल विश्वमै विशिष्ट फूलका रुपमा रहेको छ । १,८२५ मिटरको उचाइमा इलामको मंगलबारेमा विश्वमा नै सबैभन्दा ठूलो गुराँसको फूल
फुल्दछ । नेपालमा पाइने रातो सिन्दूरे रङको एकथरि लाली गुराँसको फूल विश्वकै र्सवाधिक
ठूलो मानिन्छ ।
सबैभन्दा सानो पैसा
जयप्रकास मल्लका समयमा वि.सं. १७४० तिर चाँदीबाट
बनेको १/४ दाम (यव) को पैसानै संसारको सबैभन्दा सानो मानिएको
छ । यो पैसा ०.००८ देखि ०.०१४ ग्रामको छ
भने यसको आकार २x२ मिलिमिटर छ । यो मुद्रा कहिले
दुई टुक्रा र कहिले ०.००२ ग्रामको
१/४ यवको टुक्रामा बनाइने गरिन्थ्यो । एक औंस देखि १/४ यवको यस्तो सिक्का त्यस समय १४ हजार बनेको थियो ।
सबैभन्दा उचाइमा रहेको होटल
सोलुखुम्बु जिल्लामा रहेको 'होटल एभरेष्ट भ्यू' विश्वमा
नै सर्वाधिक उचाइमा रहेको होटल मानिन्छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जभित्र करिब ३,८८० मिटरको उचाइमा अवस्थित होटेल हो । जहाँबाट सगरमाथाको मनमोहक दृश्य अवलोकन
गर्न सकिन्छ । हरेक कोठाबाट आकर्षक र लालयित पार्ने दृश्यावलोकन गर्न सकिन्छ अमादब्लन
लगायत अरु हिमश्रृंखलाको ।
विश्वमै नपाइने पुतली
विश्वका अरु कुनै पनि भागमा नभेटिने ७ प्रकारका पुतली
नेपालमा पाइने कुराको जानकारी विशेषज्ञहरुले दिएका छन् । यी मध्ये चार प्रकारमा चाहिं
१८,००० फीट माथिको उचाइ स्थित मनाङ भोटदेखि
थरोङ भन्ज्याङ वरपर र मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पाइन्छन् । ती चार जातका पुतली
पोलियो माट्रस नेपालेन्सिस, पारनासियस एकडेटसिस, पोण्टिया शेर्पा तथा पारनासासियस व्लार्डविकी हुन् । ती क्षेत्रमा १२१ प्रकारमा
पुतली पाइएको उल्लेख भेटिन्छ । हिमाल क्षेत्रमा रहेका तलका ७ प्रकारका पुलती नेपाल
बाहेक अन्यत्र पाइन्न भनिन्छ । ती हुन्- पोण्टिया शेर्पा,
रापाला हिनामाहरु, यिपथिमा कन्फुसा, नेपाल भिडो ब्लु, सिक्किम ब्याण्डेड एपोलो, लोपिंग लेहमानी र नेप्टी सतामुर ।
सबैभन्दा अग्लो उचाइमा धानखेती
विश्वको सबैभन्दा अग्लो उचाइमा धानखेती नेपालको जुम्ला
जिल्लाको 'जिउलो' भन्ने
ठाउँमा गरिदै आएको छ । समुद्र सतहदेखि २,८५० मिटरको उचाइमा विगत
केही वर्षअघिदेखि जापानको सहयोगमा नियमित धानखेती गरिदैं आएको छ
सबैभन्दा गहिरो र बढी चरा भएको उपत्यका
No comments:
Post a Comment