सानो संसार
बटुल्नु सानु तिमीले संयोगका ईंट्टाहरु नभासिने एउटा घर बनाउनुछ सबैको आउँछ रुने पालो तिमीलाई थाहै होला शत्रुको अर्को नाम नै आफन्त संगालेर राख सम्झनाका बीउहरू ! कुनै दिन चोट र खोट दिने माथि उमार्नु छ हाम्रो अभावका जूनहरु मैले पनि बटुल्नु छ छाती मै गाढेका आफन्तका बोलीहरू तिनै बोलीहरूलाई पल्टाएर बनाउनुछ हाम्रो सानो संसार बनाउनुछ हाम्रो सानो संसार ।।
******************
फेरिएछ बाँदरहरु समूह
हिजो अर्कै बाँदर थिए,
हाम्रो प्यारो जंगलमा
आज अर्कै बाँदर समूह आए।
ती समूह कहिले कस्को
कहिले कस्को आ-आफै झगडा
गरेर एक अर्को समूहमा मिलेर
हाम्रो जङ्गलमा राज गर्छ ।
हाम्रो भाग्यलाई दिक्दारी बनाउँछ,
डाँडा कटाउनु पर्ने त्यो समूहलाई
आउँछ कहिले टोक्न / कहिले चिर्थोन आउँछ
अभाव हाँसेरे बाँचेको हाम्रो जीवनलाई
त्यो थेग्न नसक्ने स्वतन्त्रता
त्यो भोग्न नसक्ने प्रजातन्त्र
देख्न नसक्ने त्यो गणतन्त्र
बाँदरका समूहले खुब फाइदा लिए ।
आऊ त्यो लाञ्छनाका तारेभीरबाट
हाम्रो वेदनाको खहरेखोलाहरूबाट
ती बांँदरका समूहलाई लेखेटौ ।
हाम्रो प्यारो जङ्गललाई बाँदरबाट
मुक्त बनाऔं ...
मुक्त बनाऔं ...
मुक्त बनाऔं ...
प्राचीन सफा सुन्दर टोखा नगर
हात्तेमालो गर्दै अगाडि बढेको
विविधतायुक्त शहर ..... चाकु नगर
मिलेको छ झोरमहाङ्काल,
टोखा चण्डेश्वरी, टोखा सरस्वती
धापासी, गोंगबुँ प्रगतिपथमा
लम्किरहेको सुन्दर बस्ती साङ्ले खोला,
सपनतीर्थ बगिरहेछ पबित्र विष्णुमति
गहनापोखरी, गणेश पोखरी,
स्नानकुण्ड प्यारो छ मनैदेखि
शिवपुरीको न्यानो ............
बौडेश्वर, महेश्वर, चण्डेश्वरी,
सपनतीर्थ, बसुन्धरा देवी
यहाँको हावा, यहाँको पानी,
यहाँको माटोमा कोर्नुछ भावी
बीच बिनायक, मनोहर तीर्थ, सरस्वती, भुतखेल
सम्पूर्ण जाति,
भाषा र धर्ममा देखाउनु छ प्रगाढ मेल
शिवपुरीको न्यानो ...........
- नाला बनेपा -४ ,काभ्रे
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि
trichandra.shrestha@gmail.com
No comments:
Post a Comment