शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 22, 2024

भावना मञ्जुका दुई कविता


ईश्वर  

छाै काहाँ तिमी भेटिन् काहीँ पैसामा खाेजें धाममा खाेजें शान्ति मिल्ला भनी तिमीलाई राेजें जब जब भयाे माया र विश्वासमा घात आफ्नै मनलाई साेधें कति दुख्छस् तँ मनले जवाफ दियाे म तिम्राे ईश्वर हुँ कताकता भाैंतारिएर मलाई कष्ट दिन्छाै मलाई खुसी राख म सबै कुरा सहज गरिदिन्छु दुखाउँछाै मलाई अनि टेक्छाै धाममा चढाउँछाै फूलपाती, अक्षता र पैसा आफ्नै काममा मन खुसी नभई कसरी खुसी बर्षात् गराऔं जलेकाे मन लिएर भित्रभित्रै कति अश्रुधारा बर्साऔं पहिले आफूलाई चिन निहाल धर्मकाे नाममा मेराे प्रयाेग गरी कसैलाई हिंसा नगर जहाँ मन मिल्छ भावनाकाे कदर हुन्छ त्यहाँ त्यहाँ पाउँछाै मलाई जातमा हैन् दिलमा धर्म राख आफ्नाे सन्तानकाे खुन र पराईकाे खुन छुट्टयाएर दु:खी बनाउँछाै आखिर एउटी आमाकाे परित्याग बराबरी हुन्छ हरेक खुनमा तिनै आमालाई ईश्वर मान जसले याे रमणीय फूलबारीमा ल्याइ हरेक सुगन्धमा तिमीलाई सकेजति कदम चाली अघि बढाइन् उनलाई सम्मान र ईज्जतले भर मायालु शब्दले आमा भनी बोलाऊ म त्यही मुस्कुराइरहेकाे हुनेछु मलाई पनि मेरी आमाले नै जन्म दिइन् सत्ययुगमा मेराे शक्ति थियाे अहिले तिम्राे शक्ति छ बुझेर कदमहरू चाल अहिंसालाई मनबाटैै फाल म सदैव यस्तै मनुष्यकाे पासमा रहन्छु खुसी मिलाेस् सबैमा म यतिनै कहन्छु हेर ! म त हरेक मनुष्यकाे मनमनमा रहन्छु निहालिरहन्छु पैसामा र धाममा नखाेज्नु मलाई म हुँ तिम्राेे संरचना मानवीय स्वरूप तिमी मात्र खाेल हाै बाेक्रा हाै म हुँ गुदी ईश्वर !

शान्त

प्रियमन समधुर मनमय साथी
हितपरक हृदय मन कति जाती

मधुपवन सिरिरि छ रहन
 शान्त
प्रकृति धन चकित छ तन शान्त ।

दिनदिन समधुरपन अझ ताजा

ध्वनि लय भजन कृतन अनि बाजा

मधुकर छुुनुमुनु छुनुमुनु नाँचे

भ्रमण सहज छलफल सब हाँसें ।

अविरल पुकलित मधुरस बाेली

कमसल सुखसयल कुशल टाेली

जलथल सबगुण नियमित भेटें

रनवन सबतिर झलमल देखें।

सुललित वचन छ युगयुग बाँच

मनमुटु नवपथ सब अब नाँच

गतिमय रविसित झलमल बल्नु

पवनसित सरर सरर टहल्नु ।

पुकलित रहनसहन सब बाटाे

सहज छ समतल नवपथ बाटाे

जयजय पशुपति फल दिन धाए

हृदयभरि मन नजिक पनि आए।

मिलन छ घरिघरि मनभरि हाँसाे

सुखमय अनुभव प्रियवर
 नाँचाैं
गजब छ छवि गति गहन छ चाख

असल
 अमृत वचन रस छ खास ।।

 -माेरङ

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com  


 


No comments:

Post a Comment