शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, June 29, 2023

लघुकथा संसार मासिक अङ्क ३ (सम्पादकीय)

आजभोलि सामाजिक सञ्जालमा नेपाली लघुकथाले एक छत्र राज गरेको देखिन्छ । हुन त हरेक मान्छेमा कथा र व्यथा लुकेको हुन्छ। जब त्यो सिर्जनाभित्र विस्फोट हुन थाल्दछ भने त्यसमा एउटा मार्गचित्रको आशा गर्न सकिन्छ । यस विधाका सर्जकहरुलाई पनि क्रमशःपुरस्कृत र सम्मान गर्दै लाने पारिपाटी बढ्दै गएका छन् ।

कतिपय अवस्थामा मुद्राराक्षसलाई निमिट्यान्न पार्न भिटो प्रयोग गर्छौ । फेरि त्यो रक्तबीजजस्तै टाउको उठाइ रहेको हुन्छ । तैपनि अक्षरको मैदानमा लुकाउन खोज्छौ । यसप्रति हाम्रो लडाइँ निरन्तर जारी रहने छ ।

एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को कुरा पनि आज चर्चामा छ । त्यसले गर्ने साहित्यिक सिर्जना कस्तो होला? त्यसको सोचाइ मान्छेको भन्दा निकै भिन्न छ । यस बीच देखिएका र भएका केही कामले यसको पुष्टि गरिसकेका छन् । यसले हरेक क्षेत्रमा प्रभुत्व जमाउँदै लाने स्थिति देखाइरहेको छ । यसबाट मान्छेको अस्तित्वमाथि खत्तराको बादल मडारिँदो छ ।

प्रायःहामी काममा व्यस्त हुँदा असार पन्ध्र लागेको ठान्छौ । असार पन्ध्रलाई राष्ट्रिय धान दिवस भनी मनाउँदै आइरहेका छौं । अझ यसलाई दही चिउरा खाने दिनको रुपमा पनि सम्झिछौं ।

हामी अब छिट्टै कविता संसार लिएर तपाईहरु समक्ष आउँदै छौं । यसमा कवितालाई मात्र विशेष प्राथमिकता दिने हाम्रो उद्देश्य र लक्ष्य रहेको छ । आशा छ, यसमा पनि तपाईंहरुको साथ र सहयोग पाउने छ ।

पत्रिका पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment