शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, January 5, 2024

अर्जुन पराजुलीको व्यङ्ग्य कविता

जताततै भीड छ -अर्जुन पराजुली

हास्यव्यङ्ग्यमा- छोरीका लुगा तोड्नेहरूको भीड छ !

साहित्यमा- जग्गा बेचेको पैसाले पुरस्कार जोड्नेहरूको भीड छ ! सम्सदमा- खुट्टा तानेर लडाउनेहरूको भीड छ । नेतृत्वमा- चोरीका फाइदा पढाउनेहरुको भीड छ । सत्तामा- घीउ खान कम्मल ओढ्नेहरुको भीड छ । प्रतिसत्तामा- घीउ खाइसकेर भर्खरै छोड्नेहरुको भीड छ । राजनीतिमा- आगो लाउन पेट्रोल जोड़नेहरूको भीड छ ! र, एअरपोर्टमा- देश छोड़नेहरुको भीड छ !!

**********
के भयो?!

लुट्नेबाहेक के भयो ?! फुट्नेबाहेक के भयो ?! पाँच-पाँच वर्षमा आउने चुनावमा उठ्नेबाहेक के भयो ?! देशको पैसा विदेश लानेबाहेक के भयो ?! उपचार गर्न उतै जानेबाहेक के भयो ?! बाहिर-बाहिर झगडा गरेजस्तो गरेर भित्र-भित्रै मिलेर खानेबाहेक के भयो ?! ढाँट्ने, छल्ने, लुकाउनेबाहेक के भयो ?! भोलि-भोलि भन्दै ढुकाउनेबाहेक के भयो ?! देश छोडेर देश नै परदेश लाग्दा पनि केवल भुक्ने र भुकाउनेबाहेक के भयो ?! सहिद दिवस मनाउनेबाहेक के भयो ?! हिजोभन्दा आज झन् गनाउनेबाहेक के भयो ?! भाषण जति किलोमिटर लामु गरे पनि बा बन्ने, छोराछोरी बनाउनेबाहेक के भयो ?!

**********

वक्तव्यमा छ

रोजगारी सरकारी वक्तव्यमा छ काम खोज्न बेरोजगारहरू वक्तव्यमा जाँदैनन्, खाडीमा जान्छन् ! मेलम्चीको पानी सरकारको वक्तव्यमा छ मेलम्ची खोज्न मान्छेहरु वक्तव्यमा जाँदैनन्, धारोमा जान्छन् ! सहुलियत रिन वक्तव्यमा छ रिन माग्न किसानहरू वक्तव्यमा जाँदैनन्, बैङ्कमा जान्छन् ! गुणस्तरीय शिक्षा वक्तव्यमा छ छोराछोरी बोकेर बा-आमा वक्तव्यमा जाँदैनन्, सरकारी स्कुलमा जान्छन् ! निःशुल्क उपचार सरकारको वक्तव्यमा छ उपचार गर्न बिरामीहरू वक्तव्यमा जाँदैनन्, अस्पतालमा जान्छन् ! पुल छ वक्तव्यमा ! नदी तर्न मान्छेहरू वक्तव्यमा जाँदैनन्, तुइनमा जान्छन् ! देशको विकासजति सरकारको वक्तव्यमा छ जनताले विकासलाई वक्तव्यमा खोज्दैनन, बाहिर-बाहिर खोज्दै हिन्छन् ! अनि महोदय ! नेपाल सिङ्‌गापुर कसरी बन्छ ?! सिङ्‌गापुरका जनताले यस्तै गर्ने होभने, सिङ्‌गापुर पनि नेपाल बन्छ !!

**********

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि trichandra.shrestha@gmail.com

No comments:

Post a Comment