1
जलहरीमा नाम हुन्छ, कसले सोचेको थियोे ?
अद्वितीय काम हुन्छ, कसले सोचेको थियोे ?
देखाउन पो बाहिर भरिभराउ देखाउने हो –
भित्र रित्तो खाम हुन्छ, कसले सोचेको थियोे ?
2
यता हेर्छु, उता हेर्छु जताततै दलाल देख्छु
सहयोग त बहाना हो, थापिएको जाल देख्छु
यस्तै छ समय भनी मन बुझाउँछु तर पनि
समानताको बीच ठूलो विभेदको पर्खाल देख्छु।
3
ममा हो कि तिमीमा हो, देखिँदैछ खोट ठूलो,
नरम फूलको प्रहारले कसरी भो चोट ठूलो,
नङ्ग-मासु जस्ता थियौं तिमी म हिजोसम्म
नेता भयौ, हेर्दाहेर्दै तिमीलाई भो भोट ठूलो ।
4
मान जति तुलो होस् न,
दुष्टै हुन्छ दुष्ट सधैं
जतिमाथि चुलो होस् न, दुष्टै हुन्छ दुष्ट सधैं
चिताउँदैन अरुको भलो, मनमा राख्छ पत्थर
दर्जा जति ठूलो होस् न, दुष्टै हुन्छ दुष्ट सधैं ।
5
नदिनु उपदेश, नदेखाउनु अहम् साहित्यकार हुने भए
बाँच्नु यथार्थमा, नबाँच्नु भ्रम साहित्यकार हुने भए
जीवन र जगत बुझे पो त सकिएला लेख्न केही-
मान्नु अरुलाई, नठान्नु धेरै कम साहित्यकार हुने भए।
6
कत्रा कत्रा बोझ नि बोक्न सक्नु हुन्छ
निर्धा र निमुखालाई ठोक्न सक्नु हुन्छ
पत्याइ नसक्नु कामले प्रख्यात उहाँ त-
उर्लँदो खहरेलाई नि रोक्न सक्नु हुन्छ ।
7
प्यारको भाषा बोल्दाखेरि
कमाल भै जान्छ
तिम्रो मनको बस्तीमा त बबाल भै जान्छ
जति जति जिज्ञासा यो मेटाउँदै जान्छु
उति उति घुमाउरो सवाल भै जान्छ ।
6
यसैगरी खानु पर्छ भन्दै थिए
उनीहरू
छिटोछिटो नोटका चाङ्ग गन्दै
थिए उनीहरू
समय छ कस्तो भन्ने थाहै छैन
जस्तो लाग्छ
आफैंलाई पुर्न खाडल खन्दै
थिए उनीहरु ।
-बागमती ११, कर्मैया, सर्लाही
हाल: ललितपुर–१४, महालक्ष्मीस्थान
यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com
No comments:
Post a Comment