शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, March 26, 2024

कविता संसार मासिक अङ्क ८ (सम्पादकीय)

 

कविताको त्यो गीति तरङ्ग

हरेक वर्षको मार्च २१ अर्थात् चैत्र ८ गते विश्व कविता दिवस मनाउँछौ । यसले समाजमा आफ्ना आवाज बुलन्द गर्दै आइरहेका छन् । यसको शक्ति र तागतले मै हुँ भन्नेलाई पनि बाँकी राखेका छैनन् । जुनसुकै आन्दोलन र जुलुस हुँदा कविता त्यहाँ एक सशक्त माध्यम बनेका हुन्छन् ।  


आजका हरेक परिस्थिति र घटनाक्रममा कविता त्यसका लागि गतिलो हतियार हुन् । जो बाट केही पनि बचेका छैनन् । यसरी नै हाम्रा प्रसिद्ध कविहरुका कविता गीत बनेर बाँचेका छन् । महाकवि देवकोटाको यात्री कविता भनौं । त्यसरी नै सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गा, माधव घिमिरेको मालती मंगले, भानुभक्त आचार्यको रामायण, मोतिराम भट्टको यतिसम्म गरे-गरे..., लेखनाथ पौड्यालको पिँजडाको सुगा, गोपालप्रसाद रिमालको रातो र चन्द्र सूर्य... आदि कविताहरु स्वरले भरिएका छन् । यसबाट कविताको उत्थान र विकासमा ठूलो टेवा पुगेका छन् । यिनै स्वरले कविता जीवन्त बनेको छ । निश्चय पनि गीतले कवितालाई उठाइ दिएको छ । जुन शब्दहरु गीत भएर सबैको ओंठमा झुण्डिएको छ ।


अन्तमा, कविता संसार नववर्षमा नयाँ सोचका साथ आउने तर्खरमा छ । यो वर्षजस्तै आगामी वर्षमा पनि तपाईंहरुको साथ र सहयोग सदैव पाउने आशामा छौं । त्यो निरन्तर बढ्दै जाने छ त्यसबाट हामीलाई एक आपसमा बाँधेर राख्ने छ । हामी बीचको जुन माया र सद्भाव छ । त्यसले हामीलाई एउटा नयाँ ऊर्जा थपिदिने छ ।

अङ्क ८ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment