हाम्रा समस्या र भोगाइ आज विकराल भएर झन् झन् आकाशिदै छ । यसले निम्त्याउने विविध परिस्थिति एवं घटनाले एउटा डरलाग्दो चित्र सामु ल्याइदिएको छ । जसले गर्दा निराशा र समस्या आज हरेकले भोग्न वाध्य छन् । जबसम्म यसबारे पहल गरिँदैन । यिनै परिस्थितिले दैनन्दिनी जटिल हुँदै गइरहेको छ ।
आज हामी कस्का लागि बाँचिरहेका छौं । बाह्र सकेपछि
विद्यार्थीहरु किन विदेशी मोहमा पिल्सिनुपरेको छ । आज हरेक घरबाट केही
पढ्ने र केही काम गर्ने नाउँमा विदेश जाने लर्को देख्न सकिन्छ । यस्तै हो
भन्ने नेपालीहरु खोज्न पनि कुनै दिन विदेशै जानुपर्ने स्थिति नआउला भन्न
सकिँदैन । राष्ट्रका लागि चिन्तन गर्ने र चिन्ता लिने अब पाउन छोडेको घटना
बाक्लो भएर आएको छ ।
यस्ता समस्याको समाधान कतैबाट भएको देखिँदैन ।
यदि राष्ट्रको माया जागेको हो भन्ने आज किन आक्रोशहरु एकपछि अर्को सुनिएको
हो? यसको बेलैमा सम्बोधन हुन सकेन भन्ने त्यसले भोलि ठूलै परिणाम
भोग्नुपर्ने हुन्छ ।
लघुकथा संसार सदैव राष्ट्र, समाज र समसामयिक
विषयवस्तु समेटेको रचनाको अपेक्षा राख्दछ । यसर्थ यसलाई अझ व्यापक र तीव्र
रुपमा विस्तार गर्न तत्पर छ । योभन्दा अघिका अङ्कहरु पिडिएफमा मात्र हेर्न
सकिने थियो भने अहिले सहज र सरल बनाउन वेभसाइट मार्फत युनिकोडमा पनि राखेका
छौं । आशा छ, यसबाट लघुकथाकार र पाठकवर्गहरु लाभान्वित हुने हामीले
ठानेका छौं ।
पत्रिका पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment